१४ हजार भारुले सस्तो भयो टिभिएस रोनिन, नयाँ कलर अप्सन थप
टिभिएसले आफ्नो प्रिमियम मोटरसाइकल रोनिनको मूल्य १४ हजार भारु कम गरेको छ ।...
भारत मोबिलिटी एक्सपो–२०२५ मा टीभीएसले दुई नयाँ बाइकको कन्सेप्ट सार्बजनिक गरेको छ । कम्पनीले पहिलोपटक सुपरमोटो सेग्मेन्टको आरटिएस–एक्स र भिजन आईक्यूव कन्सेप्ट सार्बजनिक गरेको हो ।
आरटिएस एक्समा प्रयोग गरिएको मेनफ्रेम अपाचे आरटिआर ३१० जस्तै देखिन्छ भने सबफ्रेम पूर्णतया नयाँ छ । यस कन्सेप्ट बाइकमा लामो सिंगल–पीस सिट राखिएको छ । वडी वर्कको कुरा गर्नुपर्दा यस मोटरसाइकलमा मस्कुलर फ्युल ट्यांक, फ्ल्याट एलईडी हेडलाइट, आंशिक फ्रन्ट फोर्क कभर र नकल गार्ड समाबेश गरिएको छ ।
यसको तौल १४४ किलोग्राम छ र २.८ सेकेन्डमा ६० किमी/घन्टा र ६.३ सेकेन्डमा १०० किमी÷घण्टामा स्प्रिन्ट गर्न सक्छ । साथै, यस कन्सेप्ट बाइकमा २९९ सिसी को इन्जिन जडान गरिएको छ ।
टीभीएस मोटर्सले सार्बजनिक गरेको अर्को नयाँ बिद्युतिय स्कुटर भिजन आईक्युव कन्सेप्ट हाल उपलब्ध मोडलको तुलनमा निकै ठूलो छ । यस स्कूटरमा इन्स्ट्रुमेन्ट क्लस्टरको सट्टामा हेड अप डिस्प्ले राखिएको छ ।
डायमण्ड आकारको एलईडी हेडलाइट, सिंगल–पीस सिट, मस्कुलर साइड बडी प्यानल, इन्भर्टेड ’यू’ आकारको एलईडी टेल लाइटसहित विस्तारित टेल सेक्शन, दुवै छेउमा ठूलो डिस्क ब्रेक र फ्याट टायरहरू यस स्कुटरका प्रमुख विशेषताहरु हुन् ।
टिभिएसले आफ्नो प्रिमियम मोटरसाइकल रोनिनको मूल्य १४ हजार भारु कम गरेको छ ।...
टीभीएसले एनटर्क स्कुटरको नयाँ संस्करण एक्सटी भारतीय बजारमा लन्च गरेको छ ।...
काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ग्राहक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...