टीभीएस मोटोसोल ६.० डिसेम्बर ११ र १२ मा आयोजना हुँदै, बाइक रेसिङदेखि लाइभ कन्सर्टसम्मका आकर्षण
टीभीएस मोटरले आफ्नो सबैभन्दा ठुलो टीभीएस मोटोसोल ६.० महोत्सव आयोजना गर्ने...
टीभीएस मोटर कम्पनीले आफ्नो लोकप्रिय कम्युटर मोटरसाइकल स्टार सिटी प्लसको बिक्री बन्द गरेको छ। कम्पनीले आफ्नो आधिकारिक वेबसाइटबाट समेत सो मोटरसाइकल हटाएको छ। स्टार सिटी प्लस राम्रो माइलेज, आकर्षक डिजाइन र उपयोगी फिचरका कारण चर्चित थियो।
टीभीएस स्टार सिटी प्लसमा १०९ सीसी क्षमताको एयर कुल्ड, सिंगल सिलिन्डर इन्जिन दिइएको थियो। सो इन्जिनले ८.०८ पीएस पावर र ८.७ एनएम टर्क उत्पादन गर्थ्यो। यसमा ४ स्पिड गियरबक्स जडान गरिएको थियो। दैनिक आवतजावत र सहरी यात्रालाई लक्षित सो मोटरसाइकल सहज सञ्चालन र इन्धन बचतका लागि परिचित थियो।
माइलेजको हिसाबले पनि सो मोटरसाइकल चर्चित थियो । कम्पनीको दाबीअनुसार सो मोटरसाइकलले प्रतिलिटर ८० किलोमिटरसम्म माइलेज दिन सक्थ्यो। भारतीय बजारमा माइलेजलाई प्राथमिकता दिने कम्युटर बाइकका ग्राहकबीच यसको लोकप्रियता रहेको थियो।
स्टार सिटी प्लसमा सेमी डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल उपलब्ध थियो, जसले स्पिडोमिटर, ट्याकोमिटर र ट्रिप मिटरलगायतका आवश्यक जानकारी प्रदान गर्थ्यो। त्यसैगरी, यात्राका क्रममा मोबाइल फोन चार्ज गर्न सकिने यूएसबी चार्जिङ पोर्ट पनि दिइएको थियो।
टीभीएस स्टार सिटी प्लसको मूल्य ६५ हजार ३६५ भारु रहेको थियो। कम्पनीले आधिकारिक रूपमा यसको बिक्री बन्द गरे पनि विभिन्न डिलरशिपमा बाँकी स्टक उपलब्ध हुन सक्ने अनुमान गरिएको छ ।
नेपालमा जगदम्बा मोटर्सले टीभीएसका बाइक बिक्री गरिरहेको छ । नेपालमा पनि यो बाइक बिक्रीका लागि उपलब्ध छैन । यसको वेबसाइटमा समेत अन्य बाइकको मूल्य सूची राखिए पनि यो बाइक भने राखिएको छैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...