माइलस्टोन : अन्तर्राष्ट्रिय बजारमा बिक्री भयो १ लाख टीभीएस एनटर्क स्कुटर

टीभीएस एनटर्क स्कुटर अन्तर्राष्ट्रिय बजारमा १ लाख युनिट भन्दा बढी बिक्री भएको छ । भारतमा समेत दोस्रो नम्बरको स्कुटर विक्रेता रहेको टीभीएसले विश्वका १९ देशमा बिक्री भइरहेको एनटर्कले हालै सो माइलस्टोन पुरा गरेको जानकारी दिएको छ ।

हाल टीभीएस एनटर्क दक्षिण एसिया, ल्याटिन अमेरिका, मिडल इस्ट र एसियन राष्ट्रमा बिक्री भइरहेको छ । युवापुस्ता लक्ष्यित एनटर्क स्कुटर हाल बजारमा रहेका स्कुटर मध्ये सबैभन्दा स्पोर्टी स्कुटर मानिन्छ । पछिल्लो समयमा स्मार्टफोनसँग ब्लुटुथ र स्मार्ट कनेक्ट फिचरले जोड्न सकिने भएकाले समेत यसको लोकप्रियता बढिरहेको छ ।

नेपालमा समेत टीभीएस एनटर्क सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो । नेपाली बजारमा हाल टीभीएस ड्रम, डिस्क, रेस एडिसन, रेस एडिसन एफआई र सुपर स्क्वाड गरी ५ भेरिएन्टका एनटर्क स्कुटर रहेका छन् । यी स्कुटरको मूल्य क्रमशः २ लाख १५ हजार ९ सय, २ लाख ४० हजार ९ सय, २ लाख ५८ हजार ९ सय, २ लाख ७७ हजार ९ सय र २ लाख ६६ हजार ९ सय रुपैयाँ छ ।

यो स्कुटरमा टीभीएस स्मार्ट कनेक्टको सहायतामा नेभिगेसन, अन्तिम समयमा पार्किङ गरेको स्थान, कल तथा एसएमएस नोटिफिकेसन जस्ता फिचर प्रयोगमा ल्याउन सकिन्छ । यसका अलावा यसमा राइड स्टाटिस्टीक्स, ल्याप टाइमर एशेलेरेसन टाइमर तथा मोड परिवर्तन गर्न सकिने बिशेषता समेत उपलब्ध गराइएको छ । जसका कारण पनि युवा युवतीहरुको ठूलो जमात एनटर्कमा आकर्षित भएका हुन् ।

एनटर्कको अर्को रुचाइएको पक्ष भनेको यसको आवज पनि हो । प्राय स्कुटरको आवज मसिनो रहँदै आएकोमा एनटर्कको भने मोटरसाइकलको जस्तै स्मुथ आवज रहेको छ । जसका कारण पनि यो स्कुटरमा पछिल्लो समय आकर्षण बढिरहेको छ । १२५ सिसी सेग्मेन्टको यो स्कुटरको पावर तथा पर्फमेन्स समेत प्रतिस्पर्धी ब्रान्डका अन्य मोडलको तुलनमा केही बढी छ ।

सम्बन्धित समाचारहरू

एनटर्क १२५ रेस एक्सपिले नेपालमा पायो २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्ड

एनटर्क १२५ रेस एक्सपिले नेपालमा पायो २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्ड

काठमाडौं– टिभिएस एनटर्क रेस एक्सपि २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर...

चाडपर्वलाई लक्षित गर्दै प्रोटोनले ल्यायो ६ लाख दक्षिणा सहितको ‘दशैँ–दक्षिणा’ योजना

चाडपर्वलाई लक्षित गर्दै प्रोटोनले ल्यायो ६ लाख दक्षिणा सहितको ‘दशैँ–दक्षिणा’ योजना

काठमाडौं – चाडपर्वको मौसम नजिकिएसँगै प्रोटोन गाडीको आधिकारिक वितरक...

टीभीएस बाइकमा हुने अपाचे सिरिजको अर्थ के हो ? अनि आरटीएफआई र आरटीआरको ?

टीभीएस बाइकमा हुने अपाचे सिरिजको अर्थ के हो ? अनि आरटीएफआई र आरटीआरको ?

नेपाली बजारमा समेत धेरै बिक्री हुने मोटरसाइकल मध्ये टीभीएसको ‘अपाचे’ मोडल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...