आईपीएल २०२५ मा शतक प्रहार गरेका वैभव सूर्यवंशीलाई मर्सिडिज बेन्ज उपहार

आईपीएल २०२५ मा सोमवार जयपुरमा भएको राजस्थान रोयल्स र गुजरात टाइटन्सबीचको खेलमा १४ वर्षीय वैभव सूर्यवंशीले पहिलो पटक शतक प्रहार गर्दै सबैको ध्यान तानेका छन्। खेलमा शानदार प्रदर्शन गरेपछि उनी रातारात चर्चाको शिखरमा पुगेका छन्। उनलाई क्रिकेट जगतको नयाँ चम्किलो तारा भन्दै प्रशंसा गरिँदैछ।

यस ऐतिहासिक खेलपछि राजस्थान रोयल्सका मालिक रञ्जित बरठाकुरले वैभवको उत्कृष्ट प्रदर्शनबाट प्रभावित भई उनलाई एक नयाँ मर्सिडिज बेन्ज कार उपहार स्वरूप दिएका छन्। यद्यपि, कुन मोडलको कार दिइएको हो भन्ने खुलाइएको छैन। वैभव अझै १४ वर्षका भएकाले कानुनी रूपमा गाडी चलाउन मिल्दैन तापनि यो उपहार भविष्यमा उनको सफलताको प्रतीक बनेको छ।

बिहारको समस्तीपुर जिल्लास्थित ताजपुरमा जन्मिएका वैभव सूर्यवंशीको जीवन यात्रा प्रेरणादायी रहेको छ। बाल्यकालदेखि नै क्रिकेटप्रति गहिरो लगाव राख्ने वैभवलाई उनका आमाबाबुले सधैं साथ दिएका थिए। ६-७ वर्षको उमेरदेखि नै क्रिकेटको शाेख बाेकेका उनलाई दिल्लीसम्म पुर्‍याएर आईपीएल खेल देखाउने काम अभिभावकले गरेका थिए। सामाजिक सञ्जालमा वैभवका बाल्यकालका तस्बिरहरू पनि भाइरल भएका छन्, जसमा उनी दिल्लीको रंगशालामा आफ्ना आमाबाबुसँग देखिन्छन्।

आज त्यो बालक, जसले कहिल्यै क्रिकेटप्रतिको मोह घट्न दिएन, उसले आफ्नो पहिलो आईपीएल शतक मार्फत आफ्नो प्रतिभा प्रमाणित गरिसकेका छन्। वैभवको यो उपलब्धिले न केवल उनलाई लोकप्रिय बनाएको छ, सारा देशले नयाँ प्रतिभाको स्वागत गरिरहेको छ। भविष्यमा उनी भारतीय क्रिकेटको आधारशिला बन्ने सम्भावना प्रबल देखिन्छ।

सम्बन्धित समाचारहरू

काठमाडौँ उपत्यकामा ट्राफिकको ‘नो हर्न’ अभियान पुन: सुरू

काठमाडौँ उपत्यकामा ट्राफिकको ‘नो हर्न’ अभियान पुन: सुरू

काठमाडौँ – उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले फेरि ‘नो हर्न’...

सुरुङ मार्ग निर्माणका लागि पाल्पा–बुटवल सडक दैनिक आठ घण्टा बन्द हुने

सुरुङ मार्ग निर्माणका लागि पाल्पा–बुटवल सडक दैनिक आठ घण्टा बन्द हुने

रामपुर – सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड दैनिक आठ...

नयाँ बसपार्कका सबै ‘काउन्टर’बाट ‘अनलाइन’ प्रणालीमा टिकट काट्न सुरु

नयाँ बसपार्कका सबै ‘काउन्टर’बाट ‘अनलाइन’ प्रणालीमा टिकट काट्न सुरु

काठमाडौं – देशभरका सार्वजनिक सवारीसाधन आवतजावत गर्ने गोँगबुस्थित नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...