टीभीएस नेपालद्वारा नयाँ युगको आरम्भ योजना सार्वजनिक

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै “नयाँ युगको आरम्भ” नामको विशेष योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख सम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजना आजबाट देशभर सीमित समयावधिका लागि उपलब्ध भएको छ ।

“नयाँ युगको आरम्भ’’ योजना अन्तर्गत वेबसाइटमा गएर नकिन्दै पाँच लाखसम्म जित्ने मौका र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको छ । र हरेक सप्ताह १०० प्रतिशत क्यास ब्याक जित्ने अवसर पनि रहेको कम्पनीले जानकारी दिएको छ ।

यस कम्पनीले जीवनभरको लागि वारेन्टीका साथ पुरानो बाइक वा स्कुटरको सट्टामा अन द स्पट एक्सचेन्ज सुविधा, ग्यारेन्टर बिनाको इजि फाइनान्स उपलब्ध गराउने बताएको छ । साथै, टीभीएसका ग्राहकहरूलाई एओजी र एनओजी समुदायमार्फत सदस्यताको नयाँ अनुभव प्रदान गरिनेछ । थप रूपमा, टीभीएसले “मेरो साथी’’ एप मार्फत बुकिङ सेवाहरू, स्पेयर पार्ट्स अर्डर गर्नेदेखि लिएर टीभीएससँग जोडिन र विशेष अफरहरू बारे सूचना प्रदान गर्ने सम्पूर्ण सुविधाहरू उपलब्ध गराउने जानकारी पनि दिएको छ ।

जगदम्बा मोटर्स नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।

सम्बन्धित समाचारहरू

भृकुटीमण्डपमा टीभीएस ग्रान्ड दसैं एक्सचेन्ज मेला प्रारम्भ, डाउन पेमेन्ट वापत पैसा तिर्नु नपर्ने

भृकुटीमण्डपमा टीभीएस ग्रान्ड दसैं एक्सचेन्ज मेला प्रारम्भ, डाउन पेमेन्ट वापत पैसा तिर्नु नपर्ने

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा टीभीएस ग्रान्ड दसैं एक्सचेन्ज मेला...

टीभीएस रेडरमा ९ हजार र एनटर्कमा ८ हजार मूल्य वृद्धि : यस्तो छ सबै मोडलकोे नयाँ मूल्य सूची

टीभीएस रेडरमा ९ हजार र एनटर्कमा ८ हजार मूल्य वृद्धि : यस्तो छ सबै मोडलकोे नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा टीभीएस मोटरसाइकल र स्कुटरको मूल्य वृद्धि भएको छ ।...

टीभीएसको बाइक किन्दा जनकपुरका साहले जिते नगद १० लाख, यी हुन् अन्य विजेता

टीभीएसको बाइक किन्दा जनकपुरका साहले जिते नगद १० लाख, यी हुन् अन्य विजेता

काठमाडौं । टीभीएसको बाईक खरिद गर्दा जनकपुरका उतीम लाल साहले नगद रु. १० लाख ५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...