मोटरसाइकल र स्कुटर किन्दा ब्याज नलाग्ने टीभीएसको नयाँ वर्ष अफर

काठमाडौं–टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष अफर ल्याएको छ । सो अफर अन्तर्गत ग्राहकले टीभीएसको जुनसुकै मोटरसाइक तथा स्कुटर खरिद गर्दा नगद छुट, हेल्मेट उपहार, शून्य प्रतिशत व्याजदरको सुविधा र एक्सचेन्जमा अतिरिक्त मूल्यांकन पाउनेछन् ।

मोटरसाइकलमा ८ हजार र स्कुटरमा ७ हजार रुपैयाँ नगद छुटको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । यसैगरी अपाचे सीरीजमा ५ हजार रुपैयाँ मूल्य पर्ने हेल्मेट ग्राहकले निशुल्क पाउनेछन् । फाइनान्स सुविधामा वाइक खरिद गर्न चाहने ग्राहकले शून्य प्रतिशत व्याजदरको सुविधा पाउनेछन् ।

ग्राहकले आफूसंग भएको जुनसुकै परानो मोटरसाइकल तथा स्कुटरसंग टीभीएसको नयाँ मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्दा बजार मूल्यांकनमा अतिरिक्त १० हजार रुपैयाँ थप हुने कम्पनीको भनाई छ । यो अफर देशभर रहेका टीभीएस सोरुममा लागु हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...