स्कुटर बजारमा होन्डाको वर्चस्वलाई टीभीएसको कडा चुनौती, १० वर्षमा १८ प्रतिशत बजार हिस्सा गुम्यो

भारतीय टु–ह्विलर बजारमा होन्डा र टीभीएसबिच निकै ठूलो र रोचक प्रतिस्पर्धा देखिएको छ । एक्टिभा र डिओको सदाबहार लोकप्रियताका कारण लामो समयदेखि एकलौटी राज गर्दै आएको होन्डाको बजार हिस्सा विगत एक दशकमा उल्लेखनीय रूपमा खुम्चिएको छ । अर्कोतर्फ टीभीएस मोटर कम्पनीले आक्रामक बजार रणनीतिका साथ होन्डासँगको खाडललाई तीव्र गतिमा कम गर्दै लगेको छ ।

सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०१७ मा होन्डाको स्कुटर बजार हिस्सा ५६.८९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०२६ मा आइपुग्दा सो हिस्सा घटेर ३८.९५ प्रतिशतमा सीमित भएको छ । सोही अवधिमा टीभीएसले भने आफ्नो बजार हिस्सा १४.७४ प्रतिशतबाट बढाएर २८.३६ प्रतिशत पु-याउन सफल भएको छ ।

विगत नौ वर्षमा भारतीय बजारमा स्कुटरको थोक बिक्री करिब ४५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०१७ मा ५६.०५ लाख युनिट रहेको स्कुटर बजार आर्थिक वर्ष २०२६ मा ८१.१८ लाख युनिट पुगेको छ ।

तर, यो बढ्दो बजारको फाइदा होन्डाले लिन सकेको देखिँदैन । आर्थिक वर्ष २०१७ मा करिब ३१.८९ लाख स्कुटर बेचेको होन्डाले आर्थिक वर्ष २०२६ मा ३१.६२ लाख युनिट मात्र बिक्री ग-यो । समग्र बजारमा २५ लाखभन्दा बढी युनिटको माग थपिँदा पनि होन्डाको बिक्री भने उल्टै २७ हजार युनिटले घटेको छ, जसका कारण उसले १८ प्रतिशत बजार हिस्सा गुमाउनुप-यो ।

यसको ठीक विपरीत, टीभीएसको व्यवसाय यस अवधिमा झन्डै तीन गुणा (१७९ प्रतिशत) ले बढेको छ । आर्थिक वर्ष २०१७ मा ८.२६ लाख स्कुटर बेचेको टीभीएसले आर्थिक वर्ष २०२६ मा २३.०३ लाख युनिट बिक्री गरेर बजारमा बलियो उपस्थिति जनाएको छ ।

टीभीएसको यो ऐतिहासिक वृद्धिको मुख्य कारण उसको बहुआयामिक उत्पादन रणनीति हो । मध्यमवर्गीय ग्राहकका लागि ’जुपिटर’ र युवा वर्गका लागि ’एनटर्क’ जस्ता पेट्रोल मोडलहरू निकै सफल साबित भएका छन् ।

यसका साथै, ईभी सेग्मेन्टमा टीभीएसले ठूलो ’हेड–स्टार्ट’ लिएको छ । कम्पनीको ‘आईक्युब’ र नयाँ ‘अर्बिटर’ इलेक्ट्रिक स्कुटरले बजारमा बलियो पकड बनाएका छन् । आर्थिक वर्ष २०२० मा मात्र ६२ वटा इलेक्ट्रिक स्कुटर बेचेको टीभीएसले आर्थिक वर्ष २०२६ मा ३ लाख ६७ हजार ५०१ युनिट बिक्री गरेको छ । हाल टीभीएसले बेच्ने प्रत्येक ५ वटा स्कुटरमध्ये एउटा इलेक्ट्रिक हुने गरेको छ, जसले गर्दा यो भारतकै सबैभन्दा ठूलो इलेक्ट्रिक टु–ह्विलर निर्माता समेत बनेको छ ।

प्रतिस्पर्धा अझै रोचक बन्दै
आर्थिक वर्ष २०१७ मा होन्डा र टीभीएस बीचको वार्षिक बिक्री अन्तर २३.६३ लाख युनिट थियो, जुन आर्थिक वर्ष २०२६ मा आइपुग्दा ६४ प्रतिशतले घटेर ८.५९ लाख युनिटमा झरेको छ । चालू आर्थिक वर्ष २०२७ को पहिलो दुई महिना (अप्रिल–मे २०२६) को तथ्याङ्कले यो अन्तरलाई अझ ९४,३४८ युनिटमा खुम्च्याएको छ । यो अवधिमा होन्डाको बजार हिस्सा ३५ प्रतिशतमा झर्दा टीभीएसले २८.४३ प्रतिशत पुर्याएको छ ।

स्कुटर बजारको यो महासंग्रामा होन्डाले परम्परागत पेट्रोल स्कुटरमार्फत बजारको नेतृत्व गरिरहेको छ भने इलेक्ट्रिकमा टीभीएस निकै अगाडी छ । होन्डाले आफ्नो विरासत जोगाउन इलेक्ट्रिक सेग्मेन्टमा आक्रामक हुनुपर्ने देखिन्छ भने टीभीएसले आफ्नो वृद्धिको यो गतिलाई निरन्तरता दिनुपर्ने चुनौती छ ।

नेपालको अवस्था
नेपालमा भने होन्डा स्कुटरले एकछत्र जस्तै बजार पाइरहेको छ । होन्डाको डिओ मोडल एक्लैले नेपालको कुल स्कुटर बजारमा ६० प्रतिशतभन्दा बढि हिस्सा ओगटेको छ । उता टीभीएस एनटर्कले समेत आफ्नो बजार हिस्सा बढाइरहेको छ । एनटर्क विशेषतः स्पोर्टी र पावरफुल स्कुटर चाहनेको पहिलो रोजाई बनिरहेको छ । एनटर्क बाहेक टीभीएसले नेपालमा जुपिटर र आईक्युव इलेक्ट्रिक स्कुटर समेत उपलब्ध गराएको छ । पेट्रोलको मूल्य बढेपछि आईक्युवले पछिल्लो समय निकै राम्रो बजार पाइरहेको छ ।

नेपालमा होन्डालाई टीभीएस बाहेक यामाहा, हिरो, एथर, चेतक र याडिया जस्ता ब्रान्डका स्कुटरले समेत चुनौती दिइरहेको छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा बीएस६ आरटीएफआई टीभीएस अपाचे आरटीआर २०० फोरभी, खुल्यो बुकिङ

नेपाली बजारमा बीएस६ आरटीएफआई टीभीएस अपाचे आरटीआर २०० फोरभी, खुल्यो बुकिङ

काठमाडौं – नेपाली बजारमा टीभीएसको नयाँ आरटीएफआई प्रविधिको बीएस६...

स्मार्ट जेनेरेसनका लागि टीभीएस स्मार्ट एक्सचेन्ज, पुरानो बाइकलाई थप १५ हजार भ्यालुएसन

स्मार्ट जेनेरेसनका लागि टीभीएस स्मार्ट एक्सचेन्ज, पुरानो बाइकलाई थप १५ हजार भ्यालुएसन

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले देशभर...

स्मार्ट विशेषता सहितको होन्डा डियो १२५ को बिक्री–वितरण शुरु

स्मार्ट विशेषता सहितको होन्डा डियो १२५ को बिक्री–वितरण शुरु

काठमाडौँ – नेपालका लागि होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...