बिना धितो ८० प्रतिशतसम्मको फाइनान्स सुबिधामा आयसर ब्रान्डको गाडी

बैंक तथा बित्तिय संस्थामा लगानी योग्य पूजीँको अभाव र राष्ट्र बैंकले हायर पर्चेज कर्जामा कडाई गरेका कारण अहिले फाइनान्स सुबिधामा भन्ने बित्तिकै गाडी किन्न सकिने अबस्था रहेको पाइदैन । यस्तोमा आयसर गाडीको नेपालका लागि आधिकारिक बितरक इस्टर्न एजेन्सिजले बिना धितो ८० प्रतिशतसम्मको फाइनान्स सुबिधामा गाडी किन्न सकिने अफर ल्याएको छ ।

आयसरको जुनसुकै मोडलको गाडी खरिद गर्न ग्राहकले शुरुमा २० देखी ३० प्रतिशतसम्म नगद भुक्तानी गरेपछि बाँकी रहने ८० प्रतिशतसम्म रकमलाई कम्पनी आफैले लगानी गर्ने बताएको हो ।

कम्पनी स्रोतका अनुसार आयसर ब्रान्डको लाइट र हेभी कमर्सियल तथा बस खरिद गर्न चाहने ग्राहकलाई कम्पनीको आफ्नै हायर प्रचेज कम्पनीले बढीमा ८० प्रतिशतसम्मको फाइनान्स सुबिधा उपलब्ध गराउनेछ । यो अफरमा गाडी किन्न चाहने ग्राहकले नगद छुट भने पाउने छैनन् । यो अफर सिमित अबधीका लागी मात्र रहने हुँदा ग्राहकलाई छिटोभन्दा छिटो आयसर गाडीको शोरुममा गएर गाडी बुक गर्न कम्पनीले आह्वान समेत गरेको छ ।

भारतीय कमर्सियल भेहिकल निर्माता आयसरको नेपालमा हेभी ड्युटी भेहिकल, लाइट कमर्सियल भेहिकल र बसहरु उपलब्ध रहँदै आएको छ । जसमध्ये यसको ट्रिप्पर, लाइट ट्रक र स्कुल बस नेपाली बजारमा निकै लोकप्रिय मानिन्छ ।

सम्बन्धित समाचारहरू

राष्ट्रिय वाणिज्य बैंकले गाडी किन्न ६.१० प्रतिशत ब्याजदरमा १ करोड सम्म कर्जा दिने

राष्ट्रिय वाणिज्य बैंकले गाडी किन्न ६.१० प्रतिशत ब्याजदरमा १ करोड सम्म कर्जा दिने

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा...

नबिल बैंकले होन्डा गाडी खरिद गर्न ७० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने

नबिल बैंकले होन्डा गाडी खरिद गर्न ७० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने

काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ...

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) एक प्रकारको सम्झौता हो । जसले यात्राको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...