बिना धितो ८० प्रतिशतसम्मको फाइनान्स सुबिधामा आयसर ब्रान्डको गाडी

बैंक तथा बित्तिय संस्थामा लगानी योग्य पूजीँको अभाव र राष्ट्र बैंकले हायर पर्चेज कर्जामा कडाई गरेका कारण अहिले फाइनान्स सुबिधामा भन्ने बित्तिकै गाडी किन्न सकिने अबस्था रहेको पाइदैन । यस्तोमा आयसर गाडीको नेपालका लागि आधिकारिक बितरक इस्टर्न एजेन्सिजले बिना धितो ८० प्रतिशतसम्मको फाइनान्स सुबिधामा गाडी किन्न सकिने अफर ल्याएको छ ।

आयसरको जुनसुकै मोडलको गाडी खरिद गर्न ग्राहकले शुरुमा २० देखी ३० प्रतिशतसम्म नगद भुक्तानी गरेपछि बाँकी रहने ८० प्रतिशतसम्म रकमलाई कम्पनी आफैले लगानी गर्ने बताएको हो ।

कम्पनी स्रोतका अनुसार आयसर ब्रान्डको लाइट र हेभी कमर्सियल तथा बस खरिद गर्न चाहने ग्राहकलाई कम्पनीको आफ्नै हायर प्रचेज कम्पनीले बढीमा ८० प्रतिशतसम्मको फाइनान्स सुबिधा उपलब्ध गराउनेछ । यो अफरमा गाडी किन्न चाहने ग्राहकले नगद छुट भने पाउने छैनन् । यो अफर सिमित अबधीका लागी मात्र रहने हुँदा ग्राहकलाई छिटोभन्दा छिटो आयसर गाडीको शोरुममा गएर गाडी बुक गर्न कम्पनीले आह्वान समेत गरेको छ ।

भारतीय कमर्सियल भेहिकल निर्माता आयसरको नेपालमा हेभी ड्युटी भेहिकल, लाइट कमर्सियल भेहिकल र बसहरु उपलब्ध रहँदै आएको छ । जसमध्ये यसको ट्रिप्पर, लाइट ट्रक र स्कुल बस नेपाली बजारमा निकै लोकप्रिय मानिन्छ ।

सम्बन्धित समाचारहरू

महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै सवारी र अन्य कर्जा दिने

महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै सवारी र अन्य कर्जा दिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै सवारी र अन्य कर्जा...

आयात बन्द मात्र कारण होइन : अरु यी कारणले पनि सुस्त छ अटो बजार

आयात बन्द मात्र कारण होइन : अरु यी कारणले पनि सुस्त छ अटो बजार

बैंक तथा वित्तीय संस्थामा तरलता अभाव चर्किएसँगै ओरालो लागेको सवारी बजार...

एभरेष्ट बैंकले प्युजो र सिट्रोन गाडी किन्नेलाई सस्तो दरमा सजिलै कर्जा दिने

एभरेष्ट बैंकले प्युजो र सिट्रोन गाडी किन्नेलाई सस्तो दरमा सजिलै कर्जा दिने

काठमाडौं – प्युजो र सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...