आयो पल्सर एनएस१६० र एनएस२०० को अपडेट मोडल, बन्यो अझै प्रिमियम

बजाजले भारतमा एनएस सिरिजका दुई बाइक एनएस१६० र एनएस२०० लाई नयाँ अपडेट सहितको लन्च गरेको छ ।

पल्सर एनएस१६० को मूल्य १ लाख ३५ हजार भारु राखिएको छ, जुन पहिले भन्दा करिव १० हजार महंगो हो । त्यसैगरी एनएस२०० को मूल्य १ लाख ४७ हजार भारु छ, जुन करिव ७ हजार महंगो हो ।

दुवै मोडलमा अब अपसाइड–डाउन फोर्क उपलब्ध छ भने ड्युअल च्यानल एबीएस स्ट्यान्डर्डको रुपमा रहेको छ । त्यसैगरी दुवैमा अझै हलुका ह्विलको प्रयोग गरिएको छ ।

यी दुई वाहेक दुवै मोडलमा अन्य कुनै परिवर्तन गरिएको छैन । एनएस१६० मा पहिलेको १६०.३ सीसीको आयल–कुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले १७.२ एचपी पावर र १४.६ एनएम टर्क जेनेरेट गर्छ । त्यसैगरी एनएस२०० मा १९९.५ सीसीको लिक्विड–कुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले २४.५ एचपी पावर र १८.७ एनएम टर्क जेनेरेट गर्छ ।

इन्जिन फरक भए पनि दुवै बाइक हेर्दा उस्तै देखिन्छन् । यसको स्टाइल र बडीवर्क उस्तै छ भने दुवैमा सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर प्रयोग गरिएको छ ।

सम्बन्धित समाचारहरू

पल्सर २२० एफ सहित बजाजका तीन मोडलको मूल्यमा वृद्धि, यस्तो छ बजाज मोटरसाइकलको मूल्य सूची

पल्सर २२० एफ सहित बजाजका तीन मोडलको मूल्यमा वृद्धि, यस्तो छ बजाज मोटरसाइकलको मूल्य सूची

काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

बजाजले ३५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउने, रोयल इन्फिल्डसँग प्रतिस्पर्धा हुने

बजाजले ३५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउने, रोयल इन्फिल्डसँग प्रतिस्पर्धा हुने

बजाजले ३५० सीसी सेगमेन्टमा रोयल इन्फिल्डसँग प्रतिस्पर्धा गर्न बेलायतको...

बल्खुमा खुल्यो बजाजको नयाँ शोरुम

बल्खुमा खुल्यो बजाजको नयाँ शोरुम

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...