समयमै इन्जिन आयल परिवर्तन गर्दा हुने ४ फाइदा
इन्जिन आयल गाडीका लागि धेरै महत्वपूर्ण हुन्छ । इन्जिन आयलले इन्जिनलाई...
काठमाडौं–यूनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिजको आयोजना र भिडोल कर्पोरेशन लिमिटेड, भारतको सहयोगमा ‘भिडोल टेक्निकल एण्ड सेल्स ट्रेनिङ’ कार्यक्रम सम्पन्न भएको छ । जनकपुरको बर्दिबासस्थित गौतम होटलमा सोमबार कार्यक्रम भएको हो ।
उक्त ट्रेनिङमा नेपालभरका डिलरबाट ६० जना सेल्स प्रतिनिधी सहभागी भएका थिए । कार्यक्रमम भिडोलका उत्पादन सुविधा, उत्पादन प्रक्रियाको विश्लेषण र गुणस्तर नियन्त्रणको बारेमा विस्तृत जानकारी दिइएको थियो ।
विश्व बजारमै लोकिप्रय रहेको भिडोल विगत केहि समययता नेपालमा उत्पादन भइरहेको छ । नेपालमा उत्पादन हुन थालेपछि यस ब्राण्डप्रति ग्राहकको आकर्षण बढिरहेको र आगामी दिनमा बजार विस्तारमा कस्तो रणनीतिक अपनाउने भन्ने विषयमा ट्रेनिङ केन्द्रित रहेको युनाइटेड लुब्रिकेन्ट्सका प्रबन्ध निर्देश्क दिपेन्द्र कुमार मिश्राले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै भिडोल कर्पोरेशनका उत्पादन प्रमुख रमेश सिंहले भिडोलका उत्पादनहरू गुणस्तरीय रहेको बताए । ‘गुणस्तरलाई प्रमुख प्राथमिकतामा राखेर हामीले उत्पादन बजारमा पठाइरहेका छौं,’ उनले भने ।
भिडोल कर्पोरेशनका आर एण्ड डी प्रमुख डा. कल्पेन्दर राजुकरले भीडोलका उत्पादनहरूको रेन्ज, गुणस्तर र यसको प्रयोगको औचित्य तथा उद्देश्यबारे व्याख्या गरेका थिए ।
युनाइटेड लुब्रिकेन्ट्सका उप–महाप्रबन्धक दिनेश खनालले कार्यक्रमको सञ्चालन गरेका थिए । तालिम पश्चात, सबै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा सहभागीहरुले भीडोल ब्राण्डसंग जोडिन पाउँदा खुसी लागेको र बजार विस्तारमा सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए ।
इन्जिन आयल गाडीका लागि धेरै महत्वपूर्ण हुन्छ । इन्जिन आयलले इन्जिनलाई...
नेपालमा दोस्रो पटक ‘इन्डिया–नेपाल आफ्टर मार्केट अटो पार्टस् शो’ आयोजना...
मोटुल इन्डिया प्रालिका चिफ एक्जिक्युटिभ अफिसर (सीईओ) हुन् नागेन्द्र पाई ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...