आज भ्यालेन्टाइन डे : यस्तो छ स्कुटर किन्दा अफर

काठमाडौं – आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे । नेपालमा समेत प्रेम दिवसको रुपमा आजको दिनलाई मनाउने चलन बढ्दै गएको छ । विशेष गरी युवायुवतीहरुले भ्यालेन्टाइन डेलाई उल्लासमय रुपमा मनाउने चलन बढ्दो छ ।

यही कुरालाई मनन गरी युवापुस्ताले प्रयोग गर्ने स्कुटरमा समेत भ्यालेन्टाइन डेको अवसरमा विभिन्न अफर दिने लहर चलेको छ । स्कुटर महिला र पुरुष दुवैले प्रयोग गर्ने सवारी साधन भएकाले विशेष गरी स्कुटर खरिद गर्ने ग्राहकलाई लक्ष्यित गरी कम्पनीहरुले भ्यालेन्टाइन अफर उपलब्ध गराएका छन् ।

यामाहा स्कुटर किन्दा स्योरसट डिस्काउन्टको रुपमा ७ हजार रुपैयाँ छुट हुनेछ । त्यसैगरी प्रिटीक्लिक कस्मेटिक्सबाट ३ हजार रुपैयाँ बराबरको निःशुल्क गिफ्ट भौचर प्राप्त हुनेछ ।

यामाहाले हाल उपलब्ध गराइरहेको ‘डिफाई योर ईएमआई’ अन्तर्गत ३ हजार ५६२ रुपैयाँ सम्मको मासिक किस्तामा उपलब्ध हुने अफर समेत यसमा प्राप्त गर्न सकिने यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले जनाएको छ ।

होन्डा टु ह्विलरको नेपालका लागि आधिकारिक बितरक स्याकार ट्रेडिङ कम्पनीले ल्याएको भ्यालेन्टाइन डे अफर अन्तर्गत होन्डाको मोटरसाइकल तथा स्कुटर खरिदमा ग्राहकले ४ हजार रुपैयाँ क्यासब्याक पाउनेछन् ।

साथै ग्राहकले १ प्रतिशत ब्याजदरमा होन्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् । फाइनान्समा खरिद गर्न चाहने ग्राहकले जम्मा १ प्रतिशतको ब्याजदरमा होन्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने यो अफरलाई कम्पनीले केही समयअघि देखि लागु गर्दै आइरहेको छ ।

टीभीएस स्कुटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो सम्पूर्ण टीभीएस स्कुटरहरुमा ‘कनेक्ट टु लभ’ योजना ल्याएको छ ।

यस योजनाको थिम ‘लभ इज जस्ट अ कल अवे’ रहेको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टीभीएस स्कुटर खरिदमा ६ हजार रुपैयाँ सम्मको स्योरसट नगद छुटको साथै हरेक दिन लक्की ड्र मार्फत एउटा रियलमी स्मार्ट फोन जित्न सक्ने मौका पाउनेछन् ।

यस योजना अन्तर्गत ग्राहकहरुले ४० प्रतिशत डाउन पेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

भेस्पा र अप्रिलिया स्कुटर किन्दा ५ हजार रुपैयाँ छुट उपलब्ध छ । छुट लिन नचाहनेले शून्य प्रतिशत ब्याजदरमा फाइनान्समार्फत स्कुटर खरिद गर्न सकिने छ । जोडीलाई लक्की ड्रबाट डिनर र हुडिज समेत प्रदान गरिने र इभेन्ट भिजिट गर्नेलाई किरिङ उपलब्ध गराइने भेस्पा र अप्रिलियाको आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सले जनाएको छ ।

इसुजुका पिकअप बिक्री गर्दै आइरहेको टाइम्स मोटर्सले भ्यालेन्टाइन डेलाई ‘भ्यालेन टाइम्स डे’ को रुपमा रुपान्तरण गरी लिमिटेड एडिसन एस–क्याबमा विशेष अफर उपलब्ध गराउने घोषणा गरेको छ ।

यस अफर अन्तर्गत ग्राहकले २ लाख रुपैयाँ सम्मको फाइदा लिन सक्ने बताइएको छ । आकर्षक नगद छुट, निःशुल्क एसेसरिज, एक्सचेन्ज बोनस र ७५ प्रतिशत सम्म फाइनान्समा उपलब्ध गराउने सकिने इसुजु एस–क्याब नेपालमा रुचाइने विभिन्न मोडल मध्ये एक हो ।

नेपाली बजारमा उपलब्ध अन्य केही ब्रान्डले समेत यस प्रकारका भ्यालेन्टाइन अफर उपलब्ध गराइरहेका छन् । केही दिन पहिले देखि नै उपलब्ध यो अफर अझै केही दिन चल्ने छ ।

सम्बन्धित समाचारहरू

यस्तो हुनेछ टीभीएस रोनिन, लन्च नहुँदै सार्वजनिक

यस्तो हुनेछ टीभीएस रोनिन, लन्च नहुँदै सार्वजनिक

टीभीएस बाइकप्रेमीका लागि रोचक खबर । टीभीएसले बजारमा ल्याउने भनेको नयाँ...

२०२४ टीभीएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा

२०२४ टीभीएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले २०२४...

अपडेट फिचरसहित टीभीएस अपाचे आरआर ३१० लन्च

अपडेट फिचरसहित टीभीएस अपाचे आरआर ३१० लन्च

टीभीएस मोटरले सुपर प्रिमियम स्पोर्ट्स मोटरसाइकल अपाचे आरआर ३१० नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...