बलिउड कलाकारले बनाएको एप्स काठमाडौं महानगरपालिकाको टप १५ सूचीमा, बढ्दै प्रयोगकर्ता

एटीएस नेपाल हालै मात्र नेपाली बजारमा उपलब्ध गराइएको विभिन्न सुविधा सहितको एप हो । यसको प्रयोगबाट कुनै सवारी साधन हराएको वा बेवारिस भएको अवस्थामा सम्बन्धित सवारी धनी पत्ता लगाउन सकिन्छ ।

उक्त एप डाउनलोड गरी आफ्नो मोबाइलमा राख्ने र एटीएस नेपालले उपलब्ध गराएको क्युआर कोड सवारी साधनको कुनै स्थानमा राख्ने गरेमा सो क्युआर कोड स्क्यान गरी जसले पनि सवारी धनी पत्ता लगाउन र खबर गर्न सकिन्छ । क्युआर कोड स्क्यान गर्दा आउने फोन नम्बरमा फोन गरेर यो कार्य गर्न सकिन्छ । विशेष गरी दुर्घटना भएको अवस्थामा वा कुनै कारणले चोरी भएको अवस्थामा यो एप निकै नै प्रभावकारी हुन्छ ।

भृकुटी मण्डपमा आयोजित क्यान इन्फोटेकमा एटीएस नेपालको स्टलमा सो एप्सको वारेमा जानकारी लिन चाहने अवलोकनकर्ता धेरै थिए । काठमाडौं महानगरपालिकाले समेत उत्कृष्ट स्टाटअपको रुपमा पुरस्कृत गरेको र ती स्टार्टअपको छुट्टै स्टल राखेको थियो । एटीएस नेपाल त्यही समूहमा रहेको थियो । ‘काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन २०८० अर्थात केएमआईआई २०८० का टप १५ मा एटीएस नेपाल समेत छनोट भएको थियो ।

तीन वर्ष नकटेको कुनै स्टार्टअपलाई आफ्नो उद्यमशीलता वा व्यवसाय सम्बन्धी कुनै आइडिया भए गत जेठ १९ गते सम्म सो आइडिया पेश गर्न भनिएको थियो । ८ सय जनाले आवेदन दिएकोमा टप १५ मा पर्न एटीएस नेपाल सफल भएको थियो ।

भारत त डिजिटल क्षेत्रमा धेरै अगाडि बढिसकेको छ । तर नेपाल विस्तारै यसतर्फ अगाडि बढ्दै छ । गुल्मी जिल्ला पुर्ख्यौली थलो भएका कँडेललाई आफ्नै देशमा केही गर्छु भन्ने भावना पलायो । अनि शुरु गरे नेपालमै डिजिटल व्यवसायको यात्रा ।

एटीएस नेपाल गाडी र बाइक सम्बन्धी क्युआर बेस्ड एप्लिकेसन हो । कुनै व्यक्तिले कतै पार्किङमा गाडी राखेर गयो, तर सो गाडी त्यहाँबाट हटाउनु पर्ने वा कुनै कारणले गाडी धनी खोज्नु प¥यो भने समस्या हुन्छ । यदि सो व्यक्तिले आफ्नो नम्बर कतै छोडेर गयो भने त आफ्नो ‘प्राइभेसी’ नहुने भयो । यो अवस्थामा यदि त्यहाँ एटीएस नेपालको क्युआर कोड छ भने कुनै पनि व्यक्तिले आफ्नो मोबाइलमार्फत स्क्यान गरेर सो व्यक्तिसँग कुरा गर्न सकिन्छ । यो अवस्थामा दुवै जनाले एक अर्काको नम्बर देख्दैनन् । फोन आदानप्रदान मात्र हुन्छ । तर नम्बर नदेखिने भएकाले प्राइभेसी हुन्छ ।

त्यसैगरी कुनै दुर्घटना भएको अवस्थामा सवारी धनी चोटपटकका कारण समस्यामा परेको हुन सक्छ । उ बेहोस पनि हुन सक्छ । घर परिवारसँग सम्पर्क गर्न सकिदैन । यो अवस्थामा त्यो क्युआरमा भएका विभिन्न चार अप्सन मध्ये एक अप्सन प्रयोग गर्न सकिन्छ । यसमा ‘घरपरिवारलाई सम्पर्क गर्न सकिने’ अप्सन पनि हुन्छ । सो अप्सन प्रयोग गर्दा परिवारको कुनै सदस्यसँग सीधा सम्पर्क हुन्छ । यसमा पनि कुनै नम्बर देखिदैन ।

कुनै अवस्थामा जथाभावी पार्किङ गरेको समयमा महानगरपालिका वा कुनै स्थानीय निकाय र ट्राफिक प्रहरीले गाडी भ्यानमा राखेर लिन सक्छन् । यो अवस्थामा त्यही क्युआर कोड प्रयोग गरी महानगरपलिका वा प्रहरीले सवारी धनीलाई गाडी लिएको जानकारी दिन सक्छन् । यसले गर्दा सडकमा राखिएको सवारी साधन चोरी भयो वा हरायो भनेर तनावमा रहनु पर्दैन ।

एटीएस नेपालको एप्लिकेसनमा आफ्नो सवारी साधनको लाइसेन्स, बिलबुक तथा सवारीको फोटो समेत यही एप्समा राख्न सकिन्छ । यसो हुँदा लाइसेन्स र बिलबुक रिन्यु गर्ने समय भन्दा एक साता पहिले नै म्यासेज जान्छ । यसबाट समयमै लाइसेन्स र बिलबुक रिन्यु गर्न सकिन्छ ।

केही दिनमै काठमाडौं उपत्यकामा ब्रेक डाउन सर्भिस समेत शुरु गर्न लागिएको एटीएस नेपालका एक्जिक्युटिभ डाइरेक्टर विजय कँडेलले बताए । कुनै स्थानमा सवारी साधन बिग्रियो भने त्यही स्थानमा मेकानिक्स उपलब्ध गराउने र सवारी साधन मर्मत गर्ने सुविधा उपलब्ध गराउने उनको भनाइ छ ।

एटीएस नेपालको आइडियालाई व्यवहारमा उतार्ने कार्यमा विजय कँडेलको महत्वपूर्ण भूमिका छ । राजन पाठक उनका सहकर्मी छन् । उनले भारतको दिल्लीमा अध्ययन गरेका हुन् । शैक्षिक योग्यताका आधारमा उनी होटल म्यानेजमेन्ट क्षेत्रका हुन् भने बलिउड कलाकार समेत हुन् । उनले विभिन्न फिल्ममा समेत अभिनय गरेका छन् । तर उनका साथीहरु आइटी क्षेत्रका भएका र यो क्षेत्रमा आउनका लागि एक घटनाले घच्घच्याएको उनको भनाइ छ । आफ्नै आँखा अगाडि भएको दुर्घटनाको अवस्थामा एक घण्टा सम्म पनि उद्दार हुन नसकेर एक युवाको ज्यान गयो । तर आफन्त पत्ता लगाउन निकै समस्या भयो । उनी भन्छन्, ‘दुई दिन सम्म पनि आफन्त पत्ता लगाउन सकिएन । यो अवस्थामा कुनै नम्बर भइदिएको भए कति सहज हुन्थ्यो ?’ उनको मनमा पलाएको यही विचार नै एटीएस नेपालको अधार बनिदियो ।

भारत त डिजिटल क्षेत्रमा धेरै अगाडि बढिसकेको छ । तर नेपाल विस्तारै यसतर्फ अगाडि बढ्दै छ । गुल्मी जिल्ला पुर्ख्यौली थलो भएका कँडेललाई आफ्नै देशमा केही गर्छु भन्ने भावना पलायो । अनि शुरु गरे नेपालमै डिजिटल व्यवसायको यात्रा ।

नेपालमा कुनै दुर्घटना भएको अवस्था वा गलत पार्किङको अवस्थामा सम्पर्क गर्ने कुनै माध्यम छैन । यो अवस्थामा एटीएस नेपाल आधार बन्ने उनको अपेक्षा छ ।

हाल यसका प्रयोगकर्ता बढिरहेका छन् । बढ्ने क्रम जारी छ । आगामी दिनमा जेन्युइन स्पेयर पार्ट्स उपलब्ध गराउने योजना भएको कँडेलले बताए । यसबाट विस्तारै अनलाइनमार्फत अटोमोबाइल क्षेत्रका विभिन्न व्यवसायमा क्रियाशील हुने उनको योजना छ ।

सम्बन्धित समाचारहरू

खुला ढोका, बन्द सुरक्षा – परिचालकको लापरवाहीले निम्त्याउने मृत्यु जोखिम

खुला ढोका, बन्द सुरक्षा – परिचालकको लापरवाहीले निम्त्याउने मृत्यु जोखिम

काठमाडौंको कोटेश्वरमा गत मंसिर ७ गते घटेको एक दर्दनाक घटनाले हाम्रो...

दशैं मनाउन राजधानीबाट पाँच दिनमा बाहिरिए एक लाख ८९ हजार यात्रु

दशैं मनाउन राजधानीबाट पाँच दिनमा बाहिरिए एक लाख ८९ हजार यात्रु

काठमाडौं – मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि...

निषेधाज्ञामा पनि घर-घरमै फलफूल, तरकारी र मासुको होम डेलिभरी गर्दै इ फार्म

निषेधाज्ञामा पनि घर-घरमै फलफूल, तरकारी र मासुको होम डेलिभरी गर्दै इ फार्म

गाउँका किसानलाई शहरका उपभोक्तासँग जोड्दै आएको इ फार्मले कोभिड–१९ को विषम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...