बजाजका दुई नयाँ पल्सर नेपाली बजारमा, बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने

काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ पल्सर एनएस २०० र एनएस १६० सार्वजनिक गरेको छ । यी दुवै अत्याधुनिक मोडलहरूले नेपाली राइडरहरूको बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने कम्पनीले विश्वास लिएको बताएको छ ।

पल्सर एनएस २०० युएसडी अर्थात अपसाइड डाउन
नयाँ पल्सर एनएस २०० युएसडीमा १९९.५ सीसीको लिक्विडकुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको अत्याधुनिक बीएस६ इन्जिन रहेको छ । यसले ९७५० आरपीएममा २४.५ पीएसको पावर आउटपुट र ८००० आरपीएममा १८.७४ एनएमको टर्क जेनेरेट गर्छ । यो पावरहाउसले रोमाञ्चक एस्क्सिलरेसन र उत्साहजनक पर्फर्मेन्स प्रदान गर्दछ ।

पल्सर एनएस २०० युएसडीले आकर्षक र आक्रामक डिजाइनका साथमा नयाँ फिचर र कार्यक्षमतालाई एकसाथ ल्याएको छ जसले सडकमा सबैको ध्यानाकर्षण गर्दछ । यसले विशिष्ट सवारी अनुभव सुनिश्चित गर्दै उल्लेखनीय स्थिरता र सटीक ह्यान्डलिङ प्रदान गर्ने कम्पनीको भनाइ छ ।

पल्सर एनएस १६० युएसडी अर्थात अपसाइड डाउन
पावर–प्याक्ड र रमाइलो बजाज पल्सर एनएस १६० युएसडी एक गतिशील बाइक हो जुन राइडरको सवारी अनुभवलाई निखार्न र उनीहरुको नयाँ नयाँ ठाउँहरु एक्स्प्लोर गर्ने चाहनालाई मुर्त रुप दिन डिजाइन गरिएको बताइएको छ ।

पल्सर एनएस १६० युएसडीमा १६०.३ सीसीको आयलकुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको बीएस६ इन्जिन रहेको छ । यसले ९००० आरपीएममा १७ पीएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४.६ एनएमको टर्क जेनेरेट गर्छ । यो पावर हाउसले रोमाञ्चक गति र प्रतिक्रियाशील कार्यसम्पादन दिन्छ । आकर्षक डिजाइन र स्टाइलिस फिचर्सका साथ पल्सर एनएस १६० युएसडीले सबैको ध्यान आकर्षित गर्छ । साहसिक पल्सर एनएस १६० युएसडीको उत्कृष्ट ह्यान्डलिङ र गतिशीलतासँग कुनै सीमा नरहने कम्पनीको भनाइ छ ।

राम्रो नियन्त्रण र सुरक्षालाई मध्यनजर गर्दै डिजाइन गरिएका यी दुबै पल्सरमा अगाडि ३०० एमएमको डिस्क ब्रेक र पछाडिको २३० एमएमको डिस्क ब्रेक प्रदान गरिएको छ जसले गर्दा राइडरले निश्चित स्टपिङ पावर र भरपर्दो नियन्त्रणको साथ जस्तोसुकै सडकमा पनि निर्धक्क भई चलाउन सक्छन् । यी दुबै बाइकहरुमा राइडर्स सेफ्टीलाई पहिलो प्राथमिकता राख्दै बजाजले ड्यृुअल च्यानल एबीएस प्रणाली अपनाएको छ जसले ब्रेकमा अझै राम्रो कन्ट्रोल र स्थिरता प्रदान गर्दछ ।

दुबैमा भएको ३३ एमएम अपसाइड डाउन फ्रन्ट सस्पेन्सन र क्यानिस्टर सहितको रियर नाइट्रोक्स मोनोशक सस्पेन्सनको संयोजनमा राइडरले कुनै पनि सडकमा सजिलैसँग चलाउन सक्नेछन् र सहज अनि आरामदायी सवारीको मजा लिन सक्नेछन् ।

यसमा रहेको न्यु स्पोर्टि ग्राफिक्सको स्लिक लाइनहरूले राइडरलाई भिडबाट अलग बनाउँछ । यसको पेरिमिटर फ्रेम र ट्युबुलर फ्रेम इन्जिनको स्ट्रेस्ड मेम्बरले उत्कृष्ट सन्तुलन र स्थिरता सुनिश्चित गर्दछ । यसमा रहेको स्पिडोमिटर कन्सोलमा गियर इन्डिकेटरका साथसाथै ट्यांकीमा बाँकी रहेको फ्युलले कति किलोमिटर बाइक अझै गुड्छ भन्ने देखाउँछ ।

अगाडि १००/८०–१७ र पछाडि १३०/७०–१७ एमएमको उत्कृष्ट ग्रिपले सुसज्जित ट्युबलेस टायरहरूले यी पल्सर एनएसलाइ उच्च पकड र स्थिरता प्रदान गर्नुका साथै राइडरलाई प्रत्येक मोड र चालमा आत्मविश्वास प्रदान गर्ने कम्पनीको भनाइ छ ।

पल्सर एनएस २०० र एनएस १६० अहिले नेपाली बजारमा क्रमशः ४ लाख २४ हजार ९ सय र ३ लाख ८४ हजार ९ सय रुपैयाँमा उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

अब मोटरसाइकल एसेम्बलिङ उद्योगका लागि नयाँ मापदण्ड लागू

अब मोटरसाइकल एसेम्बलिङ उद्योगका लागि नयाँ मापदण्ड लागू

काठमाडौं – सरकारले मोटरसाइकल एसेम्बलिङ उद्योग स्थापनाका लागि चार नयाँ...

चर्चामा बजाज पल्सर २५०एफ, यस्तो हुनेछ विशेषता

चर्चामा बजाज पल्सर २५०एफ, यस्तो हुनेछ विशेषता

बजाजले पल्सर सिरिजमा नयाँ सेगमेन्टको बाइक २५०एफ बजारमा ल्याउने चर्चाले...

बजेट लगत्तै मोटरसाइकलको मूल्य वृद्धि, के व्यवसायीले पुरानो स्टकको पनि मूल्य बढाएका हुन् त ?

बजेट लगत्तै मोटरसाइकलको मूल्य वृद्धि, के व्यवसायीले पुरानो स्टकको पनि मूल्य बढाएका हुन् त ?

आगामी आर्थिक वर्षको बजेटमा सरकारले २०० सीसी भन्दा बढी क्षमताका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...