मोटुलका सीईओ नागेन्द्र पाई भन्छन् – नेपालमा अब दक्ष जनशक्ति समेत लगानी गर्नेछौ
मोटुल इन्डिया प्रालिका चिफ एक्जिक्युटिभ अफिसर (सीईओ) हुन् नागेन्द्र पाई ।...
काठमाडौं–यूनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिजको आयोजना र भिडोल कर्पोरेशन लिमिटेड, भारतको सहयोगमा ‘भिडोल टेक्निकल एण्ड सेल्स ट्रेनिङ’ कार्यक्रम सम्पन्न भएको छ । जनकपुरको बर्दिबासस्थित गौतम होटलमा सोमबार कार्यक्रम भएको हो ।
उक्त ट्रेनिङमा नेपालभरका डिलरबाट ६० जना सेल्स प्रतिनिधी सहभागी भएका थिए । कार्यक्रमम भिडोलका उत्पादन सुविधा, उत्पादन प्रक्रियाको विश्लेषण र गुणस्तर नियन्त्रणको बारेमा विस्तृत जानकारी दिइएको थियो ।
विश्व बजारमै लोकिप्रय रहेको भिडोल विगत केहि समययता नेपालमा उत्पादन भइरहेको छ । नेपालमा उत्पादन हुन थालेपछि यस ब्राण्डप्रति ग्राहकको आकर्षण बढिरहेको र आगामी दिनमा बजार विस्तारमा कस्तो रणनीतिक अपनाउने भन्ने विषयमा ट्रेनिङ केन्द्रित रहेको युनाइटेड लुब्रिकेन्ट्सका प्रबन्ध निर्देश्क दिपेन्द्र कुमार मिश्राले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै भिडोल कर्पोरेशनका उत्पादन प्रमुख रमेश सिंहले भिडोलका उत्पादनहरू गुणस्तरीय रहेको बताए । ‘गुणस्तरलाई प्रमुख प्राथमिकतामा राखेर हामीले उत्पादन बजारमा पठाइरहेका छौं,’ उनले भने ।
भिडोल कर्पोरेशनका आर एण्ड डी प्रमुख डा. कल्पेन्दर राजुकरले भीडोलका उत्पादनहरूको रेन्ज, गुणस्तर र यसको प्रयोगको औचित्य तथा उद्देश्यबारे व्याख्या गरेका थिए ।
युनाइटेड लुब्रिकेन्ट्सका उप–महाप्रबन्धक दिनेश खनालले कार्यक्रमको सञ्चालन गरेका थिए । तालिम पश्चात, सबै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा सहभागीहरुले भीडोल ब्राण्डसंग जोडिन पाउँदा खुसी लागेको र बजार विस्तारमा सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए ।
मोटुल इन्डिया प्रालिका चिफ एक्जिक्युटिभ अफिसर (सीईओ) हुन् नागेन्द्र पाई ।...
काठमाडौं – पूर्वाञ्चल ल्युब आयल (पीएलओ) ले उत्पादन गरेका नेपाली...
काठमाडौं – नेपाल ल्युब आयल लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...