आयो पल्सर एनएस१६० र एनएस२०० को अपडेट मोडल, बन्यो अझै प्रिमियम

बजाजले भारतमा एनएस सिरिजका दुई बाइक एनएस१६० र एनएस२०० लाई नयाँ अपडेट सहितको लन्च गरेको छ ।

पल्सर एनएस१६० को मूल्य १ लाख ३५ हजार भारु राखिएको छ, जुन पहिले भन्दा करिव १० हजार महंगो हो । त्यसैगरी एनएस२०० को मूल्य १ लाख ४७ हजार भारु छ, जुन करिव ७ हजार महंगो हो ।

दुवै मोडलमा अब अपसाइड–डाउन फोर्क उपलब्ध छ भने ड्युअल च्यानल एबीएस स्ट्यान्डर्डको रुपमा रहेको छ । त्यसैगरी दुवैमा अझै हलुका ह्विलको प्रयोग गरिएको छ ।

यी दुई वाहेक दुवै मोडलमा अन्य कुनै परिवर्तन गरिएको छैन । एनएस१६० मा पहिलेको १६०.३ सीसीको आयल–कुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले १७.२ एचपी पावर र १४.६ एनएम टर्क जेनेरेट गर्छ । त्यसैगरी एनएस२०० मा १९९.५ सीसीको लिक्विड–कुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले २४.५ एचपी पावर र १८.७ एनएम टर्क जेनेरेट गर्छ ।

इन्जिन फरक भए पनि दुवै बाइक हेर्दा उस्तै देखिन्छन् । यसको स्टाइल र बडीवर्क उस्तै छ भने दुवैमा सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर प्रयोग गरिएको छ ।

सम्बन्धित समाचारहरू

दुई मोडलका पल्सर नेपालमा, खुल्यो बुकिङ

दुई मोडलका पल्सर नेपालमा, खुल्यो बुकिङ

काठमाडौं – बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले दुई...

पल्सर एनएस २०० अव पाँच भेरिएन्टमा उपलब्ध, यस्तो छ सवै भेरिएन्टको मुल्य र फिचर

पल्सर एनएस २०० अव पाँच भेरिएन्टमा उपलब्ध, यस्तो छ सवै भेरिएन्टको मुल्य र फिचर

पल्सर सिरीज बजाजको सवैभन्दा सफल मोडल हो । नेपालमा यसको १२५ देखी २५० सिसी...

बजाजको अर्को पल्सर आउने सम्भावना

बजाजको अर्को पल्सर आउने सम्भावना

टु–ह्विल निर्माता कम्पनी बजाजले नयाँ बाइक लन्च गर्ने भएको छ । मिडिया...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...