९ महिनामा माेटर बीमाबाट ९ अर्ब ८२ करोड शुल्क

काठमाडौं - चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन-चैत्र) सम्ममा ३२ अर्ब ८१ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । त्यस मध्ये माेटर बीमाबाट ९ अर्ब ८२ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन भएको छ ।

कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्क संकलनमा मोटर बीमाको हिस्सा सबैभन्दा धेरै देखिएको छ । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार निर्जीवन बीमकले मोटर बीमाबाट आर्जन गरेको यो रकम कुल बीमा शुल्कको २९.९५ प्रतिशत हो ।

कम्पनीहरूले दोस्रो धेरै व्यवसाय सम्पति बीमाबाट गरेका छन् । चालु आवको ९ महिनामा निर्जीवन बीमकले सम्पति बीमाबाट ८ अर्ब १९ करोड ९७ लाख रुपैयाँ कमाएका छन् । कम्पनीहरूको कुल व्यवसायमा सम्पत्ति बीमाको हिस्सा २४.९९ प्रतिशत रहेको छ ।

कम्पनीहरूले तेस्रो धेरै व्यवसाय इन्जिनियरिङ तथा ठेक्का निर्माणबाट आर्जन गरेका छन् । कम्पनीहरूले चालु आवको ९ महिनाका कुल व्यवसायको १६.९४ प्रतिशत बजार हिस्सा ओगटेको छ । यस अवधिमा कम्पनीहरूले उक्त क्षेत्रबाट ५ अर्ब ५६ करोड १ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

शीर्षकगत रूपमा हेर्दा मोटर बीमातर्फ ९ अर्ब ८२ करोड, सम्पत्ति बीमातर्फ ८ अर्ब १९ करोड, इञ्जिनियरिङ बीमातर्फ ५ अर्ब ५६ करोड, कृषि तथा बाली बीमाबापत १ अर्ब २३ करोड, सामुन्द्रिक बीमातर्फ १ अर्ब ८९ करोड, हवाई बीमातर्फ १ अर्ब ८१ करोड, लघु बीमातर्फ ६९ करोड ९७ लाख रुपैयाँ तथा विविध बीमातर्फ ३ अर्ब ५७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन भएको छ ।

सम्बन्धित समाचारहरू

हुलास फिनसर्भको खुद नाफा १२१.८७ प्रतिशतले वृद्धि

हुलास फिनसर्भको खुद नाफा १२१.८७ प्रतिशतले वृद्धि

काठमाडौं–प्रतिष्ठित औद्योगिक घराना गोल्छा समूह अन्तर्गतको कर्जा प्रदायक...

गाडी किन्ने योजना छ भने घट्दै छ अटो लोनको ब्याजदर

गाडी किन्ने योजना छ भने घट्दै छ अटो लोनको ब्याजदर

विभिन्न बैंकहरुले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । यस...

एमजी ईभी किन्ने ग्राहकलाई एनआईएमबीले ८० प्रतिशत फाइनान्स सुविधा दिने

एमजी ईभी किन्ने ग्राहकलाई एनआईएमबीले ८० प्रतिशत फाइनान्स सुविधा दिने

काठमाडौं – एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...