बीवाईडीको सानो विद्युतीय कार ‘राको’ जापानबाहिर पनि बिक्री हुने, नेपालमा आउने सम्भावना कति ?
चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडीले जापानी बजारलाई...
काठमाडौं - नेपालमा म्याक्सस ब्रान्डको आधिकारिक वितरक हिमालय मोट्रक्सले दसैंलाई लक्षित गर्दै ‘दसैंको उमंग, म्याक्सससँग’ नामक विशेष योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत म्याक्सस ई–टेरोन इलेक्ट्रिक पिकअप खरिद गर्ने ग्राहकले १ वर्षसम्म निःशुल्क चार्जिङ सुविधा पाउनेछन्। साथै, २० प्रतिशत डाउनपेमेन्टसहितको फाइनान्सिङ सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
हिमालय मोटोक्सका अनुसार योजनाको अवधिमा म्याक्सस ई–टेरोन खरिद गर्ने ग्राहकले एक वर्षसम्मको चार्जिङ खर्च कम्पनीले व्यहोर्नेछ। यसले विद्युतीय पिकअपको सञ्चालन खर्च घटाउन सहयोग पुग्ने कम्पनीको दाबी छ।
त्यस्तै, ग्राहकले २० प्रतिशत डाउनपेमेन्टमा म्याक्सस ई–टेरोन खरिद गर्न सक्नेछन्। कम्पनीले अधिकतम ७ वर्षसम्मको ईएमआई सुविधा उपलब्ध गराएको जनाएको छ। यो फाइनान्सिङ सुविधा काठमाडौंको हात्तीसारस्थित म्याक्ससको शोरुमबाट प्राप्त गर्न सकिनेछ।
म्याक्सस ई–टेरोनलाई नेपालमा इलेक्ट्रिक पिकअप सेग्मेन्टमा प्रिमियम तथा अफरोड क्षमतासहितको मोडलका रूपमा प्रस्तुत गरिएको छ। फोरह्विल ड्राइभ प्रणाली रहेको यस पिकअपले विभिन्न सडक तथा भूभागमा ट्र्याक्सन, स्थिरता र ह्यान्डलिङ प्रदान गर्ने कम्पनीको दाबी छ।
ई–टेरोनमा १०२.२ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ। कम्पनीका अनुसार यसले एकपटकको चार्जमा अधिकतम ५६० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। लामो दूरीको यात्रा तथा दैनिक प्रयोगमा रेन्जको चिन्ता कम गर्ने उद्देश्यले यस्तो ब्याट्री प्याक प्रयोग गरिएको कम्पनीको भनाइ छ।
पिकअपमा ७०० एनएमको अधिकतम टर्क उपलब्ध छ। यसले उकालो तथा कठिन सडकमा आवश्यक पावर प्रदान गर्ने कम्पनीले जनाएको छ। ई–टेरोनमा फोरह्विल ड्राइभ प्रणाली रहेकाले नेपालका विभिन्न भूभागमा यसको उपयोगिता बढ्ने कम्पनीको दाबी छ।
ब्याट्रीको सुरक्षाका लागि म्याक्ससले विभिन्न सुरक्षा प्रविधि प्रयोग गरेको जनाएको छ। कम्पनीले ई–टेरोनको ब्याट्रीमा ८ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराएको छ। मोटरमा भने ५ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी रहेको कम्पनीले जनाएको छ।
दसैं योजनाअन्तर्गत ग्राहकले गाडी खरिद गर्दा एक वर्षको अटो प्लस बिमा तथा एक आर्थिक वर्षको सडक दस्तुरसमेत गाडी खरिद मूल्यमा नै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
हिमालय मोट्रक्सका शोरुम म्यानेजर सुजन श्रेष्ठले दसैंको अवसरमा ग्राहकलाई नयाँ सुरुवातसँगै विशेष स्वामित्व अनुभव प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको बताए। उनका अनुसार म्याक्सस ई–टेरोनमार्फत ग्राहकलाई एक वर्षको निःशुल्क चार्जिङ तथा सहज फाइनान्सिङसहितको सुविधा उपलब्ध गराइएको छ।
कम्पनीले सम्भावित ग्राहकलाई म्याक्सस ई–टेरोनका सुविधा तथा एसयूभी स्तरको आराम प्रत्यक्ष अनुभव गर्न आधिकारिक शोरुम भ्रमण गर्न आग्रह गरेको छ। योजनाका विस्तृत नियम तथा सर्तहरू म्याक्ससका आधिकारिक आउटलेटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...