ह्विल लक लागेकै अवस्थामा तीनवटा ह्विलले गुड्यो बीवाईडी एसयूभी
काठमाडौं–बीवाईडीको अफरोड एसयूभी फाङ चेङ बाओ बाओ ८ तीनवटा ह्विलमा गुडेको...
जीपले भोली आफ्नो पहिलो इलेक्ट्रिक कार जिपस्टरको पावरट्रेन सार्वजनिक गर्ने भएको छ । जीपको ग्लोवल लाइनअपमा सवैभन्दा सानो एसयूभीका रुपमा आउन लागेको यो गाडी व्याट्री इलेक्ट्रिक र पेट्रोल माइल्ड हाइव्रिड अप्सनमा उपलब्ध हुनेछ । भोलीकै दिन उसले भविष्यमा आउने तयारी भैरहेका फोर वाई ईमा आधारित कन्सेप्ट इभीलाई समेत सार्वजनिक गर्दैछ ।
जीपस्टरका वारेमा विस्तृत विवरणहरु वाहिर नआइसकेपनि यसको हाव्रिड अप्सनमा १.२ लिटर टर्वो पेट्रोल इन्जिन जडान हुनसक्ने अनुमान लगाइएको छ । यो एसयूभीलाई उसले कमन मोडुलर प्लेटफर्ममा तयार गरिरहेको छ । जुन प्लेटफर्ममा सिट्रोनले यसअघि सि३ निर्माण गरिसकेकको छ ।
मार्च महिनामा सार्वजनिक भएको टिजरमा यसको एक्सटेरियरवारे केही जानकारी वाहिर आएको थियो । जसअनुसार जीपको ट्रेडमार्क ग्रिललाई यो एसयूभीमा समेत निरन्तरता दिइएको छ । यो एसयूभीको मेन हेडल्याम्पको माथिल्लो भागमा एलइडी डिआरएलएस सहितको स्प्लिट हेडल्याम्प जडान गरिएको छ । जहाँ ई लागोलाई प्रष्टसंग देख्न सकिने बनाइएको छ ।
इन्टेरियर फिचर्सको कुरा गर्नुपर्दा यसमा अधिकांश फिचर फियाट लाइन–अप ५०० सहित पूजो र सिट्रोनबाट सेयर गरिएको छ । यो नयाँ एसयूभीमा डिजिटल क्लस्टर र इन्फोटेन्मेन्ट सिस्टम फियाट मोडलबाट लिइएको छ, जहाँ १०.२५ इन्चको टचस्क्रिन उपलब्ध हुनसक्ने जनाइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...