व्यापार घाटा घटाउन विद्युतीय सवारीलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं- उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पेट्रोलियम पदार्थको आयातमा बाहिरिने अर्बौं रकम रोक्न विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई व्यापक बनाउनुपर्ने बताएका छन् ।

१८औँ नाडा अटो शो २०२६ को उद्घाटन गर्दै उनले ईभीको प्रयोगलाई केवल विकल्पका रूपमा मात्र नभई राष्ट्रिय प्राथमिकतामै राख्नुपर्नेमा जोड दिएका हुन् ।

नेपाल जलविद्युत उत्पादनमा तीव्र गतिमा अघि बढिरहेको भन्दै उपराष्ट्रपति यादवले स्वदेशी स्वच्छ ऊर्जा खपत गरेर मुलुकको व्यापार घाटा कम गर्न सकिने बताए । "विद्युतीय सवारीको प्रयोगले इन्धन आयातमा हुने निर्भरता घटाउँछ, उपभोक्ताको खर्च जोगाउँछ र वायु प्रदूषण नियन्त्रण गर्न मद्दत गर्छ," उनले भने ।

उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्र नेपालको राजस्व संकलनको प्रमुख स्रोतमध्ये एक रहेको बताए । यस क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरै युवालाई रोजगारी, तालिम र प्राविधिक कौशल प्रदान गरी देशमै आत्मनिर्भर बन्ने आधार तयार पारेको उनको भनाइ छ ।

प्रदर्शनीको महत्त्वबारे चर्चा गर्दै उनले नाडा अटो शोले उपभोक्तालाई बजारमा भित्रिएका नयाँ प्रविधि, इन्धन दक्षता, सुरक्षा सुविधा र वातावरणीय प्रभावबारे प्रत्यक्ष जानकारी लिन र सही निर्णय गर्न अवसर प्रदान गर्ने बताए । आधुनिक विद्युतीय सवारी साधनले नेपाली उपभोक्तालाई हरित र स्वच्छ भविष्यतर्फ आकर्षित गर्नेमा आफू पूर्ण विश्वस्त रहेको उनले उल्लेख गरे ।

नयाँ सोच, आधुनिक ग्यारेज, सेवा केन्द्र र अटो–टेक स्टार्टअपहरूलाई प्रोत्साहन गर्दै देशभित्रै उद्यमशीलताको नयाँ लहर सिर्जना गर्न अटो शोले महत्त्वपूर्ण योगदान पुर्याउने उपराष्ट्रपति यादवले बताए । नयाँ प्रविधि र दक्ष जनशक्ति निर्माणमार्फत युवाहरूलाई स्वदेशमै मर्यादित रोजगारी दिनुपर्नेमा उनको जोड थियो ।

संविधानले सुनिश्चित गरेको समावेशी लोकतन्त्रको भावनालाई आत्मसात गर्दै अटोमोबाइल क्षेत्रको विकासबाट प्राप्त हुने लाभ समाजका सबै वर्ग र समुदायसम्म पुग्नुपर्ने उनले बताए । चार्जिङ स्टेसन लगायतका पूर्वाधार विस्तारमा सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने उनको भनाइ छ ।

अटोमोबाइल क्षेत्र मुलुकको राजस्व र रोजगारीको प्रमुख स्रोत रहेको स्मरण गराउँदै उपराष्ट्रपतिले नयाँ प्रविधिमार्फत युवाहरूलाई स्वदेशमै उद्यमशीलता र रोजगारीको अवसर दिनुपर्ने बताए ।

उनले अटो पार्ट्स र एसेसरिजको स्वदेशी उत्पादनलाई प्रवर्द्धन गरी आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढ्न सम्बद्ध सबैलाई आग्रह गरेका छन् । प्रदर्शनीले उपभोक्तालाई नयाँ प्रविधिबारे जानकारी लिन र सही निर्णय गर्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...