ओमेगा सेक्कीका दुई इलेक्ट्रिक थ्री ह्विलर नेपालमा

काठमाडौं – ओमेगा सेक्की मोबिलिटी (ओएसएम) को आधिकारिक वितरकको रुपमा एमएडब्ल्यु वृद्धि कमर्सियल भेइकल प्रालिले थ्री ह्विलर ईभीका दुई भेरिएन्ट नेपाली बजारमा लन्च गरेको छ । कम्पनीले कार्गोमा रेजप्लस र यात्रुवाहक वाहनमा स्ट्रिम बिक्रीका लागि उपलब्ध गराएको औपचारिक घोषणा गरेको हो ।

ओएसएम रेजप्लस एक विद्युतीय तीनपाङ्ग्रे कार्गो सवारी साधन हो र यसमा १०.८ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । त्यसैगरी ओएसएम स्ट्रिम ८.५ किलोवाट आवर पावरप्याक भएको विद्युतीय तीनपाङ्ग्रे यात्रुवाहक सवारी साधन हो । दुवै गाडीमा भएका विद्युतीय मोटरले अधिकतम ७.४ किलोवाटको पावर र मोटरमा ४५ एनएम पिक टर्क जेनेरेट गर्छ । रेजप्लस र स्ट्रिम दिगो ऊर्जामा चल्ने सवारीसाधनमा आकर्षित हुँदै गरेका उद्यमीहरू र साना व्यवसाय गर्ने अपरेटरहरूका लागि उत्तम समाधान हो ।

हल्का वजनको रेजप्लस र स्ट्रिमको तौल ब्याट्रीसहित ६०० किलोग्राम छ भने गाडीको कुल वजन १,००० किलोग्राम छ । यात्रामा सहजताका लागि गाडीले कम रोलिङ प्रतिरोधी १० इन्चको टायर प्रयोग गर्छ । यति मात्र नभई, दुवै सवारी साधनको न्यूनतम ग्राउण्ड क्लियरेन्स १७५ एमएम छ ।

रेजप्लस र स्ट्रिमका बारेमा एमएडब्लुका प्रबन्ध निर्देशक विवेक सिकरियाले नेपाली बजारमा रेजप्लस र स्ट्रिमको सुरुवातले दिगो र उत्सर्जनमुक्त सवारी साधन लिने विचार गरिरहेका उपभोक्ताहरूको चाहना पूरा गर्ने बताए ।

ओमेगा सेक्की मोबिलिटीका संस्थापक अध्यक्ष उदय नारङले प्रदूषण विरुद्धको सरकारको लडाईको एक हिस्सा ओएसएम बन्न चाहेको र अत्याधुनिक, पहुँचयोग्य विद्युतीय सवारीसाधन ल्याई काठमाडौंमात्र नभई सम्पूर्ण नेपाललाई स्वच्छ, हरियाली र दिगो राष्ट्र बनाउन सघाउने बताए ।

रेज प्लस र स्ट्रिममा स्वचालित ट्रान्समिसन जडान गरिएको छ जसले चालकहरूलाई आरामदायी यात्रा प्रदान गर्दछ । यसबाहेक, शक्तिशाली बुस्ट मोडको साथले ड्राइभरहरूले पहाडी इलाकामा समेत हावाको चालमा गाडी चलाउन पाउनेछन् ।

ओएसएमद्वारा डिजाइन, विकास र इन–हाउस निर्माण गरिएको छ ओएसएम रेजप्लस र ओएसएम स्ट्रिम दुवै ४ घण्टाभित्र घरमै सजिलै चार्ज गर्न सकिन्छ । पूर्ण चार्जले तीनपाङ्ग्रे मालवाहक (रेजप्लस) १२० किमी र तीनपाङ्ग्रे यात्रुवाहक सवारी (स्ट्रिम) ९५ किमीको यात्रा गर्दछन् ।

सम्बन्धित समाचारहरू

काँक्रेविहार यातायातलाई किटोनका १९ वटा विद्युतीय माइक्रो बस हस्तान्तरण

काँक्रेविहार यातायातलाई किटोनका १९ वटा विद्युतीय माइक्रो बस हस्तान्तरण

काठमाडौं– सुर्खेतको काँक्रेविहार यातायात प्रालिलाई ‘किटोन’ ब्राण्डका १९...

आगामी चैतभित्रै साझाका ३ विद्युतीय बस नेपाल भित्रिदै

आगामी चैतभित्रै साझाका ३ विद्युतीय बस नेपाल भित्रिदै

काठमाडौं – साझा यातायातका बन्दै गरेका ४० बसमध्ये तीन बस आगामी चैत...

लिपमोटर बी१० को स्निक प्रिभ्यु सम्पन्न, औपचारिक लन्च तथा मूल्य सार्वजनिक नाइमामा

लिपमोटर बी१० को स्निक प्रिभ्यु सम्पन्न, औपचारिक लन्च तथा मूल्य सार्वजनिक नाइमामा

काठमाडौं – नेपालमा लिपमोटरको आधिकारिक आयातकर्ता साङ्ग्रिला मोटर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...