टीभीएसको नयाँ अपाचे आरटीआर १६० ४भी लन्च, अब सबै भेरिएन्टमा प्रोजेक्टर हेडल्याम्प र स्लिपर क्लच

टीभीएस मोटर्सले आफ्नो लोकप्रिय मोडल टीभीएस अपाचे आरटीआर १६० ४भी को अपडेट भर्सन लन्च गरेको छ । नयाँ मोडलमा कम्पनीले सेफ्टीसँगै सवारी अनुभवलाई अझ सहज र उन्नत बनाउन नयाँ प्रविधि र फिचर थपेको छ ।

नयाँ अपाचे आरटीआर १६० ४भी का सबै भेरिएन्टहरूमा एलइडी डे टाइम रनिङ लाइट सहितको प्रोजेक्टर हेडल्याम्प उपलब्ध गराइएको छ। यसले रातको समयमा राम्रो भिजिबिलिटी प्रदान गर्नेछ भने सवारी सुरक्षामा पनि सकारात्मक प्रभाव पार्नेछ। बाइकका सबै लाइट सिस्टमलाई पूर्ण रूपमा एलईडीमा रूपान्तरण गरिएको छ । साथै यसको बेस भेरिएन्टमै असिस्ट र स्लिपर क्लच जस्ता महत्वपूर्ण सुविधा समावेश गरिएकाले डाउनसिफ्टिङ सहज हुने र लामो यात्रामा थकान कम हुने विश्वास गरिएको छ ।

यद्यपि कम्पनीले यसको इन्जिनमा भने कुनै परिवर्तन गरेको छैन। यसमा १५९.७ सीसी क्षमताको इन्जिन प्रयोग गरिएको छ, जसले १७.५५ पीएस पावर र १४.७३ एनएम टर्क उत्पादन गर्छ । सो बाइकमा अर्बन, रेन र स्पोर्ट गरी ३ राइडिङ मोड उपलब्ध छ ।

मूल्य भने फिचर अनुसार फरक फरक राखिएको छ । यस अनुसार विभिन्न फिचर अनुसार ग्राहकको सहजपनाका लागि फरक मूल्य तोकिएको कम्पनीको भनाइ छ ।

यसका साथै, स्मार्टएक्सनेक्ट प्रविधिको माध्यमबाट प्रयोगकर्ताले टर्न वाइ टर्न नेभिगेसन, कल अलर्ट तथा राइडसम्बन्धी सम्पूर्ण जानकारी सजिलै हेर्न सकिन्छ । नयाँ अपाचे आरटीआर १६० ४भी ले प्रविधि, सुविधा र प्रदर्शनको सन्तुलन प्रस्तुत गर्दै आफ्नो सेग्मेन्टमा प्रतिस्पर्धालाई अझ कडा बनाउने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

टीभीएस अपाचे आरटीआर १६० बाइक अब अझ सुरक्षित र स्मार्ट

टीभीएस अपाचे आरटीआर १६० बाइक अब अझ सुरक्षित र स्मार्ट

टीभीएस मोटर कम्पनीले भारतको १६० सीसी मोटरसाइकल खण्डमा आफ्नो...

स्वस्तिमा र प्रदीप खड्काले सार्वजनिक गरे टीभीएसको नयाँ स्कुटर टीभीएस एनटर्क १२५ रेस एक्सपी

स्वस्तिमा र प्रदीप खड्काले सार्वजनिक गरे टीभीएसको नयाँ स्कुटर टीभीएस एनटर्क १२५ रेस एक्सपी

काठमाडौं – टीभीएस मोटरको नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले...

जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई स्कुटर हस्तान्तरण

जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई स्कुटर हस्तान्तरण

काठमाडौं – समावेशिता र पहुँच प्रवद्र्धन गर्ने उद्देश्यका साथ जगदम्बा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...