टीभीएस नेपालद्वारा नयाँ युगको आरम्भ योजना सार्वजनिक

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै “नयाँ युगको आरम्भ” नामको विशेष योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख सम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजना आजबाट देशभर सीमित समयावधिका लागि उपलब्ध भएको छ ।

“नयाँ युगको आरम्भ’’ योजना अन्तर्गत वेबसाइटमा गएर नकिन्दै पाँच लाखसम्म जित्ने मौका र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको छ । र हरेक सप्ताह १०० प्रतिशत क्यास ब्याक जित्ने अवसर पनि रहेको कम्पनीले जानकारी दिएको छ ।

यस कम्पनीले जीवनभरको लागि वारेन्टीका साथ पुरानो बाइक वा स्कुटरको सट्टामा अन द स्पट एक्सचेन्ज सुविधा, ग्यारेन्टर बिनाको इजि फाइनान्स उपलब्ध गराउने बताएको छ । साथै, टीभीएसका ग्राहकहरूलाई एओजी र एनओजी समुदायमार्फत सदस्यताको नयाँ अनुभव प्रदान गरिनेछ । थप रूपमा, टीभीएसले “मेरो साथी’’ एप मार्फत बुकिङ सेवाहरू, स्पेयर पार्ट्स अर्डर गर्नेदेखि लिएर टीभीएससँग जोडिन र विशेष अफरहरू बारे सूचना प्रदान गर्ने सम्पूर्ण सुविधाहरू उपलब्ध गराउने जानकारी पनि दिएको छ ।

जगदम्बा मोटर्स नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।

सम्बन्धित समाचारहरू

रियलमीद्वारा ‘अचिभर रिटेल डिस्ट्रिब्युटर’ हरुलाई टीभीएस एनटर्क स्कुटर वितरण

रियलमीद्वारा ‘अचिभर रिटेल डिस्ट्रिब्युटर’ हरुलाई टीभीएस एनटर्क स्कुटर वितरण

काठमाडौँ – स्मार्टफोन ब्रान्ड रियलमीले आफ्ना ट्रेड पार्टनरहरुलाई स्कुटर...

टीभीएसले ल्यायो १५ भ्वाइस कमान्ड पहिचान गर्न सक्ने पावरफुल स्कुटर

टीभीएसले ल्यायो १५ भ्वाइस कमान्ड पहिचान गर्न सक्ने पावरफुल स्कुटर

टीभीएसले भारतीय बजारमा टीभीएस एनटर्क १२५ रेस एक्सपी स्कुटर लन्च गरेको छ ।...

२५० सीसी माथिका मोटरसाइकल : कुन महिनामा कति मूल्यका भित्रिए नेपाल ?

२५० सीसी माथिका मोटरसाइकल : कुन महिनामा कति मूल्यका भित्रिए नेपाल ?

नेपाली बजारमा हाल २५० सीसी वा सो भन्दा बढी क्षमताका मोटरसाइकल आयात गर्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...