नेपाली सडकमा देखियो मलेसियन कम्पनी प्रोटोनको एक्स५० कम्प्याक्ट एसयूभी

काठमाडौं – मलेसियन कार निर्माता कम्पनी प्रोटोनको कम्प्याक्ट एसयूभी एक्स५० काठमाडौंको सडकमा देखिएको छ । प्रोटोनको यो स्टाइलिस एसयूभीले नेपाली प्रिमियम कम्प्याक्ट सेगमेन्टको बजारमा एउटा नयाँ पहिचान कायम गर्ने विश्वास गरिएको छ ।

नेपालमा जगदम्बा मोटर्सले प्रोटोनका गाडीहरु बिक्री–वितरण गरिरहेको छ । जगदम्बा मोटर्सले औपचारिक रुपमा यो गाडी भित्र्याएको जानकारी सार्वजनिक गरेको छैन । यद्यपि स्रोतहरूका अनुसार प्रोटोन एक्स५० ४ संस्करणहरूमा आउँनेछ ।

यसमा १.५ लिटर टर्बोचार्ज्ड थ्री–सिलिन्डर र शीर्ष फ्ल्यागशिप भेरिएन्टमा टीजीडीआई (डायरेक्ट इन्जेक्सन) टर्बोचार्ज्ड थ्री–सिलिन्डर पेट्रोल हुनेछ । टीजीडीआई इन्जिनले १३० पीएस पावर र २५५ एनएम टर्कको संख्या बढाएर १५० पीएस अधिकतम पावर र २२६ एनएम टर्क उत्पादन गर्ने बताइएको छ ।

काठमाडौंको सडकहरूमा देखिएको प्रोटोन एक्स५० मा उन्नत चालक सहायता प्रणाली (एडीएएस० सहित सुविधाहरूको लामो सूची छ, जुन केही प्रिमियम निर्माताहरूमा मात्र देखिन्छ । प्रोटोन एक्स५० एसयूभी निर्माताको वेबसाइट अनुसार, यसमा एयरब्याग, ईबीए र बीएसँगै एबीएस, अटो हेडलाइट र वाइपरहरू, कीलेस इन्ट्री (अगाडि ढोका ह्यान्डलहरूमा सक्रिय टच सेन्सरहरू सहित), पुश– स्टार्ट, ३६० डिग्री क्यामेरा, ८ स्पिकर, ८ इन्च इन्फोटेनमेन्ट स्क्रिन, स्वायत्त आपतकालीन ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, स्मार्ट एयर प्युरिफायर सिस्टमसहितको क्लाइमेट कन्ट्रोल, विद्युतीय रूपमा फोल्ड गर्न मिल्ने सिटहरू जस्ता उत्कृष्ट–इन–क्लास सुविधाहरू समावेश छन् ।

प्रोटोन एक्स५० पनि उपयोगी अटो पार्क सुविधाको साथ आउँदछ । यो एक सेल्फ–पार्किङ प्रणाली हो, जसले ड्राइभरलाई पार्किङ स्थलहरूमा सहज बनाउन मद्दत गर्छ । एक्स५० ले एसियन एनक्यापबाट पूर्ण रुपमा फाइभ स्टार सेफ्टी रेटिङ समेत प्राप्त गरेको छ ।

जगदम्बा मोटर्सले नेपालमा सन् २०२० देखि इन्ट्री लेवलको सेडान प्रोटोन सागा र प्रिमियम एसयूभी प्रोटोन एक्स७० समेत बिक्री गरिरहेको छ । बिक्री र बिक्री पतिको सेवा समेत उत्कृष्ट तरिकाले उपलब्ध गराएको दाबी गर्ने जगदम्बा मोटर्सले अब बजारमा उपलब्ध गराउने एक्स५० ले समेत नेपाली बजारमा राम्रो उपस्थिति जनाउने विश्वास गरेको बताएको छ ।

सम्बन्धित समाचारहरू

प्रोटोन एक्स७० देखियो नेपाली सडकमा, बैशाख १५ मा नेपालमा लन्च हुने

प्रोटोन एक्स७० देखियो नेपाली सडकमा, बैशाख १५ मा नेपालमा लन्च हुने

काठमाडौं – मलेसियन कार ब्रान्ड प्रोटोनको एक्स७० कार नेपाली सडकमा देखिएको...

प्रोटोन एक्स७० नेपालमा सार्वजनिक, यस्ता छन् सबै भेरिएन्टको विशेषता र मूल्य

प्रोटोन एक्स७० नेपालमा सार्वजनिक, यस्ता छन् सबै भेरिएन्टको विशेषता र मूल्य

काठमाडौं – नेपाली बजारमा प्रोटोनको नयाँ गाडी एक्स७० को औपचारिक बिक्री...

टीभीएसले एनटर्कको नयाँ भेरिएन्ट लन्च गर्ने

टीभीएसले एनटर्कको नयाँ भेरिएन्ट लन्च गर्ने

टीभीएसले चाँडै नै आफ्नो लोकप्रिय एनटर्क १२५ स्पोर्टी स्कुटरको नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...