सातै प्रदेशमा सप्तरङ–३ सांगीतिक कार्यक्रम हुने, टीभीएस रेडर मुख्य प्रायोजक

काठमाडौं – सातै प्रदेशमा ‘टीभीएस रेडर सप्तरङ–३’ हुने भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोडकास्टिङले ‘टीभीएस रेडर सप्तरङ–३’ हुने जानकारी गराएको थियो ।

गृष्मा ब्रोडकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरङ’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने छ । सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाइलाई जनमानसमा कलामार्फत प्रष्ट्याउनु नै ‘सप्तरङ’ को मूल आशय भएको बताइएको छ । कला संस्कृतिलाई उजागर गर्दै २४ मङ्सिर देखि काकडभिट्टाबाट सुरु हुने ‘सप्तरङ–३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ ।

काकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ । ‘सप्तरङ–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह तथा हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी एवं मोडेल उषा उप्रेती जस्ता कलाकारहरू सहभागी हुने भएका छन ्।

दोश्रो संस्करणको सफल आबद्धता पश्चात यो पटक फेरि टीभीएस मुख्य प्रायोजकको रुपमा आबद्ध भएको बताएको छ । यो पटक टीभीएसले आफ्नो नयाँ बाइक टीभीएस रेडर साथ लिएर प्रचार अगाडि बढाउने बताएको छ ।

केहि साता अगाडि मात्र नेपाली बजारमा लन्च गरिएको टीभीएस रेडरलाई यसको स्पोर्टी लुक्स, पावर र पिकअपले गर्दा ग्राहकहरुको मन जित्न सफल भएको छ र सातै प्रदेशमा सप्तरङसँग आबद्ध भई टीभीएस रेडर पनि सातै प्रदेशमा भब्य लन्च गरिने टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनाएको छ ।

सम्बन्धित समाचारहरू

स्याङजाको वद्खोलामा टिभिएसको नयाँ शोरुम

स्याङजाको वद्खोलामा टिभिएसको नयाँ शोरुम

टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्वार मोटर्सले स्याङजाको...

टीभीएस अपाचे आरटीआर २०० फोरभी  नेपालमा आयो अब बीएस ६ इन्जिनमा

टीभीएस अपाचे आरटीआर २०० फोरभी नेपालमा आयो अब बीएस ६ इन्जिनमा

टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रालिले आज...

टीभीएस एनटर्क १२५ रेस एडिसन अब नयाँ मरिन ब्लु कलरमा

टीभीएस एनटर्क १२५ रेस एडिसन अब नयाँ मरिन ब्लु कलरमा

टीभीएसले आफ्नो लोकप्रिय स्कुटर एनटर्क १२५ रेस एडिसनलाई नयाँ मरिन ब्लु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...