चर्चामा मेड इन नेपाल हुन्डाई भेन्यु : यस्तो छ बन्ने प्रक्रिया, मूल्यमा कति फरक ?

हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले पहिले देखि नै नेपाली बजारमा कोरियाली कार निर्माता कम्पनी हुन्डाईका विभिन्न मोडलका गाडी बिक्री–वितरण गर्दै आएको छ । कम्पनीले भारतमा उत्पादन हुँदै आएका सवारी साधन नेपालमा बिक्री–वितरण गरिरहेको छ ।

तर हालै मात्र प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हुन्डाईको नवलपरासीमा रहेको एसेम्बली प्लान्टमा उत्पादन भएको पहिलो कार हुन्डाई भेन्यु सार्वजनिक गरेको समाचारले चर्चा पायो । यससँगै हुन्डाईले पनि यसलाई ‘मेड इन नेपाल हुन्डाई भेन्युु’ भनेर चर्चामा ल्याएको छ ।

धेरैले नेपालमा गाडी नै बन्दैन । किन मेड इन नेपाल भनेको ? भनेर प्रतिक्रिया दिइरहेका छन् । उनीहरुले केही पार्ट्स ल्याएर जोडजोड गरेकै भरमा मेड इन नेपाल भन्न मिल्दैन भन्ने तर्कहरु पनि गरिरहेका छन् ।

यसै सन्दर्भमा हुन्डाई नेपालले हुन्डाई गाडी उत्पादन गरिने नवलपरासीमा रहेको एसेम्बली प्लान्टको वारेमा सञ्चारकर्मीहरुलाई समेत जानकारी प्रदान गरेको छ ।

वास्तवमा हुन्डाईले नेपालमै पहिलो पटक सवारी साधन उत्पादन गर्नका लागि एसेम्बली प्लान्ट सञ्चालन गरेको छ । यो भन्दा पहिले धेरै वर्ष पहिले यस्तै एसेम्बली प्लान्टमार्फत हुलास मोटर्सले मुस्ताङ नामक गाडी नेपालमै उत्पादन गरेको थियो र केही वर्ष राम्रो व्यापार गर्न पनि सफल भएको थियो । तर विविध कारणले सो प्लान्ट बन्द भयो । अहिले भने चारपांग्रे सवारी साधन उत्पादन गर्नका लागि एक मात्र प्लान्ट हुुन्डाईले सञ्चालनमा ल्याएर फेरि चर्चित बनेको छ ।

पहिले देखि नै नेपाली बजारमा हुन्डाईका सवारी साधन उपलब्ध गराउदै आएको लक्ष्मी इन्टरकन्टिनेन्टल वास्तवमा लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनी हो । अब नेपालमै सवारी साधन उत्पादन गर्ने लक्ष्यका साथ लक्ष्मी ग्रुपले लक्ष्मी मोटर कर्पोरेसनको स्थापना गरेको छ र सो प्लान्टको सञ्चालन लक्ष्मी मोटर्स कर्पोरेसनले नै गरिरहेको छ ।

विश्वका विभिन्न देशमा हुन्डाईल यस्ता एसेम्बलिङ प्लान्ट बनाएको छ । दक्षिण एसियाका बंगलादेश र श्रीलंकामा पनि हुन्डाईका यस्ता एसेम्बलिङ प्लान्ट छन् । तर ती प्लान्ट भन्दा नेपालको प्लान्ट अझै राम्रो भएको कम्पनीको दावी छ ।

यस्तो छ एसेम्बली प्लान्ट
नवलपरासीको परासीमा रहेको लक्ष्मी मोटर कर्पोरेसनद्वारा संचालित हुन्डाई भेइकल एसेम्बली प्लान्ट १० बिघा क्षेत्रफलमा फैलिएको छ । वार्षिक ५ हजार कार उत्पादन गर्ने क्षमता भएको सो प्लान्टमा हाल एसेम्बली सप र टेस्ट लाइनको कार्य भइरहेको छ ।

कुनै पनि सवारी साधन उत्पादन गर्नका लागि पाँच चरण पुरा गर्नुुपर्छ । ती पाँच चरण मध्ये पहिलो चरण प्रेस सप अर्थात स्ट्याम्पिङ, दोस्रो चरण बडी सप अर्थात वेल्डिङ र तेस्रो चरण पेन्ट सप हो । पहिलो चरणमा स्ट्याम्पिङ गरेर आवश्यक पार्ट्स तयार गरे पछि त्यसलाई जोड्ने अर्थात वेल्डिङ कार्य गरिन्छ । त्यसैगरी तेस्रो चरणमा पेन्ट सप अर्थात पेन्टिङ कार्य गरिन्छ ।

चौथो चरणमा एसेम्बली सप र पाँचौ चरणमा टेस्ट लाइन कार्य हुन्छ । नेपालमा हाल यही चौथो र पाँचौ चरणको कार्य हुने गरेको छ । कोरिया र भारतमा पहिलो तीन चरण पार गरेर ल्याइएका इन्जिन, बडी र विभिन्न पार्ट्सलाई एसेम्बल गर्ने र अन्तिममा टेस्ट गर्ने कार्य यहाँ हुने गरेको छ ।

यसका लागि प्लान्ट भित्र मेन एसेम्बली लाइन, सब एसेम्बली लाइन, टेस्ट लाइन, १.१ किलोमिटर लामो रोड टेस्ट ट्रयाक, वाटर सावर टेस्ट बुुथ र फाइनल इन्स्पेक्सन जस्ता एसेम्बली फ्यासिलिटी रहेको छ ।

त्यसैगरी ट्रेनिङ रुम तथा कारको क्वालिटी इन्स्पेक्सनका लागि अडिट रुम पनि रहेको छ । प्रत्येक सवारी साधन उत्पादन भए पछि यसको गुुणस्तरको वारेमा जाँच गरी प्रत्येक १० मध्ये १ कारको रिपोर्ट हुुन्डाईको मुख्य कार्यालयमा पठाउनु पर्ने अनिवार्यता रहेको कम्पनीको भनाइ छ ।

यसका साथै प्लान्ट भित्र बीआईपी पार्ट्स र सीकेडी पार्ट्सका लागि वेयरहाउस एवम् क्यान्टिन, युटिलिटी ब्लक र अटो कम्पाउन्ड समेत रहेका छन् ।

भविष्यमा नेपालमा समेत तेस्रो चरणको कार्य अर्थात पेन्ट सप समेत गरिने लक्ष्मी मोटर्सको भनाइ छ । यसमा सवारी साधनको पेन्टिङ सम्बन्धी आवश्यक कार्य गरिन्छ ।

यसकारण मेड इन नेपाल
विश्वका धेरै देशमा हुन्डाईका यस्तै एसेम्बली प्लान्ट छन् । सवारी साधन उत्पादनमा हुने पाँच चरण मध्ये कुनैमा कुनै र कुनैमा कुनै चरण रहेको हुन्छ । नेपालमा पनि हाल पछिल्लो दुुई चरणको कार्य भइरहेको छ ।

विश्वमा सबै स्थानमा रहेका प्लान्टमा यही प्रक्रिया अनुसार नै सवारी साधन उत्पादन हुन्छ । यसका लागि हुन्डाईले निश्चित प्रक्रियाको लागि आवश्यक नियम बनाएको हुन्छ र त्यसको पालना गर्नुपर्छ । नेपालमा पनि त्यही प्रक्रिया अनुसार नै सवारी साधन उत्पादन हुने नियम रहेको छ र त्यसै अनुसार पहिलो चरणमा हुुन्डाई भेन्यु उत्पादन गरिएको हो ।

नेपालमै एसेम्बल गरेर उत्पादन गरिएकाले यसलाई कम्पनीले ‘मेड इन नेपाल हुन्डाई भेन्यु’ भनेको छ ।

फाइदा के ?
एसेम्बल गरिए पनि नेपालमै उत्पादन भएको भन्न मिल्ने र यहाँ रोजगार समेत धेरैले पाउन सकिने सम्भावना हुन्छ । हुन्डाईको सो प्लान्टमा पहिलो चरणमा २ सय र दोस्रो चरणमा ५ सय जनाले काम पाउन सकिने बताइएको छ । त्यसैले नेपाली जनशक्तिले रोजगारी पाउन सक्ने सम्भावना हुन्छ ।

त्यसैगरी नेपाल भित्रिने सवारी साधनको तुलनामा पार्ट्समा सरकारले नै धेरै सहुलियत प्रदान गरेको छ । सरकाले यो अवस्थामा भन्सारमा २५ प्रतिशत र अन्तःशुल्कमा ५० प्रतिशत छुटको साथै आयकर लगायत छुट र अन्य सुबिधा दिँदै आएको छ । यसले गर्दा व्यवसायीहरुलाई समेत सस्तो दरमा आवश्यक सामग्री झिकाउन सकिने सम्भावना हुन्छ र अन्ततोगत्वा यसको लागतमा कमी भएर उपभोक्तालाई पनि फाइदा हुन्छ ।

मूल्यमा कति फरक ?
नेपालमै एसेम्बल हुने भए पछि यहाँबाट उत्पादित सवारी साधनको मूल्यमा पनि केही फरक हुने आशा गर्न सकिन्छ । हाल नेपाली बजारमा उपलब्ध हुन्डाई भेन्युको बेस मोडलको मूल्य ४० लाख ९६ हजार रुपैयाँ छ ।

के अब मेड इन नेपाल हुन्डाई भेन्युको मूल्य पनि घट्ला त ? लक्ष्मी मोटर कर्पोरेसनले हाल सम्म यसको वारेमा औपचारिक जानकारी सार्वजनिक गरेको छैन । सम्भवतः करिव एक साता पछि मात्र यसको वारेमा जानकारी उपलब्ध हुने अनुमान गरिएको छ । आशा गरौ, मूल्यमा पनि केही कमी अवश्य आउने छ ।

सम्बन्धित समाचारहरू

क्रेटा फेसलिफ्ट हात पार्न ५ महिनासम्म कुर्नुपर्ने, टप स्पेक र कालो रङ सर्बाधिक रुचाइयो

क्रेटा फेसलिफ्ट हात पार्न ५ महिनासम्म कुर्नुपर्ने, टप स्पेक र कालो रङ सर्बाधिक रुचाइयो

भारतमा १० दिनअघि लन्च भएको क्रेटा फेसलिफ्ट अहिले सर्बाधिक सफल बनिरहेको छ ।...

ई–जीएमपीको सट्टा अर्को छुट्टै नयाँ प्लेटफर्म विकास गर्ने हुन्डाईको उद्घोष, इभीको लागत घट्ने

ई–जीएमपीको सट्टा अर्को छुट्टै नयाँ प्लेटफर्म विकास गर्ने हुन्डाईको उद्घोष, इभीको लागत घट्ने

कोरियन अटो निर्माता हुन्डाई मोटर्सले हाल प्रयोगमा आएको ई–जीएमपी...

नेपाली बजारमा हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलव्ध हुने, बुकिङ शुरु

नेपाली बजारमा हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलव्ध हुने, बुकिङ शुरु

नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...