ओमेगा सेक्कीका दुई इलेक्ट्रिक थ्री ह्विलर नेपालमा
काठमाडौं – ओमेगा सेक्की मोबिलिटी (ओएसएम) को आधिकारिक वितरकको रुपमा...
इलेक्ट्रिक सवारी साधनको प्रयोग दिनानुदिन बढ्दै जाँदा घरमै सुरक्षित, भरपर्दो र सहज चार्जिङ समाधानको माग पनि तीव्र बनेको छ । यही आवश्यकतालाई समाधानको रुपमा युनो मिन्डाले आफ्नो पोर्टेबल कार ईभी वाल चार्जर लन्च गरेको छ ।
कम्पनीका अनुसार सो नयाँ चार्जरलाई यात्रामा होस वा घरमा सहजै उपयोग गर्न सक्ने गरी डिजाइन गरिएको छ । यसलाई आफ्नो ईभी जहाँ भए पनि छिटो र सुरक्षित तरिकाले चार्ज गर्न सकिनेछ ।
नयाँ पोर्टेबल चार्जरले ३.३ किलोवाटको फास्ट चार्जिङ आउटपुट प्रदान गर्छ, जसले दैनिक प्रयोगका लागि भरपर्दो चार्जिङ अनुभव उपलब्ध गराउनेछ । साथै, यसको आईपी६५ रेटेड वाटर प्रुफ र डस्ट प्रुफ तथा धुलो र गर्मी जुनसुकै वातावरणमा पनि सुरक्षित रूपमा प्रयोग गर्न सकिनेछ ।
यसमा रियल–टाइम चार्जिङ अपडेटहरू उपलब्ध हुने हुँदा चार्जिङ स्थिति र समयलगायत महत्वपूर्ण जानकारी मोबाइल वा स्क्रिनमार्फत हेर्न सकिनेछ ।
यो कम्प्याक्ट र हलुका छ। बढ्दो सुरक्षाको लागि, यसमा ओभर भोल्टेज, ओभर करेन्ट र सर्ट-सर्किट जोखिम विरुद्ध धेरै सुरक्षा छ, जसले प्रयोगकर्ताको लागि पूर्ण सुरक्षा सुनिश्चित गर्छ । युनो मिन्डा कार ईभी वाल चार्जर प्रमुख अफलाइन रिटेल आउटलेट र अमेजन, फ्लिप कार्ट र युनोमिन्डा कार्ट जस्ता अनलाइन प्लेटफर्मबाट खरिद गर्न सकिन्छ।
भारतमा बिक्रीका लागि उपलब्ध सो वाल चार्जर भविष्यमा नेपालमा पनि उपलब्ध हुन सक्छ । नेपालमा पनि युनो मिन्डाका पार्ट्स बिक्री–वितरण भइरहेका छन् ।
काठमाडौं – ओमेगा सेक्की मोबिलिटी (ओएसएम) को आधिकारिक वितरकको रुपमा...
जीपले भोली आफ्नो पहिलो इलेक्ट्रिक कार जिपस्टरको पावरट्रेन सार्वजनिक...
काठमाडौंमै नेक्सन ईभीले ३४७ किमीसम्म रेन्ज निकाल्न सफल भएको छ । ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...