एनपीएल सिजन ३ मा लुम्बिनी लायन्सको परफर्मन्स पार्टनर बन्यो टोटल लुब्रिकेन्ट्स
काठमाडौं–टोटल इनर्जिज लुब्रिकेन्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो...
नुवाकोट–भोटेकोसी बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त विदुर नगरपालिका–ढुंगेस्थित भैरवी मोटरसाइकल वर्कशपलाई गल्फ लुब्रिकेन्ट्सले उपकरण सहयोग गरेको छ ।
नेपाल ल्युब आयल लिमिटेड अन्तर्गतको गल्फले वर्कशप पुनः सञ्चालनका लागि आवश्यक मर्मत टुल्स, हावा भर्ने मेसिन र बाइक वास गर्ने मेसिनलगायतका उपकरण हस्तान्तरण गरेको हो ।
नेपाल ल्युब आयलका प्रतिनिधि ओसिम अक्रम र गल्फ लुब्रिकेन्ट्सको नुवाकोटस्थित आधिकारिक डिलर गणपति इन्टरप्राइजेजका कृष्णराज न्यौपानेको उपस्थितिमा उपकरण हस्तान्तरण गरिएको थियो ।
बाढीबाट व्यवसायमा ठूलो क्षति व्यहोरेका सञ्चालकलाई पुनः व्यवसायमा फर्किन सहयोग पु-याउने उद्देश्यले उपकरण उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यसले वर्कशपको सेवा पुनः सञ्चालन गर्न र व्यवसायलाई पुरानै अवस्थामा फर्काउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
गणपति इन्टरप्राइजेजका प्रतिनिधि न्यौपानेले नेपाल ल्युब आयल ग्राहकलाई गुणस्तरीय गल्फ लुब्रिकेन्ट उपलब्ध गराउनुका साथै सामाजिक उत्तरदायित्वका गतिविधिमा पनि प्रतिबद्ध रहेको बताए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...