ग्राहक तान्न ४ मोटरसाइकल ब्रान्डविच प्रतिस्पर्धा, यस्तो छ स्किम र अफर
बजारमा तरलता अभावको समस्या चर्किन शुरु भएसंगै मोटरसाइकल तथा स्कुटरको...
काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले विश्व वातावरण दिवसको अवसरमा काठमाडौंमा ट्रि प्लान्टेसन ड्राइभको आयोजना गरेको छ । लायन्स क्लब अफ काठमाडौं न्यु वेभ्स र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा आयोजना गरिएको सो प्लान्टेसन अर्थात वृक्षरोपण बुढानीलकण्ठको चौकीडाँडामा गरिएको थियो । सो अवसरमा १०० विरुवा रोपिएको छ ।
प्लान्टेसन ड्राइभले टीभीएस आईक्युब ग्राहकले संयुक्त रुपमा ५० लाख किलोमिटरको माइलस्टोन पार गरेको रेकर्ड समेत कायम गरेको छ । यो दिगो कार्यबाट १ लाख ४० हजार लिटर इन्धन बचत भएको छ, जुन २ करोड २० लाख रुपैयाँ मूल्य बराबर हुन आउँछ । त्यसैगरी यसबाट ३५० टन कार्बन डाइअक्साइड उत्पादन घटेको छ, जुन १५ हजार रुख रोपे बराबर हो ।
जगदम्बा मोटर्सले आयोजना गरेको सो प्लान्टेसन इभेन्टको उद्घाटन बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी र वडा नम्बर १ का अध्यक्ष सुरेन्द्र लामा, जगदम्बा मोटर्सका एक्जिक्युटिभ डाइरेक्टर अखिल गुप्ता, पूर्व एसएसपी तथा सामाजिक अभियन्ता रमेश खरेल र बरिष्ठ कलाकार प्रेमराजा महत लगायतले गरेका थिए । सो अवसरमा लायन्स क्लब अफ काठमाडौं वेभ्स र जगदम्बा मोटर्सका टिम समेत सहभागी थिए ।

जगदम्बा मोटर्सले प्रत्येक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसको अवसरमा टीभीएस मोटर्ससँगको सहकार्यमा ‘ट्रान्सफर्म टुडे’ नामक अभियानमार्फत वातावरणीय सचेतना जगाउने कार्य गर्दै आएको बताएको छ । यस अन्तर्गत रिफ्युज, रिड्युस, रियुज र रिसाइकल गरी चार आर सम्बन्धी विभिन्न कार्य गरिन्छ ।
टीभीएसको यो महत्वपूर्ण अभियानको वारेमा टीभीएस मोटर कम्पनीको ईभी, इन्टरनेसनल बिजनेसका भाइस प्रेसिडेन्ट मधु प्रकाश सिंह र जगदम्बा मोटर्सका एक्जिक्युटिभ डाइरेक्टर अखिल गुप्ताले सबैलाई धन्यवाद दिए । उनीहरुले आगामी दिनमा समेत यस्ता वातावरणमैत्री कार्य गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
बजारमा तरलता अभावको समस्या चर्किन शुरु भएसंगै मोटरसाइकल तथा स्कुटरको...
काठमाडौं–टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक वितरक...
टीभीएसले आफ्नो मोर्डन रेट्रो मोटरसाइकल रोनिनको स्पेसल एडिसन लन्च गरेको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...