१० लाख युनिट इलेक्ट्रिक स्कुटर बिक्री गरी टीभीएसको ऐतिहासिक सफलता
टीभीएस मोटरले नयाँ इतिहास रचेको छ। कम्पनीले आफ्ना लोकप्रिय विद्युतीय...
टीभीएस मोटर कम्पनीले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्तरको सिप प्रतियोगितामा, जेएमपीएल नेपालको प्रतिनिधित्व गर्दै ३० उत्कृष्ट टेक्निसियनहरूले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा सहभागी ३० जना प्रतिभाशाली टेक्निसियन्सहरु नेपालभरबाट छानिएका उत्कृष्ट टेक्निसियन हुन् । टेक्निसियनहरूले अटोमोटिभ उद्योगमा आफ्नो नेतृत्वलाई थप बलियो बनाउने प्रतिबद्धताको प्रतिनिधित्व गर्दै मोटरसाइकल प्रविधिको क्षेत्रमा आफ्नो सीप र ज्ञानको बेजोड प्रदर्शनी गरेको बताइएको छ ।
सो आयोजनामा सहभागिता जनाइएका शीर्ष ३० टेक्निसियनहरू मध्यबाट पनि उत्कृष्ट ५ को छनोट गरिने र तिनले भारतको बेंगलोरमा टीभीएस मोटर कम्पनीद्वारा आयोजित हुने एसिया स्तरको सीप प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।
विश्वव्यापी स्तरमै दुई पाङग्रे सवारी साधनको क्षेत्रमा अग्रणी कम्पनीका रूपमा परिचित टीभीएस मोटर्सले विभिन्न देशका उत्कृष्ट टेक्निसियनहरूलाई एकै मञ्चमा उभ्याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम ज्ञान आदानप्रदान गर्न, नवीनतम प्राविधिक नवप्रवर्तनहरू उजागर गर्न र मोटरसाइकल उद्योगमा सेवा स्तरलाई नयाँ उचाइमा पुर्याउन लक्षित बताइएको छ ।
प्रतियोगितामा सहभागिताका लागि टीभीएस सवारी साधनहरूको मर्मत तथा सेवा प्रवाहमा अद्वितीय दक्षता देखाएका र उत्कृष्ट प्रदर्शन गर्ने टेक्निसियनहरूको चयन गरिएको छ ।
प्रतियोगितामा जटिल डायग्नोस्टिक र मर्मत चुनौतीहरूको श्रृङ्खलाले टेक्निसियनहरूको समस्या समाधान गर्ने क्षमता, टीभीएस मोटरसाइकलको उन्नत प्रविधिहरूको ज्ञान र ग्राहक सेवा सीपहरूको परीक्षा लिइएको थियो । सहभागीहरूको प्राविधिक दक्षता प्रदर्शन गर्नका लागि कार्यक्रम उपयुक्त माध्यम बनेको छ ।
टीभीएस मोटरले नयाँ इतिहास रचेको छ। कम्पनीले आफ्ना लोकप्रिय विद्युतीय...
टीभीएसको १२५ सिसी मोटरसाइकल रेडर ‘फ्लेक्स फ्यूल’ टेक्नोलोजिमा आएको छ ।...
नेपाली बजारमा समेत धेरै बिक्री हुने मोटरसाइकल मध्ये टीभीएसको ‘अपाचे’ मोडल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...