सीएफमोटो २५० डुअलमा २ वर्षको सडक कर पूर्ण छुट

काठमाडौँ–सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले आकर्षक अफर सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्नो सर्वाधिक लोकप्रिय डुअल–पर्पोज मोटरसाइकल सीएफमोटो २५० डुअल ईएफआईको खरिदमा २ वर्षको सडक कर नलाग्ने घोषणा गरेको हो । अफर असार ३२ गतेसम्म लागु हुने जनाइएको छ ।

नेपालको बदलिँदो भौगोलिक अवस्था, दैनिक आवतजावत र एड्भेन्चर यात्रालाई ध्यानमा राखेर डिजाइन गरिएको यो बाइकले नेपाली ईन्ट्री–लेभल डुअल पर्पोज सेगमेन्टमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

यस्तो छ मोटरसाइकल
लन्च भएको छोटो अवधिमै १०० भन्दा बढी युनिट बिक्री भइसकेको यस मोटरसाइकलको तौल मात्र १५४ केजी रहेको छ । हल्का तौलका कारण नयाँ तथा पुराना दुवै राइडरहरूले यसलाई सजिलै नियन्त्रण (गर्न सक्छन् । अफ–रोड र अन–रोड दुवै अवस्थाका लागि यसमा २४५ मिमीको ग्राउन्ड क्लियरेन्स र ८४० मिमीको सिट हाइट दिइएको छ ।

आरामदायी यात्राका लागि अगाडि यूएसडी र पछाडि मोनोशक सस्पेन्सन राखिएको यस मोटरसाइकलमा रात्रिकालीन सुरक्षाका लागि आकर्षक एलईडी हेडलाइट सिस्टम उपलब्ध छ ।

५ लाख ६४, हजार ९०० रुपैयाँ पर्ने यो मोटरसाइकल यसै सेग्मेन्टका अन्य ब्रान्डका बाइकहरूको तुलनामा निकै उत्कृष्ट मानिएको छ ।

बिक्री पछिको सेवामा जोड
ग्राहकहरूको सुविधा र पहुँचलाई मध्यनजर गर्दै सीएफमोटो नेपालले काठमाडौँ उपत्यकाभित्र नक्साल, टेकु, झम्सिखेल र सल्लाघारी मा आफ्ना अत्याधुनिक शोरुमहरू सञ्चालन गरिरहेको छ । उपत्यका बाहिर चितवन र पोखरामा पनि बिक्रीको सुविधा उपलब्ध छ ।

बिक्रीपछिको सेवालाई थप मजबुत बनाउन कम्पनीले नेपालगञ्ज, बुटवल, हेटौँडा, इटहरी, पोखरा, चितवन र काठमाडौँका विभिन्न स्थानहरूमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ भने स्पेयर पार्ट्स समेत सजिलै पाइने व्यवस्था मिलाएको छ।

सवारी चालकहरूको यात्रालाई थप सुरक्षित बनाउन कम्पनीले देशभर रोडसाइड असिस्टेन्स टोली सक्रिय रूपमा परिचालन गरेको छ । यात्राका क्रममा जुनसुकै ठाउँमा प्राविधिक वा आकस्मिक समस्या आइपरेमा यो टोलीले तत्काल सहयोग उपलब्ध गराउने जनाइएको छ ।

सीएफमोटो ग्लोवलको अन्तर्राष्ट्रिय रणनीति अनुरूप सन् २०२५ देखि नै स्पेयर पाट्र्सको मूल्यलाई ग्राहकमैत्री बनाइएकाले यसको मर्मत खर्च निकै किफायती हुने कम्पनी भनाई छ । कर छुटको यो आकर्षक अवसरले नेपाली राइडरहरूलाई आधुनिक र शक्तिशाली डुअल–पर्पोज बाइक चढ्ने उत्कृष्ट अवसर दिने कम्पनीको दाबी छ ।

सम्बन्धित समाचारहरू

ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्ससी नेपालमा सार्वजनिक

ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्ससी नेपालमा सार्वजनिक

काठमाडौं – ट्रायम्फ मोटरसाइकल्स नेपालले आफ्नो प्रसिद्ध ४०० सीसी मोडर्न...

चेक रिपब्लिकका राष्ट्रपति पिटर पावेलको रोजाइमा सीएफमोटो ४५० एमटी

चेक रिपब्लिकका राष्ट्रपति पिटर पावेलको रोजाइमा सीएफमोटो ४५० एमटी

चेक रिपब्लिकका राष्ट्रपति पिटर पावेलले सीएफमोटोको लोकप्रिय मोटरसाइकल...

जेठ १० गतेदेखि २५ गतेसम्म ताप्लेजुङ–दार्चुला ‘बाइक टुर’ गर्ने

जेठ १० गतेदेखि २५ गतेसम्म ताप्लेजुङ–दार्चुला ‘बाइक टुर’ गर्ने

काठमाडाैँ – एनटिपी मल्टिमिडिया ग्रुपले ताप्लेजुङ–दार्चुला बाइक यात्रा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...