२ वर्षमा २ हजार ‘मेड इन नेपाल’ हुन्डाई गाडी : सीप विकास र औद्योगिक भविष्य निर्माणतर्फको कदम

हुन्डाई नेपाल अर्थात नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले लक्ष्मी मोटर कर्पोरेसन मार्फत नेपालमै हुन्डाई गाडी उत्पादनको औपचारिक घोषणा गरेको करिव दुई वर्ष पुगेको छ । नवलपरासीको रामग्रामस्थित लक्ष्मी मोटर कर्पोरेसनले स्थापना गरेको एसेम्बली प्लान्टमार्फत हाल सम्म करिव दुई हजार सवारी साधन उत्पादन भइसकेका छन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर दिपक थपलियाका अनुसार यो अवधिमा मेड इन नेपाल हुन्डाई भेन्यु र हुन्डाई क्रेटा उत्पादन भएका छन् । भेन्यु भन्दा क्रेटा करिव दोब्बर बढी उत्पादन भएका छन् र नेपाली उपभोक्ताले नेपालमै बनेका हुन्डाईका यी सवारी साधन उपयोग गरिरहेका छन् ।

सुरुमा हुन्डाई भेन्यु उत्पादन गरेको लक्ष्मी मोटर कर्पोरेसनले त्यो समयमा करिव चार लाख रुपैयाँ कम मूल्यमै नेपाली उपभोक्तालाई सो गाडी उपलब्ध गराएको थियो । सो समयमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले एसेम्बली प्लान्टका साथै गाडी समेत सार्वजनिक गरेका थिए ।

पछिल्ला दुई वर्षमा हुन्डाई नेपालले देशको अटोमोबाइल तथा औद्योगिक क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउने प्रयास गरिरहेको छ। नयाँ सवारी साधन सार्वजनिक गर्ने मात्र नभई कम्पनीले स्थानीय एसेम्बली प्लान्ट, सीप विकास र उत्पादन क्षमतामा लगानी गर्दै नेपालको औद्योगिक विकासमा नयाँ सम्भावना देखाएको छ।

नवलपरासीमा आधुनिक एसेम्बली प्लान्ट
नवलपरासीको रामग्राममा स्थापना गरिएको हुन्डाई एसेम्बली प्लान्ट नेपालका लागि ऐतिहासिक उपलब्धि मानिएको छ। यो नेपालमा आधुनिक प्रविधिसहित चारपांग्रे सवारी साधन स्थानीय रूपमा एसेम्बल गर्ने पहिलो सुविधा सम्पन्न प्लान्ट हो।

यस प्लान्टबाट उत्पादन हुने लोकप्रिय मोडलहरू हुन्डाई क्रेटा र हुन्डाई भेन्यु अहिले ‘मेड इन नेपाल’ पहिचानसहित बजारमा उपलब्ध छन्। यो केवल उत्पादनको प्रतीक मात्र नभई प्रविधि र औद्योगिक ज्ञान हस्तान्तरणको संकेत पनि हो।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गार्हस्थ उत्पादनमा योगदानका साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।

जनशक्तिलाई दक्ष प्राविधिकमा रुपान्तरण
हुन्डाई नेपालको विशेषता मानव स्रोतमा दिएको प्राथमिकता समेत हो । जनरल म्यानेजर थपलिया भन्छन्, ‘एसेम्बली प्लान्टमा कार्यरत प्राविधिक र इन्जिनियरहरू शतप्रतिशत नेपाली छन् । उनीहरूमध्ये धेरैजसो पहिले ट्रेडिङ, सेल्स वा सर्भिस सेक्टरमा मात्र अनुभवी थिए । तर अहिले उनीहरू सेमी–रोबोटिक उपकरण सञ्चालन गर्ने, गुणस्तर नियन्त्रण गर्ने तथा उत्पादन प्रक्रिया व्यवस्थापन गर्ने दक्ष प्राविधिकका रूपमा विकसित भएका छन्। यस क्रममा उनीहरूले एसेम्बली टेक्निक, प्रोसेस इन्जिनियरिङ र प्रिसिजन क्वालिटी एस्योरेन्स जस्ता सीपमा प्रत्यक्ष अनुभव हासिल गरेका छन्। यस्ता सीप सक्ने अवसर पहिले उनीहरुको पहुँचमा थिएन ।’

कम्पनीका अनुसार सामान्य कामदारलाई क्रमशः विशेषज्ञ अपरेटरमा रूपान्तरण गर्न सकिने किसिमले प्रशिक्षण कार्यक्रमहरू डिजाइन गरिएका छन् । यसले कर्मचारीलाई केवल कार एसेम्बल गर्ने मात्र नभई सम्पूर्ण उत्पादन प्रक्रिया बुझ्ने, समस्या समाधान गर्ने र कार्यक्षमता सुधार गर्ने सीप पनि प्रदान गर्छ। नेपालमा औद्योगिकरणले कसरी कुनै पनि व्यक्तिको सीपलाई बढाउने अर्थात अपग्रेड गर्ने अवसर प्रदान गर्छ भन्ने तथ्य यसले प्रस्तुत गरेको छ ।

स्थानीय उत्पादनबाट अर्थतन्त्रमा प्रभाव
स्थानीय एसेम्बलीको प्रभाव केवल सीप विकासमा मात्र सीमित छैन। नेपालमै गाडी उत्पादन हुन थालेपछि पूर्ण रूपमा आयात हुने सवारी साधनमा निर्भरता केही हदसम्म घट्ने अपेक्षा गरिएको छ। स्थानीय रूपमा एसेम्बल गरिएका क्रेटा र भेन्यु मोडल प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुन थालेका छन्, जसले नेपाली परिवार र व्यवसायिक प्रयोगकर्तालाई सवारी साधन थप पहुँचयोग्य बनाएको छ।

समग्रमा, ‘मेड इन नेपाल’ अवधारणासहित सुरु गरिएको हुन्डाईको एसेम्बली प्लान्ट केवल गाडी उत्पादन गर्ने केन्द्र मात्र होइन, नेपालको औद्योगिक र मानवीय विकासको नयाँ आधार तयार गर्ने प्रयासका रूपमा हेरिएको छ।

त्यसैगरी, यस्तो प्लान्टले सहायक उद्योगहरूको सम्भावनालाई पनि बढाएको छ। सेवा प्रदायक, सप्लाई चेन र अन्य सम्बन्धित उद्योगहरू विकास हुने वातावरण सिर्जना हुँदै गएको छ, जसले नेपालको औद्योगिक आधारलाई बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रविधि र स्थानीय दक्षताको संयोजन
हुन्डाई नेपालले आधुनिक प्रविधि र स्थानीय जनशक्तिबीच सन्तुलन कायम गर्ने प्रयास गरेको छ। विभिन्न पार्ट्स जडान लगायतका कार्य गर्न रोबोटिक्सको सहयोगमा गर्न सकिने एसेम्बली प्रणाली प्रयोग गरिएको छ, जसले सटीकता र गुणस्तर कायम राख्न मद्दत गर्छ।

त्यसैसँगै नेपाली प्राविधिकहरूलाई जटिल गुणस्तर परीक्षण तथा उत्पादन प्रक्रियामा प्रत्यक्ष संलग्न गराइन्छ। यसले औद्योगिक नवप्रवर्तनसँगै जनशक्तिको क्षमता पनि क्रमशः विकास भइरहेको देखिन्छ।

ईभी पूर्वाधार र ग्राहक सेवामा विस्तार
एसेम्बली मात्र नभई यो भन्दा अन्य पक्षमा समेत हुन्डाईले पहल गरेको छ । हुन्डाई नेपालले आफ्टर सेल्स र ईभी सपोर्ट नेटवर्कमा समेत ध्यान दिएको छ। ईभी प्रयोगकर्ताका लागि राजमार्गहरुमा हाईवे असिस्टेन्स र ‘रिल्याक्स’ चार्जिङ नेटवर्क विस्तार गर्ने कार्यमा समेत लागिरहेको छ । देशको जुनसुकै स्थानमा पुगे पनि गाडीका लागि आवश्यक सर्भिसिङ उपलब्ध हुन्छ भने चार्जिङका लागि कुनै तनाव लिनु पर्दैन । यसबाट इलेक्ट्रिक मोबिलिटीप्रति उपभोक्ताको विश्वास बढाउन सहयोग गरेको छ।

बहुराष्ट्रिय कम्पनीका लागि उदाहरण
बहुराष्ट्रिय कम्पनीको लगानीले केवल उत्पादन मात्र होइन, बहुआयामिक प्रभाव पार्न सक्छ भन्ने उदाहरण हुन्डाई नेपालको अनुभवले देखाएको थपलिया बताउँछन् । भन्छन्, ‘स्थानीय बजारअनुसारका गुणस्तरीय सवारी साधन उत्पादन, औद्योगिक विकासका लागि आवश्यक दक्ष प्राविधिक र इन्जिनियर, आयात निर्भरता घटाउने र स्थानीय सप्लाई चेन बलियो बनाउने अर्थतन्त्र निर्माण तथा पूर्वाधार र सेवामार्फत पब्लिक सेफ्टी र मोबिलिटीलाई बलियो बनाउने समुदायको विकास गरी हुन्डाई नेपालले उदाहरण देखाएको छ ।’

समग्रमा, ‘मेड इन नेपाल’ अवधारणासहित सुरु गरिएको हुन्डाईको एसेम्बली प्लान्ट केवल गाडी उत्पादन गर्ने केन्द्र मात्र होइन, नेपालको औद्योगिक र मानवीय विकासको नयाँ आधार तयार गर्ने प्रयासका रूपमा हेरिएको छ। नवलपरासीको यो परियोजनाले स्थानीय एसेम्बली र सीप विकासलाई जोडेर आर्थिक तथा मानवीय विकासलाई एकसाथ अगाडि बढाउन सकिने सम्भावनाको स्पष्ट संकेत दिएको छ।

सम्बन्धित समाचारहरू

लुयान स्कुटरको ‘देशको उर्जा देशमै खपत’ अभियान, स्कुटर किन्दा इन्डक्सन चुल्हो र कुकर सित्तैमा

लुयान स्कुटरको ‘देशको उर्जा देशमै खपत’ अभियान, स्कुटर किन्दा इन्डक्सन चुल्हो र कुकर सित्तैमा

लुयान इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक जेरो एमिसन राइड...

भारतको पहिलो इलेक्ट्रिक उड्ने ट्याक्सी सार्वजनिक

भारतको पहिलो इलेक्ट्रिक उड्ने ट्याक्सी सार्वजनिक

भारतको पहिलो इलेक्ट्रिक उड्ने ट्याक्सी सार्बजनिक भएको छ । महिन्द्रा...

एसियन राष्ट्रमा ईभी फ्लिटका लागि बीवाईडी र ग्र्याब बिच सहकार्यको घोषणा, ५० हजार ईभी प्रयोग हुने

एसियन राष्ट्रमा ईभी फ्लिटका लागि बीवाईडी र ग्र्याब बिच सहकार्यको घोषणा, ५० हजार ईभी प्रयोग हुने

चाइनिज अटो मेकर बीवाईडी र राइड सेयरिङ सेवा उपलब्ध गराइरहेको कम्पनी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...