होन्डा र बजाजले बढाए मूल्य : अब पालो टीभीएस र यामाहाको

काठमाडौं – निषेधाज्ञा खुले पश्चात नेपाली बजारमा होन्डा र बजाज बाइकको मूल्य वृद्धि भइसकेको छ । केही दिन पहिले केही दिनको अन्तरालमा यी दुई कम्पनीले मूल्य वृद्धि गरिसकेका छन् ।

भारतमा समेत यी बाइकको मूल्य बढिरहेको र विभिन्न कारणले यी बाइकको मूल्य समायोजन गरिएको कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेताहरुको भनाइ छ । सामान्यतः ३ हजार रुपैयाँको हाराहारीमा यी बाइकको मूल्य बढेको छ ।

बढ्दै छ यामाहा बाइक र स्कुटरको मूल्य, ल्यायो ८ हजार सम्म छुट सहितको स्किम

आर्थिक वर्ष प्रारम्भ हुने समयको आसपासमा प्रायः कम्पनीहरुले मूल्य वृद्धि गर्ने गरेको पाइन्छ । अब साउन लागे पश्चात नेपाली बजारमा टीभीएस र यामाहा बाइकको मूल्य वृद्धि हुने संकेत यी दुइृ कम्पनीका आधिकारिक वितरकले गरिसेका छन् ।

टीभीएसले हाल साथ छ हाम्रो नामक स्किम संचालनमा ल्याएको छ । सोही स्किम सार्वजनिक गर्ने अवसरमा टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले आउँदो केही समयमा नयाँ आर्थिक बर्षको सुरुवात र कर प्रणालीमा वृद्धि जस्ता कारणले मोटरसाइकल र स्कुटर दुवैको दाम बढ्ने सम्भावना रहेको समेत संकेत गरेको छ ।

असहज परिस्थिति र निराशालाई मध्यनजर गर्दै टीभीएसले ल्यायो ‘साथ छ हाम्रो’ योजना

पुरानै र सस्तो मूल्यमा नयाँ सवारीसाधन किन्ने यो योजना अन्तिम अवसर रहेकाले पनि ग्राहकवर्गमा यो योजना निकै नै आकर्षक रहेको कम्पनीले बताएको छ । यसले गर्दा साउन लागे पश्चात टीभीएसका बाइक र स्कुटरको मूल्य वृद्धि हुने अनुमान गर्न सकिन्छ ।

त्यसैगरी यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले यसको संकेत गर्दै ‘स्टे अहेड स् बिट द प्राइस हाइक विथ डबल सेभिङ्स’ नामक अफर नै ल्याएको छ ।

यामाहाले पनि सम्भवतः आगामी साउन महिना देखि नेपाली बजारमा बाइक र स्कुटरको मूल्य बढाउने छ । यो भन्दा पहिले नै छुट सहित कम मूल्यमा यामाहा बाइक र स्कुटर किन्नका लागि सो अवसर ल्याएको बताएको छ ।

नेपाली बजारमा अन्य बाइक र स्कुटर ब्रान्डले समेत मूल्य बढाउन सक्ने सम्भावना छ । त्यसैले नयाँ बाइक वा स्कुटर किन्न चाहनेका लागि असार महिना उत्तम विकल्प भएको अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

नयाँ वर्षमा टीभीएसका बाइक वा स्कुटर किन्दा के पाइन्छ ? आयो यस्तो अफर

नयाँ वर्षमा टीभीएसका बाइक वा स्कुटर किन्दा के पाइन्छ ? आयो यस्तो अफर

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ...

टीभीएसको तेस्रो नयाँ इलेक्ट्रिक स्कुटर अर्बिटर लन्च

टीभीएसको तेस्रो नयाँ इलेक्ट्रिक स्कुटर अर्बिटर लन्च

टीभीएसले भारतमा आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर ‘अर्बिटर’ लन्च गरेको छ । यो...

१० लाख युनिट इलेक्ट्रिक स्कुटर बिक्री गरी टीभीएसको ऐतिहासिक सफलता

१० लाख युनिट इलेक्ट्रिक स्कुटर बिक्री गरी टीभीएसको ऐतिहासिक सफलता

टीभीएस मोटरले नयाँ इतिहास रचेको छ। कम्पनीले आफ्ना लोकप्रिय विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...