भोली प्रोटोन एक्स ५० को औपचारिक लन्च हुने
प्रोटोन गाडीको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रालिले भोली...
टीभीएसले रोनिनको २०२५ संस्करण सार्वजनिक गरेको छ । अपडेट गरिएको मोडलले मिड–स्पेक भेरियन्टबाटै डुअल–च्यानल एबीएस प्राप्त गर्ने जनाइएको छ ।
भारतको गोवामा सम्पन्न टीभीएस मोटोसोलमा सो नयाँ बाइक सार्वजनिक गरिएको हो । बाइकमा नयाँ कलर अप्सनका साथै नयाँ सेफ्टी फिचर समावेश गरिएको छ । सो बाइक सन् २०२५ जनवरीमा बजारमा उपलब्ध हुनेछ ।
नियो–रेट्रो डिजाइन रहेको रोनिन सन् २०२२ मा पहिलोपटक लन्च गरिएको थियो । । २०२५ संस्करण दुई नयाँ रंग ग्लेशियर सिल्भर र चारकोल एम्बरमा उपलब्ध हुने कम्पनी भनाई छ यसअघि उपलब्ध डेल्टा ब्लू र स्टारगेज ब्ल्याक शेडलाई भने बन्द गरिएको छ ।
सो नयाँ संस्करणमा २२५.९ सिसी क्षमताको सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । सो नयाँ इन्जिनले २० बिएचपी पावर र २० एनएम नै टर्क जनेरेट गर्दछ भने यसलाई ५ स्पीड गियर बक्समा जोडिएको छ ।
रोनिनमा अपसाइड–डाउन फ्रन्ट फोर्क र रियरमा मोनो–शक सस्पेन्सन लगाइएको छ । सुरक्षाका लागि यसको दुबै चक्कामा डिस्क ब्रेक र डुअल च्यानल एबिएस राखिएको छ ।
२०२५ संस्करणसंगै टीभीएसले रोनिनको मूल्य १५ हजार भारुले घटाएको छ । बाइकको मूल्य अब १ लाख ३५ हजार भारुबाट सुरु हुने जनाइएको छ ।
रोनिन नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको मोटरसाइकल हो । नेपाली बजारमा यसको मुल्य ४ लाख ६० हजार निर्धारण गरिएको छ ।
प्रोटोन गाडीको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रालिले भोली...
टीभीएस मोटर कम्पनीले नयाँ १२५ सीसी स्कुटर यही हप्ता अक्टोबर ७ मा भारतीय...
टीभीएस मोटर कम्पनीले भारतमा बिहीबार बहुप्रतीक्षित स्कुटर टीभीएस जुपिटर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...