ग्राहक तान्न ४ मोटरसाइकल ब्रान्डविच प्रतिस्पर्धा, यस्तो छ स्किम र अफर

बजारमा तरलता अभावको समस्या चर्किन शुरु भएसंगै मोटरसाइकल तथा स्कुटरको बिक्रिमा समेत कमी आइरहेको छ । माग नै कम भएपछि व्यवसायीहरुले नयाँ लट आयत गर्नुभन्दा स्टकमा रहेका यस्ता साधन बिक्री गर्न जोडवल दिइरहेका छन् । जसका लागी आयतकर्ता कम्पनीहरुले विभिन्न स्किम र अफर सार्वजनिक गरेर आ–आफ्नो ब्रान्डमा ग्राहक तान्न नयाँ स्किम ल्याएका छन् ।

नेपाली बजारमा सर्बाधिक बिक्री हुने होन्डा मोटरसाइकल तथा स्कुटरमा आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले १५० सिसीभन्दा कम क्षमताका मोटरसाइकल तथा स्कुटरमा दैनिक किस्ता भुक्तानी गर्न मिल्ने स्किम ल्याएको छ । जसअनुसार शुरुमा ६० प्रतिशत रकम डाउनपेमेन्ट वापत भुक्तानी गरेपछि वाँकी हुन आउने ४० प्रतिशत रकमलाई दैनिक १५० रुपैयाँ भुक्तानी गरेर डिओ स्कुटर एबं १६७ रुपैयाँ भुक्तानी गरेर साइन मोटरसाइकल खरिद गर्न सकिनेछ । यो स्किम होन्डाका अन्य वाइक तथा स्कुटरमा समेत लागु गरिएको छ ।

यामाहाले सरल किस्तावन्दिमा मोटरसाइकल तथा स्कुटर खरिद गर्न पाउने अफर ल्याएको छ । उक्त अफर अन्तर्गत ग्राहकले १८, २४ र ३० महिना अवधिभित्र किस्ता वापतको रकम चुक्ता गर्न पाउनेछन् । यो अफर यामाहाको सवैजसो मोडल तथा भेरियन्टका मोटरसाइकल र स्कुटरमा लागु गरिएको छ । डाउनपेमेन्ट वापतको रकम भने मोटरसाइकल तथा स्कुटरको मोडल र भेरियन्ट अनुसार ४० र ६० प्रतिशत निर्धारण गरिएको छ । साथै उसले बाइक खरिद गर्ने ३ जना भाग्यशाली विजेतालाई ‘चाङ अन्तराष्ट्रिय सर्किट, थाइल्याण्ड’मा हुन गइरहेको मोटो जिपी, २०२२ प्रत्यक्ष हेर्न लैजाने जनाएको छ ।

टिभिएसले २० प्रतिशत डाउनपेमेन्टमै मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने स्किम ल्याएको छ । यो स्कीमअन्तर्गत ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट गरेपछि वाँकी हुन आउने ८० प्रतिशत रकमलाई १२, १८ र ३० महिनाको किस्तामा भुक्तानी गर्न सकिनेछ । यो योजनामा मोटरसाइकलतर्फ सबैभन्दा कम मासिक किस्ता ४ हजार २७७ देखि सुरू हुनेछ भने स्कुटरतर्फ ३ हजार रुपैयाँदेखि नै सुरू हुने वताइएको छ ।

यसैगरी हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले फाइनान्स सुविधामा ९ प्रतिशत व्याजदरको स्किम ल्याएको छ । कम्पनी ल्याएको यो फाइनान्स स्कीममा ग्राहकले ४० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल खरिद गर्दा वाँकी हुन आउने ६० प्रतिशत रकमलाई किस्तावन्दिमा भुक्तानी गर्दा शुरुमा १३ प्रतिशत व्याज लाग्नेछ । ग्राहकले कम्पनीले तोकेको समयमा नै मासिक किस्ता बुझाएर ४ प्रतिशत ब्याज रकम फिर्ता पाउन सक्नेछन ।

सम्बन्धित समाचारहरू

१० मोडलमा अपाचे सिरिज र ६ मोडलमा एनटर्क : यी हुन् टीभीएसका विभिन्न मोडल र मूल्य (सूची सहित)

१० मोडलमा अपाचे सिरिज र ६ मोडलमा एनटर्क : यी हुन् टीभीएसका विभिन्न मोडल र मूल्य (सूची सहित)

काठमाडौं – नेपाली बजारमा टीभीएसका विभिन्न मोडलका मोटरसाइकल र स्कुटर...

टीभीएसद्वारा धनगढी क्षेत्रमा ४० जना राइडरका साथमा एओजी राइडको आयोजना

टीभीएसद्वारा धनगढी क्षेत्रमा ४० जना राइडरका साथमा एओजी राइडको आयोजना

काठमाडौं – दूई पांग्रे सवारी साधन कम्पनी टीभीएसले धनगढी क्षेत्रमा आफ्ना...

नेपालमा बिक्री सुरु हुन नसकेको टीभीएस रोनिन अव स्पेसल एडिसनमा पनि

नेपालमा बिक्री सुरु हुन नसकेको टीभीएस रोनिन अव स्पेसल एडिसनमा पनि

टीभीएसले आफ्नो मोर्डन रेट्रो मोटरसाइकल रोनिनको स्पेसल एडिसन लन्च गरेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...