२ वर्ष नपुग्दै बजारबाट बिदा भयो पल्सर एन १२५, भारतमा बिक्री बन्द
काठमाडौँ– बजाज अटोले आफ्नो चर्चित इन्ट्री लेभल स्पोर्टी मोटरसाइकल पल्सर...
बजाज अटोले आफ्नो लोकप्रिय मोटरसाइकल पल्सर २२० एफको नयाँ संस्करण लन्च गरेको छ। यसको मूल्य १ लाख ३६ हजार भारु निर्धारण गरिएको छ। पुरानो संस्करणको तुलनामा यसको मूल्य ८ हजार भारुले वृद्धि भएको छ।
अपडेटेड नयाँ पल्सर २२० एफको सबैभन्दा उल्लेखनीय परिवर्तन नयाँ एलईडी हेडल्याम्प सिस्टम हो। यसमा इन्टिग्रेटेड एलईडी डे–टाइम रनिङ लाइट र सेमी फेयर्ड फ्रन्ट डिजाइनमा नयाँ लाइटिङ सिस्टम समावेश गरिएको छ। यद्यपि यसको बडी प्यानलमा कुनै परिवर्तन गरिएको छैन। यसमा पल्सर २२० एफको पहिचान बनेको डिजाइनलाई यथावत् राखिएको छ।
साथै यसको इन्जिन र पावरट्रेनमा पनि कुनै परिवर्तन गरिएको छैन। यसमा २२० सीसी क्षमताको सिंगल सिलिन्डर, आयल कुल्ड इन्जिन समावेश गरिएको छ । सो इन्जिनले २०.६ बीएचपीको पावर र १८.६ एनएमको टर्क उत्पादन गर्छ। यसमा ५ स्पिड गियरबक्स समावेश गरिएको छ ।
पल्सर २२०एफ बजाज अटोको पोर्टफोलियोमा सबैभन्दा पुरानो मोटरसाइकलहरू मध्ये एक हो। कम्पनीले आफ्नो पल्सर रेन्जमा पनि ठुला परिवर्तनहरूमा काम गरिरहेको छ। रिपोर्टका अनुसार नयाँ पुस्ताको पल्सर १२५ हालै सडक परीक्षणको क्रममा देखिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...