नयाँ इन्जिन र प्रिमियम सुविधासहित टीभीएसले एडभेन्चर बाइक आरटीएक्स ३०० चाँडै लन्च गर्ने

टीभीएस कम्पनीले चाँडै नै आफ्नो नयाँ एडभेन्चर टुरर बाइक टीभीएस आरटीएक्स३०० लन्च गर्न सक्ने संकेत दिएको छ। सो बाइक कम्पनीको पहिलो आरटी एक्सडी४ इन्जिनयुक्त मोडल हुनेछ, जसले टीभीएसको प्रविधिमा एक नयाँ युग सुरु गर्ने अपेक्षा गरिएको छ।

टीभीएस आरटीएक्स ३०० मा २९९ सीसी क्षमताको आरटी एक्सडी४ इन्जिन प्रयोग गरिएको छ, जसमा लिक्विड-कुल्ड र एयर/आयल-कुल्ड दुवै प्रकारको कुलिङ सिस्टम रहनेछ। सो इन्जिनले ३५ बीएचपी पावर र २८.५ एनएम टर्क उत्पन्न गर्नेछ, जसलाई ६ स्पिड गियरबक्ससँग जोडिएको छ ।

सो बाइकमा लामो दूरीको यात्रा र साहसिक यात्रालाई ध्यानमा राखेर तयार पारिएको हो। यसमा राइड-बाइ-वायर थ्रोटल, राइडिङ मोड, ट्र्याक्सन कन्ट्रोल, क्विकशिफ्टर र टीएफटी डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल जस्ता प्रिमियम सुविधाहरू समावेश गरिने अनुमान गरिएको छ।

डिजाइन र च्यासिसमा, आरटीएक्स ३०० ट्रेलिस फ्रेममा आधारित छ, जसमा बोल्ट-अन रियर सबफ्रेम समावेश गरिएको छ। सस्पेन्सनको लागि अगाडि यूएसडी फोर्क र पछाडि मोनोशक राखिएको छ। आरामदायी सवारीको लागि यसमा फ्रन्टमा १९ इन्च र रियरमा १७ इन्च अलोय ह्विल दिइनेछ ।

सो बाइकले बजारमा पहिले नै उपलब्ध केटीएम २५० एडभेन्चर र रोयल इन्फिल्ड हिमालयन ४५० बीचको स्थान ओगट्नेछ। सो बाइक केटीएमभन्दा महँगो तर हिमालयन ४५० भन्दा सस्तो हुनेछ ।

सम्बन्धित समाचारहरू

टीभीएस एन्टर्क ओनर्स ग्रुप राइडको दोस्रो च्याप्टर सम्पन्न

टीभीएस एन्टर्क ओनर्स ग्रुप राइडको दोस्रो च्याप्टर सम्पन्न

काठमाडौं – टीभीएस मोटर कम्पनीको लागि नेपालको आधिकारिक वितरक जगदम्बा...

‘फ्लेक्स फ्यूल’ प्रबिधीमा आयो टीभीएस रेडर

‘फ्लेक्स फ्यूल’ प्रबिधीमा आयो टीभीएस रेडर

टीभीएसको १२५ सिसी मोटरसाइकल रेडर ‘फ्लेक्स फ्यूल’ टेक्नोलोजिमा आएको छ ।...

नेपालमा टीभीएस एनटर्क १ लाख ५० हजार युनिट बिक्री

नेपालमा टीभीएस एनटर्क १ लाख ५० हजार युनिट बिक्री

काठमाडौं–नेपालमा टीभीएस एनटर्क–१२५ १ लाख ५० हजार युनिट बिक्री भएको छ । सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...