जीपले भोली पहिलो इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्दै, हाइव्रिड र व्याट्री इलेक्ट्रिक दुवै अप्सनमा आउने

जीपले भोली आफ्नो पहिलो इलेक्ट्रिक कार जिपस्टरको पावरट्रेन सार्वजनिक गर्ने भएको छ । जीपको ग्लोवल लाइनअपमा सवैभन्दा सानो एसयूभीका रुपमा आउन लागेको यो गाडी व्याट्री इलेक्ट्रिक र पेट्रोल माइल्ड हाइव्रिड अप्सनमा उपलब्ध हुनेछ । भोलीकै दिन उसले भविष्यमा आउने तयारी भैरहेका फोर वाई ईमा आधारित कन्सेप्ट इभीलाई समेत सार्वजनिक गर्दैछ ।

जीपस्टरका वारेमा विस्तृत विवरणहरु वाहिर नआइसकेपनि यसको हाव्रिड अप्सनमा १.२ लिटर टर्वो पेट्रोल इन्जिन जडान हुनसक्ने अनुमान लगाइएको छ । यो एसयूभीलाई उसले कमन मोडुलर प्लेटफर्ममा तयार गरिरहेको छ । जुन प्लेटफर्ममा सिट्रोनले यसअघि सि३ निर्माण गरिसकेकको छ ।

मार्च महिनामा सार्वजनिक भएको टिजरमा यसको एक्सटेरियरवारे केही जानकारी वाहिर आएको थियो । जसअनुसार जीपको ट्रेडमार्क ग्रिललाई यो एसयूभीमा समेत निरन्तरता दिइएको छ । यो एसयूभीको मेन हेडल्याम्पको माथिल्लो भागमा एलइडी डिआरएलएस सहितको स्प्लिट हेडल्याम्प जडान गरिएको छ । जहाँ ई लागोलाई प्रष्टसंग देख्न सकिने बनाइएको छ ।

इन्टेरियर फिचर्सको कुरा गर्नुपर्दा यसमा अधिकांश फिचर फियाट लाइन–अप ५०० सहित पूजो र सिट्रोनबाट सेयर गरिएको छ । यो नयाँ एसयूभीमा डिजिटल क्लस्टर र इन्फोटेन्मेन्ट सिस्टम फियाट मोडलबाट लिइएको छ, जहाँ १०.२५ इन्चको टचस्क्रिन उपलब्ध हुनसक्ने जनाइएको छ ।

सम्बन्धित समाचारहरू

आयोनिक ५ र एट्टो ३ मा कुन रोज्ने ? यस्तो छ मूल्य, रेन्ज र फिचर्समा अन्तर

आयोनिक ५ र एट्टो ३ मा कुन रोज्ने ? यस्तो छ मूल्य, रेन्ज र फिचर्समा अन्तर

आयोनिक ५ र एट्टो ३ नेपाली बजारमा उपलब्ध प्रिमियम सेग्मेन्टका इलेक्ट्रिक...

बीवाईडी एट्टो ३ अब तीन मोडलमा नेपालमा उपलब्ध, यस्तो छ नयाँ मूल्य सूची

बीवाईडी एट्टो ३ अब तीन मोडलमा नेपालमा उपलब्ध, यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा अब बीवाईडी एट्टो ३ तीन मोडलमा उपलब्ध हुने भएको छ ।...

२ नयाँ इलेक्ट्रिक कार यसै महिना नेपाल आउने तयारीमा, यस्तो छ रेन्ज र फिचर्स

२ नयाँ इलेक्ट्रिक कार यसै महिना नेपाल आउने तयारीमा, यस्तो छ रेन्ज र फिचर्स

यो महिना २ नयाँ इलेक्ट्रिक कार नेपाल भित्रिने तयारीमा रहेका छन् । केही...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...