टीभीएस रोनिनको २०२५ संस्करण सार्बजनिक, यस्तो छ विशेषता

टीभीएसले रोनिनको २०२५ संस्करण सार्वजनिक गरेको छ । अपडेट गरिएको रोनिनलाई कम्पनीले गत वर्ष मोटोसोलमा प्रदर्शन गरेको थियो । नयाँ संस्करणको मूल्य १ लाख ३५ हजार भारु तोकिएको छ ।

रोनिनको २०२५ संस्करण ग्लेशियर सिल्भर र चारकोल एम्बरका दुई नयाँ शेडसहित तीनवटा कलर अप्नसमा आएको हो । यस बाइकको मिड भेरियन्टदेखि नै डुअल–च्यानल एबीएस राखिएको छ ।

गोलाकार एलईडी हेडल्याम्प र एकीकृत टी आकारको एलईडी डेटाइम रनिङ लाइट रहेको सो नियो–रेट्रो मोटरसाइकलमा टियरड्रप आकारको इन्धन ट्याङ्की, सिंगल–पीस सिट, डुअल टोन एलोय ह्वील, ब्ल्याक आउट इन्जिन तथा एक्जस्ट र डिजिटल मोनो–पड इन्स्ट्रुमेन्ट कन्सोल रहेको छ ।

रोनिन २२५.९सिसी, सिंगल सिलिन्डर इन्जिन जडित प्रिमियम मोटरसाइकल हो । यसले २० बिएचपी पावर र २० एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई स्लिपर र असिस्ट क्लच मार्फत ५–स्पीड गियरबक्समा जोडिएको छ ।

रोनिनमा अपसाइड–डाउन फ्रन्ट फोर्क र पछाडि मोनो–शक लगाइएको छ । दुबै चक्कामा डिस्क ब्रेक राखिएको यस मोटरसाइकलको वेस भेरिएन्टमा भने सिंगल च्यानल एबीएस उपलब्ध छ ।

रोनिन नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको मोटरसाइकल हो । नेपाली बजारमा यसको मूल्य ४ लाख ६० हजार रुपैयाँ पर्छ ।

सम्बन्धित समाचारहरू

टीभीएस जुपिटर फेरि नेपालमा बिक्री शुरु हुँदै, १५ फर्स्ट–इन–क्लास र १४ बेस्ट–इन–क्लास फिचर हुने

टीभीएस जुपिटर फेरि नेपालमा बिक्री शुरु हुँदै, १५ फर्स्ट–इन–क्लास र १४ बेस्ट–इन–क्लास फिचर हुने

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस...

होन्डा र बजाजले बढाए मूल्य : अब पालो टीभीएस र यामाहाको

होन्डा र बजाजले बढाए मूल्य : अब पालो टीभीएस र यामाहाको

काठमाडौं – निषेधाज्ञा खुले पश्चात नेपाली बजारमा होन्डा र बजाज बाइकको...

टिभिएस, होन्डा र हिरोले मूल्य बढाए संगै नयाँ बर्षमा महंगो भए यी बाइक

टिभिएस, होन्डा र हिरोले मूल्य बढाए संगै नयाँ बर्षमा महंगो भए यी बाइक

नेपाली बजारमा सर्बाधिक बिक्री हुनेमध्येको तीनवटा बाइक टिभिएस, होन्डा र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...