आपाचे आरटीआर १६० भीफोरको नयाँ संस्करण सार्बजनिक, यस्तो छ मूल्य र फिचर
काठमाडौं– टीभीएस मोटरले नेपाली बजारमा आपाचे आरटीआर १६० भीफोर एफआई...
काठमाडौं - नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०८३ को अवसरमा आफ्नो नयाँ उत्सव अफर ‘टीभीएससँग नयाँ वर्षको निरन्तर यात्रा’ सार्वजनिक गरेको छ। यस अफरमार्फत ग्राहकलाई थप मूल्य, दैनिक पुरस्कार र सहज स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ।
यस नयाँ वर्ष अफरअन्तर्गत, टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले आकर्षक लाभ प्राप्त गर्ने अवसर पाउनेछन्। प्रत्येक दिन ग्राहकले ५ वर्षसम्मको पेट्रोल निःशुल्क जित्ने मौका पाउनेछन्, जसले उनीहरूको यात्रालाई अझ सहज र लाभदायक बनाउने बताइएको छ।
यसका साथै, ग्राहकहरूले दैनिक अधिकतम ५ लाख रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन्। अझै सजिलो स्वामित्वका लागि, यस अफरमा २ हजार ९ सय ६७ रुपैयाँबाट सुरु हुने न्यूनतम ईएमआई सुविधा पनि उपलब्ध गराइएको छ।
यस अवसरमा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने “नयाँ वर्ष नयाँ सुरुवातको समय हो, र ‘टीभीएससँग नयाँ वर्षको निरन्तर यात्रा’ मार्फत हामी हाम्रा ग्राहकहरूको यात्रा अझ अर्थपूर्ण र रमाइलो बनाउने लक्ष्य राखेका छौं। यो विशेष प्रस्ताव केवल लाभ मात्र नभई, दीर्घकालीन सन्तुष्टि र सहजता प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक हो। साथै, यस सुखद अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।”
“हामी सधैं ग्राहक केन्द्रित र नवीन विशेष प्रस्तावहरू ल्याउन प्रतिबद्ध छौं। यो नयाँ वर्ष विशेष प्रस्ताव त्यसैको निरन्तरता हो, जसले किफायतीपन, उत्साह र वास्तविक फाइदाहरूलाई एकसाथ ल्याएर टीभीएस स्वामित्व अनुभवलाई अझ उत्कृष्ट बनाउँछ। साथै, यो अफर नगद, एक्सचेन्ज तथा फाइनान्स तीनै माध्यममा उपलब्ध रहेको छ हामीले कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल र स्कुटरमा उत्कृष्ट मूल्याङ्कन प्रदान गर्ने प्रतिबद्धता लिएका छौं। यस सुखद अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना व्यक्त गर्दछु,” जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक रौनियारले भने ।
यस अफरमार्फत टीभीएसले आफ्ना ग्राहकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै विश्वसनीयता, प्रदर्शन र मूल्यमा आधारित अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
काठमाडौं– टीभीएस मोटरले नेपाली बजारमा आपाचे आरटीआर १६० भीफोर एफआई...
काठमाडौँ – नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले...
टीभीएस मोटर कम्पनीले आफ्नो लोकप्रिय स्कुटर एनटर्कको नयाँ संस्करण १५०...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...