टीभीएसका प्रदर्शनमुखी, युवामुखी र प्रविधि सम्पन्न २ नयाँ मोटरसाइकल नेपालमा सार्वजनिक

काठमाडौं – टीभीएस मोटर कम्पनीले नेपाली बजारमा टीभीएस अपाचे आरटीआर १६० टुभी एफआई र टीभीएस रेडर आईगोको भव्य रुपमा उदघाटन गरेको छ । यी मोटरसाइकलको मूल्य क्रमशः ३ लाख ४४ हजार ९०० र ३ लाख ५ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

यी दुवै नयाँ मोडलहरूले अत्याधुनिक प्रविधि, नवीन डिजाइन तथा उत्कृष्ट सवारी अनुभव प्रदान गर्दै नेपालमा कम्पनीको विविध उत्पादन श्रृंखलालाई थप मजबुत र व्यापक बनाउने कम्पनीको भनाइ छ ।

प्रसिद्ध अपाचे सिरिजको भाग, टीभीएस अपाचे आरटीआर १६० टुभी एफआई बलियो रेसिङ परम्परासहित डिजाइन गरिएको छ, जसले रोचक र रोमाञ्चक सवारी अनुभव दिने लक्ष्य राख्छ। यो मोटरसाइकलले गति, प्रदर्शन र सुरक्षाको उत्कृष्ट संयोजन प्रस्तुत गर्दछ। यसमा डुअल डिस्क ब्रेक, सिंगल– च्यानल एबीएस, कनेक्टेड डिजिटल क्लस्टर, एएचओ एलईडी हेडलाइट र अर्वान, स्पोर्ट र रेन गरी तीन राइड मोड जस्ता सुविधाहरू समावेश छन्। रोमाञ्च खोज्ने र दैनिक जीवनका आवश्यकतासमेत पूरा गर्ने मोटरसाइकल प्रेमीहरू यसका प्रमुख लक्षित ग्राहक भएको बताइएको छ । विश्वव्यापी रूपमा रहेका टीभीएस अपाचेका ६५ लाख भन्दा बढी ग्राहकहरूको पहिलो रोजाइ यो बाइक बनेको छ।

नेपालका युवा तथा प्रविधि–प्रेमी राइडरहरूलाई लक्षित गर्दै टीभीएस रेडर आईगो प्रस्तुत गरिएको बताइएको छ।लोकप्रिय घरेलु संस्करणकै प्लेटफर्ममा आधारित यो मोटरसाइकलमा टीएफटी डिजिटल क्लस्टर, आईगो स्टार्ट–स्टप प्रविधि, स्पोर्टी स्प्लिट सिट, दमदार स्टाइलिङ र गतिशील सवारी गुणस्तर जस्ता विशेषताहरू समावेश छन्। यसले कम्युटर सेग्मेन्टलाई नयाँ परिभाषा दिँदै, जेनजी राइडरहरूका लागि सहजता, प्रदर्शन र स्मार्ट सुविधासहितको उत्कृष्ट विकल्प प्रस्तुत गर्दछ।

टीभीएस अपाचे आरटीआर १६० टुभी एफआई म्याट ब्लु, रेसिङ रेड र ब्लयाक गरी तीन कलरमा उपलब्ध हुनेछ भने रेडर आईगो नार्डो ग्रे र विक्ड ब्ल्याक गरी दुई कलरमा उपलब्ध हुनेछ ।

टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसायका वरिष्ठ उपाध्यक्ष राहुल नायकका अनुसार शैली, प्रविधि र प्रदर्शनलाई उच्च मूल्य दिने नेपाली ग्राहकहरुका लागि यी मोटरसाइकल सार्वजनिक गरिएको हो । अत्याधुनिक सुविधा, कनेक्टेड प्रविधि तथा अद्वितीय सवारी अनुभवसहित प्रस्तुत भएका यी मोटरसाइकलका लागि भएको मजबुत बिक्री तथा सेवा सञ्जालको साथमा आफ्नो सेग्मेन्टमा छिट्टै नै ग्राहकहरूको पहिलो रोजाइ बन्ने कुरामा पूर्ण विश्वस्त भएको उनको भनाइ छ ।

नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक साहिल अग्रवाल र निर्देशक श्री अखिल गुप्ताले भने, ‘नेपालमा टीभीएस मोटरले यी दुई नयाँ मोटरसाइकलका साथ नयाँ र उत्साहजनक अध्याय सुरु गरेको छ। यी मोटरसाइकलहरूले बजारमा उत्कृष्ट प्रदर्शन र डिजाइन प्रदान गर्नुका साथै हाम्रा युवा राइडरहरूको बदलिँदो लक्ष्यलाई पनि प्रतिबिम्बित गर्छन्।’

नेपालमा पहिले देखि नै उपलब्ध अपाचे सिरिजको रेसिङ विरासतलाई कायम राख्दै आगामी दिनमा समेत युवा पुस्ताका लागि यी रोजाइको बाइक बन्ने कम्पनीको भनाइ छ ।

उच्च प्रदर्शन, विभिन्न रङका विकल्प र किफायती मूल्यसहित, नेपालभर फैलिएका ६० भन्दा बढी बिक्री केन्द्रहरू र २६ सेवा केन्द्रहरूको मजबुत सञ्जालमार्फत, टीभीएस मोटर कम्पनी आफ्ना ग्राहकहरूलाई प्रभावकारी र सन्तोषजनक स्वामित्व अनुभव प्रदान गर्न प्रतिबद्ध भएको समेत बताइएको छ ।

सम्बन्धित समाचारहरू

जेठ ७ देखि टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला हुने

जेठ ७ देखि टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला हुने

काठमाडौं – नेपालमा टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस...

एक वर्षमै ३ लाख युनिट टीभीएस आईक्युब बिक्री, नेपालमा चर्चा कमाउँदै

एक वर्षमै ३ लाख युनिट टीभीएस आईक्युब बिक्री, नेपालमा चर्चा कमाउँदै

टीभीएसले गत वर्ष भारतमा ३ लाख युनिट भन्दा बढी आईक्युब स्कुटर बिक्री गरेको छ...

टीभीएस पीजीएम मिट सम्पन्न, आईक्युब स्कुटरको वारेमा मेकानिक्सलाई जानकारी प्रदान

टीभीएस पीजीएम मिट सम्पन्न, आईक्युब स्कुटरको वारेमा मेकानिक्सलाई जानकारी प्रदान

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...