टीभीएसको तेस्रो नयाँ इलेक्ट्रिक स्कुटर अर्बिटर लन्च

टीभीएसले भारतमा आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर ‘अर्बिटर’ लन्च गरेको छ । यो कम्पनीको आईक्युब र टीभीएस एक्स पछि बजारमा आएको तेस्रो ई-स्कुटर हो । कम्पनीका अनुसार यसले एकपटक फुल चार्ज हुँदा १५८ किलोमिटरसम्मको रेन्ज दिन सक्छ ।

नयाँ अर्बिटरले एथर रिज्टा, बजाज चेतक तथा ओला एसवनएक्स मोडलसँग प्रतिस्पर्धा गर्नेछ । यसमा क्रुज कन्ट्रोल, हिल–होल्ड फंक्शन र रिभर्स पार्किङ असिस्ट जस्ता फिचर उपलब्ध छ । कम्पनीले यस स्कुटरसँग ३ वर्ष वा ५० हजार किलोमिटरको वारेन्टी पनि प्रदान गरेको छ ।

टीभीएसले अर्बिटरलाई दैनिक प्रयोगमा उपयुक्त बनाउने उद्देश्य राखेर डिजाइन गरेको बताइन्छ । यसको बडी आकार बक्सी–शैलीको भए पनि यो एरोडायनामिक तथा आकर्षक देखिन्छ । यसको अगाडिको एप्रोनमा एलईडी डेटाइम रनिङ लाइट राखिएको छ र ह्यान्डलबारमा एलईडी हेडल्याम्प जडान गरिएको छ । पछाडिको टेललाइट समेत कम्प्याक्ट रूपमा राखिएको छ, जसले स्कुटरलाई आधुनिक लुक प्रदान गर्छ ।

सो स्कुटरको सिट ८४५ एमएम लामो छ, २९० एमएम स्ट्रोट फुटबोर्ड र ३४ लिटरको बुट स्पेस रहेको छ ।  साथै यसको ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ ।

अर्बिटरमा २.५ किलोवाट क्षमताको हब माउन्टेड इलेक्ट्रिक मोटर जडान गरिएको छ । कम्पनीका अनुसार यसले ० देखि ४० किलोमिटर प्रतिघण्टा गति लिन ६.८ सेकेन्ड मात्र समय लिन्छ, भने यसको उच्चतम गति ६८ किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा ईको र सिटी गरी दुई मोड रहेको छ । सो स्कुटरमा पावरको लागि आईपी६७ रेटेड ३.१ किलोवाट ब्याट्री प्याक दिइएको छ ।

सम्बन्धित समाचारहरू

चितवनको नारायणघाट देखि गोलाघाट सम्म एनओजी राइड सम्पन्न, टीभीएस राइडर सहभागी

चितवनको नारायणघाट देखि गोलाघाट सम्म एनओजी राइड सम्पन्न, टीभीएस राइडर सहभागी

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

लन्च हुँदै नयाँ स्कुटर, प्रशस्तै फर्स्ट इन क्लास र बेस्ट इन क्लास फिचरयुक्त स्कुटरको मूल्य कति ?

लन्च हुँदै नयाँ स्कुटर, प्रशस्तै फर्स्ट इन क्लास र बेस्ट इन क्लास फिचरयुक्त स्कुटरको मूल्य कति ?

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ...

भारतमा इलेक्ट्रिक टु ह्विलरको बिक्री ६१ प्रतिशतले घट्यो, यस्तो छ कारण

भारतमा इलेक्ट्रिक टु ह्विलरको बिक्री ६१ प्रतिशतले घट्यो, यस्तो छ कारण

टु ह्विलरको सवैभन्दा ठूलो बजार भारतमा इलेक्ट्रिक स्कुटरको बिक्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...