दुई मोडलका पल्सर नेपालमा, खुल्यो बुकिङ

काठमाडौं – बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले दुई मोडलका पल्सर बाइकको बुकिङ खुला गरेको छ । नेपालभर रहेका बजाजका शोरुममार्फत यी बाइक बुकिङ गर्न सकिने कम्पनीको भनाइ छ ।

पल्सर एनएस १६० र एनएस २०० बीएस६ भर्सनको बुकिङ खुला गरिएको हो । केही समय पश्चात यी बाइक बिक्रीका लागि उपलब्ध हुने छ ।

अन्य धेरै फिचर पहिलेको मोडलसँग मिल्ने भए पनि यी नयाँ बाइकमा भएको मुख्य परिवर्तन फ्रन्टमा ३३ एमएमको नयाँ अपसाइड डाउन फोर्क हो । आल्मुनियमबाट बनेकोले यसले तौल घटाउनमा समेत सहयोग गर्छ ।

अलोय ह्विल पनि पहिले भन्दा हलुका छ भने फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक छ । पहिले बाइब्री क्यालिपर भएकोमा अहिले ग्रिमेकाको प्रयोग भएको छ भने ड्युअल च्यानल एबीएस स्ट्यान्डर्डको रुपमा रहेको छ ।

इन्स्ट्रयुमेन्ट क्लस्टर उस्तै भए पनि यसमा अब गियर पोजिसन इन्डिकेटर, फ्युल इफिसियन्सी, डिस्टेन्स टु इम्पटी अदि फिचर देखाउने सुविधा छ ।

बजाज पल्सर एनएस २०० बीएस६ को मूल्य ४ लाख २४ हजार ९ सय र एनएस १६० बीएस६ को मूल्य ३ लाख ८४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

दमदार सेफ्टी र माइलेजसहित बजाजले फेरि ल्यायो एभेन्जरको नयाँ मोडल

दमदार सेफ्टी र माइलेजसहित बजाजले फेरि ल्यायो एभेन्जरको नयाँ मोडल

बजाजले आफ्नो लोकप्रिय क्रुजर बाइक एभेन्जर २२० स्ट्रिट लन्च गरेको छ । यो...

यस्तो छ १५३ किमी रेन्जसहित बजाज चेतककाे सबैभन्दा कम मूल्यकाे स्कुटर

यस्तो छ १५३ किमी रेन्जसहित बजाज चेतककाे सबैभन्दा कम मूल्यकाे स्कुटर

बजाज अटोले आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतक ३५ शृङ्खलाको सबैभन्दा...

बजाजले ३५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउने, रोयल इन्फिल्डसँग प्रतिस्पर्धा हुने

बजाजले ३५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउने, रोयल इन्फिल्डसँग प्रतिस्पर्धा हुने

बजाजले ३५० सीसी सेगमेन्टमा रोयल इन्फिल्डसँग प्रतिस्पर्धा गर्न बेलायतको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...