किन रुचाईयो टिभिएस एनटर्क यति धेरै ? यस्तो छ कारण

स्कुटर बजारमा अहिले टिभिएस एनटर्क सर्बाधिक लोकप्रिय मोडल बनिरहेको छ । भारतीय बजारमा धेरै पहिले टिभिएसले स्कुटर लन्च गरेको थियो । त्यो समय टिभिएसले ल्याएको स्कुटी मोडल अहिले स्कुटरको पर्यायाबाची शब्दजस्तै बनेको छ । तत्कालिन समय टिभिएस स्कुटी भारतीय बजारमा सर्बाधिक बिक्री हुने मोडलका रुपमा गनिन्थ्यो । पछि हिरो र होन्डाले नयाँ मोडल सार्बजनिक गरेपछि टिभिएस यो सेग्मेन्टमा ओझेलमा पर्दै गयो । तर फेरी उक्त कम्पनीले नबिनतम फिचर्स र आकर्षक लुक्स भएका स्कुटर लन्च गर्न थालेपछि टिभिएस ब्रान्डको स्कुटर सेग्मेन्टमा पुरानो बिरासत पुन फर्किएको सहजै अनुमान लगाउन सकिन्छ ।

टिभिएसले स्कुटी पेपपछि वेगो र जुपिटर हुँदै हाल एनटर्कसम्म आइपुग्दा स्कुटरमा नयाँ प्रबिधीलाई बढावा दिँदै लगेको प्रष्ट हुन्छ । स्मार्ट र कनेक्टेड फिचर्स उपलव्ध गराइएको एनटर्क पछिल्लो समय नेपाली बजारमा लोकप्रिय बनिरहेको छ । कोरोना महामारीका बाबजुतपनि सन् २०२० मा १८ हजार हाराहारी संख्यामा आयत भएको एनटर्कले बिशेषत युवा युवतीहरुको ध्यान आकृष्ट गरिरहेको छ ।

यो स्कुटरमा टीभीएस स्मार्ट कनेक्टको सहायतामा नेभिगेसन, अन्तिम समयमा पार्किङ गरेको स्थान, कल तथा एसएमएस नोटिफिकेसन जस्ता फिचर प्रयोगमा ल्याउन सकिन्छ । यसका अलावा यसमा राइड स्टाटिस्टीक्स, ल्याप टाइमर एशेलेरेसन टाइमर तथा मोड परिवर्तन गर्न सकिने बिशेषता समेत उपलब्ध गराइएको छ । जसका कारणपनि युवा युवतीहरुको ठूलो जमात एनटर्कमा आकर्षित भएका हुन् ।

एनटर्कको अर्को रुचाइएको पक्ष भनेको यसको आवज पनि हो । प्राय स्कुटरको आवज मसिनो रहँदै आएकोमा एनटर्कको भने मोटरसाइकलको जस्तै स्मुथ आवज रहेको छ । जसका कारण पनि यो स्कुटरमा पछिल्लो समय आकर्षण बढिरहेको छ । १२५ सिसी सेग्मेन्टको यो स्कुटरको पावर तथा पर्फमेन्स समेत प्रतिस्पर्धी ब्रान्डका अन्य मोडलको तुलनमा केही बढी छ ।

फिचर्स र मुल्य
एनटर्कमा ड्युअल कलर टोन दिइएको छ, जसले स्कुटरको लुक्समा निखार ल्याउनुको साथै डिजाइन स्पोर्टी देखिन्छ । यसमा उपलब्ध कतिपय फिचर्स सुन्दा नै अनौठो लाग्ने प्रकारका छन् । अनौठो यस अर्थमा कि स्कुटरमा यसअघि स्मार्ट फिचर्स उपलव्ध गराइएको थिइएन, जुन एनटर्कमा पाइन्छ । रेसिङ डाटा, ल्याप समय, फ्युल लेबल, स्पिडसँगै इन्जिनको तापक्रमको जानकारी स्क्रिनमै हेर्न सकिन्छ ।

स्कुटरमा रहेको ‘लो फ्युल वार्निङ’ इन्डिकेटरले रिजर्बमा आएपछि कति दूरी पार गरेको छ भन्ने देखाउँछ । हेलमेट लगाउन भुल्नेहरूलाई स्कुटरले सचेत गराउँछ । हेल्मेट नलगाई स्कुटर स्टार्ट गरेको खण्डमा डिस्प्लेमा हेल्मेटको आइकन आउँछ । स्कुटरमा १२ इन्चको अलोय ह्वील दिइएको छ । यसमा एलइडी डे टाइम रनिङ लाइट्स उपलब्ध छ । सिटमुनिको स्टोरेज क्षमता ठूलो छ । इन्धन भर्ने ट्यांकीको मुख बाहिरै राखिएको छ । जसका कारण पेट्रोलपम्पमा पुगेर तेल भर्ने वेलामा स्कुटरबाट झर्ने र सिट खोलेर ट्यांकीको बिर्को निकाल्ने झन्झट गर्नुपर्दैन । मोबाइल चार्जिङ सुविधाका लागी चार्जिङ पोर्ट समेत दिइएको छ ।

यो स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी सुविधा छ । जसलाई चालकको मोबाइलसँग कनेक्ट गरेपछि कन्सोल मिटरमा मोबाइलका एप्लिकेसन देख्न सकिन्छ । स्कुटरको डिजिटल कन्सोलले स्कुटर कहाँ जाँदै छ, कहाँ पुगियो र पुग्न लागेको ठाउँ कति टाढा छ भन्ने देखाउँछ । यसबाट चालकलाई गन्तव्यमा पुग्ने समय यकिन गर्न मद्दत मिल्छ । स्कुटरको कन्सोल र मोबाइलको ब्लुटुथ कनेक्ट भएपछि कसको फोन आइरहेको छ, कन्सोलमा देखिन्छ । फोन आएपछि गोजीबाट झिकेर हेर्नुपर्दैन । स्कुटरको कन्सोलमा अन्तिम पटक पार्किङ भएको ठाउँबाट स्कुटर कति टाढा पुग्यो भन्ने समेत देखाउँछ ।

नेपाली बजारमा हाल तीन भेरिएन्टका एनटर्क स्कुटर रहेका छन् । यसको ड्रम भेरिएन्टको मूल्य २ लाख १४ हजार ९ सय, डिस्क भेरिएन्टको मूल्य २ लाख ३६ हजार ९ सय र रेस एडिसनको मूल्य २ लाख ४८ हजार ९ सय रुपैयाँ छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...