स्कोर्पियो-एनमा आधारित नयाँ पिकअप ट्रक ल्याउँदै महिन्द्रा

महिन्द्राले आफ्नो लोकप्रिय एसयूभी स्कोर्पियो एनको फेसलिफ्टसँगै नयाँ पिकअप ट्रक ल्याउने तयारी गरिरहेको छ। स्कोर्पियो एनमा आधारित सो पिकअप ट्रकलाई महिन्द्रा स्कोर्पियो पिकअप नाम दिइने अपेक्षा गरिएको छ ।

पिकअप ट्रकलाई सामान ढुवानीका लागि प्रयोग हुने सवारी साधनका रूपमा हेरिँदै आएको भए पनि महिन्द्राले यसलाई जीवनशैली सवारी साधनको रूपमा विकास गरिरहेको देखिन्छ। नयाँ स्कोर्पियो पिकअप बलियो बनावटका साथसाथै विलासी सुविधाहरूले पनि सुसज्जित हुनेछ।

यसमा १०.२५ इन्चको ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र ड्युअल जोन क्लाइमेट कन्ट्रोल जस्ता प्रिमियम फिचर समावेश हुनेछ । साथै १८ इन्चका स्टाइलिश ड्युअल टोन अलोय ह्विल र फ्रन्ट सिटमा भेन्टिलेसन सुविधा पनि उपलब्ध हुने अपेक्षा गरिएको छ।

महिन्द्राले यसलाई २ फरक भेरिएन्टमा ल्याउन सक्ने अनुमान गरिएको छ। एउटा सिंगल क्याब भेरिएन्ट हुनेछ, जसमा २ जनाका लागि मात्र सिट हुनेछ, भने अर्को डबल क्याब भेरिएन्टमा ४ देखि ५ जनासम्म बस्न मिल्ने एसयूभी जस्तो क्याबिन र फराकिलो पछाडिको कार्गो ट्रे उपलब्ध हुनेछ।

स्कोर्पियो पिकअपमा स्कोर्पियो एनमा प्रयोग भइरहेका पेट्रोल र डिजेल इन्जिनहरू नै उपलब्ध गराइने अपेक्षा गरिएको छ । यसको २.० लिटर टर्बो पेट्रोल इन्जिनले करिब २०० हर्सपावर उत्पादन गर्नेछ र यसलाई ६ स्पिड म्यानुअल तथा अटोमेटिक ट्रान्समिसन दुवै विकल्पमा प्रस्ताव गरिनेछ। त्यस्तै, २.२ लिटर डिजेल इन्जिन २ फरक पावर ट्युनमा उपलब्ध हुनेछ, जसले १३० एचपी र १७२ एचपी पावर प्रदान गर्नेछ। सो इन्जिनले ४०० एनएमसम्मको टर्क उत्पादन गर्नेछ । यसमा पनि ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसन विकल्प हुनेछ ।

महिन्द्राले स्कोर्पियो पिकअपलाई यस वर्षको अन्त्यसम्ममा लन्च गर्ने अपेक्षा गरिएको छ । कम्पनीले सो  पिकअप ट्रक मुख्य रूपमा अष्ट्रेलिया र दक्षिण अफ्रिका जस्ता बजारमा केन्द्रित गर्ने योजना बनाएको छ ।

सम्बन्धित समाचारहरू

नेटवर्क विस्तारमा एग्रेसिभ बन्दै जावा, दशै अगाडि थप ३ स्थानमा विस्तार गरिने

नेटवर्क विस्तारमा एग्रेसिभ बन्दै जावा, दशै अगाडि थप ३ स्थानमा विस्तार गरिने

जावा मोटरसाइकलको आधिकारिक वितरक अग्नि मोटो ईंक नेटवर्क विस्तारमा...

दशैंमा बिक्री गर्न महिन्द्रासंग छैन स्कर्पियो, एक्सयुभी ३०० र ५००

दशैंमा बिक्री गर्न महिन्द्रासंग छैन स्कर्पियो, एक्सयुभी ३०० र ५००

नेपाली बजारमा महिन्द्रा गाडीको अभाव देखिएको छ । सेमी कन्डक्टर अभावका कारण...

नयाँ डिजाइन, स्मार्ट फिचर र बढी आरामसहित थार फेसलिफ्ट सार्बजनिक

नयाँ डिजाइन, स्मार्ट फिचर र बढी आरामसहित थार फेसलिफ्ट सार्बजनिक

महिन्द्राले आफ्नो लोकप्रिय अफ–रोडर थार २०२५ लाई भारतीय बजारमा लन्च गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...