ललितपुरका २५ स्थानमा टीभीएस रेडरको टेस्ट राइड चल्दै

काठमाडौं – ललितपुरका विभिन्न २५ स्थानमा टीभीएस रेडर मोटरसाइकलको टेस्ट राइड अभियान सञ्चालन भइरहेको छ । टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सको डिलर युनिराइड अटो र रेस अटोको संयोजनमा सो कार्यक्रम सञ्चालन गरिएको हो ।

ग्राहकहरुको रुचि अनुसार यस प्रकारको टेस्ट राइड कार्यक्रमको आयोजना गरिएको युनिराइड अटोका सञ्चालक निर्मल सिग्देलले बताए । काठमाडौं उपत्यकाका विभिन्न ३ सय स्थानमा यो कार्यक्रम एक वर्ष सम्म चल्ने र यस अन्तर्गत युनि राइड तथा रेस अटोको आयोजनामा ललितपुरमा हाल यो कार्यक्रम ३० दिन सम्म चल्ने बताइएको छ ।

ललितपुरको भैसेपाटी, छम्पी, सातदोबाटो, बज्रवाराही, चापागाउँ, गोदावरी, ठैब, जावलाखेल, पुल्चोक, कुमारीपाटी, धोवीघाट, एकान्तकुना, थसिखेल, नखिपोट लगायतका स्थानमा टेस्ट राइड आयोजना गरिएको हो ।

टीभीएस रेडरमा १२४.८ सीसी एयर तथा आयलकुल्ड अत्याधुनिक थ्रीभी इन्जिनको प्रयोग गरिएको छ । यसले ६,५०० आरपीएममा ११.५ एनएम टर्क र ८००० आरपीएममा १२.९ पीएस अधिकतम शक्ति उत्सर्जन गर्ने क्षमता राख्छ । यो मोटरसाइकलले श्रेणीमै उत्कृष्ट ० देखि ६० किलोमिटर प्रति घण्टाको एक्सिलिरेसन मात्र ५.७ सेकेण्डमा प्राप्त गर्ने क्षमता राख्छ । कम्पनीले यसमा ग्यास चार्ज्ड फाइभ स्टेप एड्जस्टेबल मोनोशक सस्पेन्सन, लो फ्रिक्सन फ्रन्ट सस्पेन्सन र स्प्लिट सिट, ५ स्पिड गियरबक्स र १७ इन्च फराकिलो अलोय ह्विलको प्रयोग गरिएको छ ।

सार्वजनिक नयाँ स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आई–टच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प र यो श्रेणीमै पहिलो पटक अन्डर सिट स्टोरेज सुविधा पनि उपलब्ध गराइएको छ ।

यसमा जडित अत्याधुनिक हाई टेक ग्याजेट, रिभर्स एलसीडी डिजिटल स्पिडोमिटरले सटिक र स्पष्ट जानकारी प्रस्तुत गर्छ । यसका स्विट्च क्लस्टर, फुटपेग्स लगायत मेकानिकल बिवरणहरु प्रयोगात्मक सहजता र सुविधालाई विशेष ध्यानमा राखि डिजाइन गरिएका छन् ।

टीभीएस मोटर्सको परफरमेन्स मोटरसाइकल डीएनएमा आधारित लामो ह्विलबेसमा लो सिट हाइट सन्तुलन, परफेक्ट एर्गोनोमिक्स त्रिकोण र मोनो शकले सटिक ह्याण्डलिंग र आरामदायी यात्रा अनुभव प्रदान गर्छ । अद्वितीय राइड अनुभव प्रदान गर्ने उद्देश्यका साथ यसमा श्रेणीमै पहिलो पटक सामान, हेल्मेट रिमाइन्डर र यूएसबी चार्जर लगायतका लागि अन्डर सिट स्टोरेज पनि उपलब्ध गरिएको छ ।

यसको मूल्य २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

एनओजीको बुटवल दोस्रो च्याप्टर राइड सम्पन्र,४० जना राइडरकाे सहभागिता

एनओजीको बुटवल दोस्रो च्याप्टर राइड सम्पन्र,४० जना राइडरकाे सहभागिता

काठमाडौँ – जगदम्बा मोटर्सले बुटवलमा दोस्रो पटक एनओजी (एन्टर्क ओनर्स...

यसरी सम्पन्न भयो टीभीएसको मार्क्यु : नेपालकै पहिलो अन्तर्राष्ट्रिय बाइक राइड

यसरी सम्पन्न भयो टीभीएसको मार्क्यु : नेपालकै पहिलो अन्तर्राष्ट्रिय बाइक राइड

नेपालमा सर्वाधिक बिक्री हुने बाइकहरुको अग्रपङ्क्तिमा टीभीएस  पनि पर्दछ...

टीभीएस अपाचे आरटीआर २०० ४भी लन्च

टीभीएस अपाचे आरटीआर २०० ४भी लन्च

टीभीएस मोटरले आफ्नो लोकप्रिय पर्फर्मेन्स बाइक सिरिज अपाचेको २० औं...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...