नेपालमा एकैपटक दुई मोटरसाइकल लन्च गर्दै टीभीएस

काठमाडौं - नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा एकैपटक दुई नयाँ मोटरसाइकल लन्च गर्ने भएको छ । कम्पनीले भोलि आइतबार प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृहमा आयोजना हुने भव्य कार्यक्रममा टीभीएस अपाचे आरटीआर १६० २भी एफआई बीएस६ र टीभीएस रेडर आईगो सार्वजनिक गर्ने घोषणा गरेको हो ।

अपाचे रेसिङ डीएनएबाट प्रेरित टीभीएस अपाचे आरटीआर १६० २भी एफआई बीएस६ मा बीएस६ फ्युल इन्जेक्सन प्रविधि प्रयोग गरिएको छ, जसले दमदार पावर, उत्कृष्ट माइलेज र युरोपेली लुक दिने दावी गरिएको छ ।

यसमा १५९.७ सीसी इन्जिन, करिव १६.०४ पीएस पावर र १३.८५ एनएम टर्क, एरोडाइनामिक डिजाइन, एबीएस, डिजिटल कन्सोल, राइड मोड्स र स्मार्ट एक्सओकनेक्ट जस्ता विशेषताहरु समावेश छन् । साथै, यसमा आफ्नै सेग्मेन्टमा पहिलोपटक जीवनभरको वारेन्टी सुविधा रहेको कम्पनीले जनाएको छ।

टीभीएस रेडर आईगो नयाँ पुस्ताका लागि भएको बताइएको छ । स्टाइल र परफर्मेन्स दुवै चाहने युवालाई लक्षित गर्दै ल्याइएको रेडर आईगोमा १२५ सीसी इन्जिन, एलईडी हेडलाइट, आधुनिक ट्यांक डिजाइन, पूर्ण डिजिटल क्लस्टर, सीट मुनि स्टोरेज, राइड मोड्स र कनेक्टिभिटी सुविधा उपलब्ध छन्। यो मोडललाई दैनिक यात्रा तथा रोमाञ्च खोज्नेका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको छ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारका अनुसार अपाचे आरटीआर १६० टुभी एफआई बीएस६ ले दमदार रेसिङ प्रदर्शन दिनेछ भने रेडर आईगोले युवा पुस्तालाई लक्षित गर्दै स्टाइल, माइलेज र रोमाञ्च प्रदान गर्नेछ। यी दुवै मोडलले टीभीएस ब्रान्डलाई अझ मजबुत बनाउन सहयोग गर्नेछन् ।

लन्च पछि यी मोटरसाइकलहरु नेपालभरका सबै टीभीएस शोरुम तथा डिलरसिपमा उपलब्ध हुनेछन् । ग्राहकहरूले विभिन्न कलर विकल्प, आधुनिक फिचर तथा आकर्षक लञ्च अफरहरू पनि पाउनेछन्।

सम्बन्धित समाचारहरू

बजाज, टिभिएस र हिरोका स्कुटर चम्किदा भारतमा इलेक्ट्रिक टु–ह्विलरको बिक्री ८५ प्रतिशतले बढ्यो

बजाज, टिभिएस र हिरोका स्कुटर चम्किदा भारतमा इलेक्ट्रिक टु–ह्विलरको बिक्री ८५ प्रतिशतले बढ्यो

भारतमा इलेक्ट्रिक स्कुटर र बाइकको बिक्री अक्टोबरमा ८५ प्रतिशत बढेर १ लाख...

नयाँ जुपिटर ११० को टिजर सार्बजनिक, २ दिनपछि लन्च हुने

नयाँ जुपिटर ११० को टिजर सार्बजनिक, २ दिनपछि लन्च हुने

टिभिएसले अपडेटेड जुपिटर ११० को टिजर तस्बिर सामाजिक सञ्जालमा सेयर गरेको छ ।...

मूल्य वृद्धिमा यामाहाले उछिन्यो होन्डा, टीभीएस र बजाजलाई, स्कुटरमा सबैभन्दा बढी वृद्धि

मूल्य वृद्धिमा यामाहाले उछिन्यो होन्डा, टीभीएस र बजाजलाई, स्कुटरमा सबैभन्दा बढी वृद्धि

टु ह्विलर सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका बजाज, टीभीएस, यामाहा र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...