नेपालमा बिक्री सुरु हुन नसकेको टीभीएस रोनिन अव स्पेसल एडिसनमा पनि

टीभीएसले आफ्नो मोर्डन रेट्रो मोटरसाइकल रोनिनको स्पेसल एडिसन लन्च गरेको छ । फेस्टिभ सीजनलाई लक्षित गरी भारतमा लन्च भएको सो मोटरसाइकलमा कम्पनीले केही फिचरलाई अपग्रेड गरेर नयाँ कलर थिममा ल्याएको हो । रोनिन स्पेसल एडिसन निम्वस ग्रे कलर स्किममा आएको हो ।

भारतीय बजारमा सो नयाँ एडिसनको मूल्य १ लाख ७३ हजार भारु निर्धारण गरिएको छ । जुन टप–स्पेक टीडी भेरिएन्टको तुलनमा ४ हजार भारुले महंगो हो । सो नयाँ एडिसनलाई आकर्षक देखाउन टिभिएसले यसको बडी पार्टमा तीनवटा कलर सहितको पेन्ट थिम दिएको छ ।

यसको ह्विल रिममा रोनिन ब्रान्डिङ गरिएको छ भने तल्लो भागदेखी हेडल्याम्प बेजलसम्म ब्ल्याक कलर थिम दिइएको छ । साथै यसमा यूएसबी चार्जर, भाइज र फरक तवरबाट डिजाइन गरिएको ईएफआई कभर लगायत एसेसोरिज थप गरिएको छ ।

सो नयाँ एडिसनको मेकानिकल र स्पेसिफिकेसन रेगुलर रोनिनबाटै लिइएको छ । जसमा २२५.९ सिसीको सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन दिइएको छ । जसको पावर २०.१२ बिएचपी र टर्क १९.९३ एनएम रहेको छ ।

रोनिनलाई नेपालमा केही समयअघि सम्पन्न नाडा अटो शोमा आधिकारिक वितरक जगदम्बा मोटर्सले सोकेस गरेको थियो । भारतमा यसको स्पेसल एडिसन आइसक्दा पनि नेपालमा भने यसको बिक्री हालसम्म पनि प्रारम्भ हुन सकिरहेको छैन ।

सम्बन्धित समाचारहरू

१ लाख १९ हजार भारुमा आयो एनटर्क १५०, यस्तो छ विशेषता

१ लाख १९ हजार भारुमा आयो एनटर्क १५०, यस्तो छ विशेषता

टीभीएसले आफ्नो नयाँ स्कुटर एनटर्क १५० लन्च गरेको छ । दुई भेरिएन्टमा उपलब्ध...

टीभीएस एनटर्क १२५ रेस एडिसन अब नयाँ मरिन ब्लु कलरमा उपलब्ध

टीभीएस एनटर्क १२५ रेस एडिसन अब नयाँ मरिन ब्लु कलरमा उपलब्ध

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस...

टीभीएस जुपिटर १२५ को नयाँ संस्करण चाँडै बजारमा, अन्तिम तयारीमा कम्पनी

टीभीएस जुपिटर १२५ को नयाँ संस्करण चाँडै बजारमा, अन्तिम तयारीमा कम्पनी

टीभीएस मोटर्सले आफ्नो लोकप्रिय स्कुटर जुपिटर १२५ को नयाँ संस्करण चाँडै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...