अपडेट भएर आउँदै यामाहा फेसिनो, लिक भयो तस्बिर
यामाहाले आफ्नो स्टायलिस स्कुटर फेसिनोको २०२६ संस्करण लन्च गर्ने तयारी...
काठमाडौं – सरकारले ल्याएको प्रतिस्थापन आर्थिक बिधेयकले सर्बाधिक खपत हुने १२५ देखि १५५ सीसी सेग्मेन्टका मोटरसाइकल र स्कुटरमा १० प्रतिशत अन्तशुल्क वृद्धि गरेको छ । यसरी अन्तशुल्क वृद्धि हुँदा यो सेग्मेन्टको मूल्य १८ हजार रुपैयाँसम्मले वृद्धि हुने देखिएको छ भने अर्को २ सयदेखि २५० सीसी सेग्मेन्टमा पनि पहिलेको तुलनामा १० प्रतिशतले वृद्धि गरिएको छ । यो सेग्मेन्टका मोटरसाइकलको मूल्य भने एउटै मोडलमा ४० हजार रुपैयाँसम्मले वृद्धि हुने देखिन्छ ।
नेपालको टु ह्विलर बजारमा सर्बाधिक बिक्री हुने १२५ देखि १५५ सीसी सेग्मेन्टमा प्रायः सबैजसो ब्रान्डका मोटरसाइकल उपलब्ध छन् । जसमध्ये सर्बाधिक लोकप्रिय १५० सीसी सेग्मेन्टको बजार प्रभाबित बन्ने देखिन्छ । यो सेग्मेन्टमा बजाज पल्सर, यामाहा एफजेड, होन्डा साइन र युनिकर्न, हिरो एक्स्ट्रिम स्पोर्टस्, एचिभर र हंक तथा सुजुकी जिक्सर जस्ता मोटरसाइकल बढी लोकप्रिय छन् । यी मोटरसाइकलको मूल्य वृद्धि हुने देखिएको हो ।
त्यसैगरी टीभीएस अपाचे आरटीआर १६० र २०० सीसी क्षमतामा उपलब्ध भएका कारण यसको मूल्य वृद्धि हुनेछैन । सरकारले ल्याएको अहिलेको नीतिले सबैभन्दा बढी फाइदा टीभीएस मोटरसाइकललाई पुग्ने देखिन्छ । टीभीएसकै अर्को मोडल १२५ सीसी सेग्मेन्टमा अन्य धेरै मोटरसाइकल तथा स्कुटर उपलब्ध भएपनि यस्ता मोटरसाइकल र स्कुटरको वास्तबिक क्षमता ठ्याक्कै १२५ अर्थात सो भन्दा केही अंक कम हुने कारण मूल्य बढ्ने देखिदैन ।
पावरफूल सेग्मेन्टका नामले समेत चिनिने २०० देखि २५० सीसी क्षमताका मोटरसाइकल समेत प्रशस्तै उपलब्ध छन् । यो सेग्मेन्टमा समेत सरकारले पहिलेको तुलनामा १० प्रतिशत अन्तशुल्क वृद्धि गरेको छ । जसका कारण यो सेग्मेन्टको एउटै मोडलमा ४० हजार रुपैयाँसम्मले मूल्य बढ्ने देखिएको हो ।
यो सेग्मेन्ट अन्तर्गत हाल बजारमा बजाजको एभेन्जर क्रुजर, पल्सर २२० एफ र डोमिनार छ । त्यसैगरी होन्डाको सीबीआर २५० आर, यामाहाको फेजर, सुजुकीको जिक्सर २५० लगायत बेनेली, क्रसएक्स, क्रसफायर, केटीएम, मोटरहेड र सीएफमोटो जस्ता ब्रान्डका केही मोडल उपलब्ध छन् ।
यामाहाले आफ्नो स्टायलिस स्कुटर फेसिनोको २०२६ संस्करण लन्च गर्ने तयारी...
काठमाडौँ—नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक...
बजाजले सन् २०२० मे मा दर्ता गरेको आवेदन अनुसार ‘ट्विनर’ ट्रेडमार्क...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...