टीभीएसको दोस्रो एओजी नाइट राइड सम्पन्न
काठमाडौं– टीभीएस मोटर्सको नेपालका लागी आधिकारिक वितरक जगदम्बा मोटर्सले...
बजारमा उपलब्ध भएको दुई वर्षको अवधिमै भारतमा टीभीएस रेडरले बिक्रीका आधारमा कम्पनीका अन्य सबै मोडललाई उछिनेको छ । त्यसैगरी १२५ सीसी मोटरसाइकल सेगमेन्टमा समेत पहिलो पटक टीभीएसले अन्य ब्रान्डलाई पछि पारेको छ । यस अनुसार रेडर टीभीएसको सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल समेत बनेको छ ।
भारतको सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (सियाम) को तथ्यांक अनुसार गत अप्रिल देखि जनवरी सम्म १० महिनाको अवधिमा टीभीएसले ३ लाख ९८ हजार ३५४ युनिट रेडर बिक्री गरेको छ ।
गत वर्षको सोही अवधिको तुलनामा यो १ लाख ७८ हजार ४० युनिट बढी हो । यस अनुसार कम्पनीले महिनामा औसत ४० हजार रेडर बिक्री गरेको छ ।
यति मात्र होइन, १०० र ११० सीसीका सबै टीभीएस मोटरसाइकल भन्दा रेडर नै बढी बिक्री भएको छ । सो सेगमेन्टमा टीभीएसले २ लाख ९५ हजार ४८२ युनिट मोटरसाइकल बिक्री गरेको छ । यसमा टीभीएसका स्टार सिटी, रेडिअन र स्पोर्ट जस्ता मोटरसाइकल छन् ।
त्यसैगरी बिक्रीका लागि आधारमा यो अपाचे भन्दा पनि अब्बल बनेको छ । गत आर्थिक वर्षमा टीभीएसले २ लाख ८१ हजार ४७६ अपाचे बिक्री गरेको यो आर्थिक वर्षमा ३ लाख १४ हजार १८ युनिट अपाचे बिक्री गरेको छ ।
नेपाली बजारमा पनि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस रेडर बिक्री–वितरण गरिरहेको छ । यद्यपि मन्दीको कारण मोटरसाइकलको व्यापार राम्रो नभएको प्रतिक्रिया टीभीएसका साथै अन्य सबै ब्रान्डले दिइरहेको पाइन्छ ।
काठमाडौं– टीभीएस मोटर्सको नेपालका लागी आधिकारिक वितरक जगदम्बा मोटर्सले...
काठमाडौं – मलेसियन कार निर्माता कम्पनी प्रोटोनको कम्प्याक्ट एसयूभी...
नेपाली बजारमा समेत धेरै बिक्री हुने मोटरसाइकल मध्ये टीभीएसको ‘अपाचे’ मोडल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...