अपडेटेड २०२४ हिरो एक्सट्रिम १६०आर ४भी लन्च

हिरो मोटोकर्पले अपडेटेड एक्सट्रिम १६०आर भी४ भारतीय बजारमा लन्च गरेको छ । सो बाइकको लुक निकै स्टाइलिस छ र यसलाई नयाँ कलर मिक्सका साथ लन्च गरिएको छ ।

हिरो एक्सट्रिम १६०आर भी४ ट्विन डिस्क, कनेक्टेड र प्रिमियम भेरिएन्ट गरी ३ भेरिएन्टमा उपलब्ध छ । अपडेट गरिएको मोडल करिब २ हजार भारु महँगो छ । नयाँ बाइकमा नयाँ ग्राफिक्स, अपडेटेड हेडल्याम्प, नयाँ कलर स्किम, ४भी टेक्नोलोजी र अपसाइड-डाउन फ्रन्ट फोर्कका साथमा अपडेट गरिएको छ ।

यसमा १६३.२ सीसी, एकल-सिलिन्डर, एयर र आयल कुल्ड ४ भल्व इन्जिन समावेश छ, जसले १६.६ बीएचपी र १४.६ एनएम टर्क उत्पादन गर्छ । यसको पावरट्रेन ५ स्पिड ट्रान्समिशनसँग जोडिएको छ । बाइकको अगाडि यूएसडी फोर्क र पछाडि प्रिलोड एडजस्टेबल मोनोशक रहेको छ । ब्रेकिङको लागि दुबै पाङ्ग्रामा डिस्क ब्रेक जोडिएको छ ।

सो बाइकमा ०-६० किलोमिटर प्रतिघण्टा र ०-४०२ मिटर स्प्रिन्टको लागि ड्याग टाइमर पनि उपलब्ध छ । बाइकको सिटको उचाइ ७९५ एमएम, ग्राउन्ड क्लियरेन्स १६५ एमएम र १७ इन्चको अलोय ह्विल रहेको छ ।

सो बाइक भारतीय बजारमा १ लाख ३८ हजार भारु मूल्यमा लन्च गरिएको छ। सो बाइकले यस सेगमेन्टमा बजाज पल्सर एन१६०, टीभीएस अपाचे आरटीआर १६० ४भी, सुजुकी जिक्सर १५५ र ​​अन्य मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

हिरोले दुई नयाँ सस्तो इलेक्ट्रिक स्कुटर ल्याउँदै, जुलाईमा लन्च हुने

हिरोले दुई नयाँ सस्तो इलेक्ट्रिक स्कुटर ल्याउँदै, जुलाईमा लन्च हुने

हिरो मोटोकर्पले जुलाई २०२५ मा दुई नयाँ किफायती इलेक्ट्रिक स्कुटर लन्च...

कति दिन्छ हिरो सुपर स्प्लेन्डरले माइलेज, माइलेज च्यालेन्ज क्याम्पमा देखियो आश्चर्यजनक नतिजा

कति दिन्छ हिरो सुपर स्प्लेन्डरले माइलेज, माइलेज च्यालेन्ज क्याम्पमा देखियो आश्चर्यजनक नतिजा

काठमाडौं – नेपालमा हिरो मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक सीजी मोटर्सले...

हिरो इलेक्ट्रिकले ल्यायो स्टाइलिस इलेक्ट्रिक स्कुटर एड्डी, आउन सक्छ नेपाल

हिरो इलेक्ट्रिकले ल्यायो स्टाइलिस इलेक्ट्रिक स्कुटर एड्डी, आउन सक्छ नेपाल

भारतीय इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी हिरो इलेक्ट्रिकले स्टाइलिस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...