मोटर स्पोर्ट प्रयोगका लागि टीभीएस एनटर्क १५० ले पायो अनुमति

टीभीएसको शक्तिशाली स्कुटर एनटर्क १५० ले मोटर स्पोर्ट प्रयोगका लागि अनुमति पाएको छ । भारतको मोटर स्पोट्र्स क्लबहरूको महासंघ (एफएमएससीआई) ले भारतमा मोटरस्पोर्ट गतिविधिको लागि एनटर्क १५० लाई अनुमति प्रदान गरेको हो ।

टीभीएस एनटर्क १५० मा १४९.७ सीसी क्षमताको थ्री–भल्व, सिंगल–सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसले ७,००० आरपीएममा १३ बीएचपी पावर र ५,५०० आरपीएममा १४.२ एनएम टर्क जेनेरेट गर्दछ ।

१०४ किलोमिटर प्रति घण्टाको उच्चतम गतिमा गुड्न सक्ने यस स्कुटरको तौल ११५ किलोग्राम रहेको छ ।

भारतको घरेलु रेसिङमा मजवुत स्थान कायम गर्दै आएको टीभीएसका अपाचे, आरटीआर १६० फोरभी, आरटीआर २०० फोरभी, अपाचे आरआर ३१० र आरटीआर ३१० ले यसअघि नै स्पोर्ट प्रयोगका लागि अनुमति पाइसकेका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...