टिभिएस, होन्डा र हिरोले मूल्य बढाए संगै नयाँ बर्षमा महंगो भए यी बाइक

नेपाली बजारमा सर्बाधिक बिक्री हुनेमध्येको तीनवटा बाइक टिभिएस, होन्डा र हिरोले आफ्ना अधिकांश मोडलका मोटरसाइकल र स्कुटरमा मूल्य बढाएका छन् । कम्पनीले नयाँ बर्ष २०२२ लाई लक्षित गरी मूल्य बढाएपछि यी बाइक थप महंगो भएको छ । नयाँ मूल्य सुची अनुसार टिभिएसले सबैभन्दा बढी अपाचे आरटीआर १६० फोरभी आरडी रिफ्रेस र टीभीएस एक्सएल १०० मा १० हजार रुपैयाँका दरले बढाएको छ । यी बाइकको मूल्य क्रमशः ३ लाख १८ हजार ९ सय र १ लाख ३८ हजार ९ सय रुपैयाँ पुगेको छ ।

त्यसैगरी अपाचे आरटीआर २०० फोरभी एफआई बीएस६ को ६ हजार रुपैयाँले बढेर ३ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको छ भने अपाचे आरटीआर २०० फोरभी एबीएसको५ हजार रुपैयाँले बढेर ३ लाख ६७ हजार ९ सय रुपैयाँ पुगेको छ । अन्य केही मोडलहरुमा १ देखि ४ हजार रुपैयाँ सम्मको दरमा मूल्य वृद्धि गरिएको छ । त्यसैगरी हालै नेपाली बजारमा भित्रिएको रेडर र अन्य केही मोडलमा पनि उही मूल्य कायम छ ।

उता हिरोले आफ्नो अधिकांश मोडलको मूल्यमा १ देखि ३ हजार रुपैयाँ सम्म वृद्धि गरेको छ । नेपाली बजारमा सबैभन्दा लोकप्रिय रहेको एक्सपल्स २०० को १ हजार ५ सय र स्प्लेन्डर प्लसको १ हजार रुपैयाँले बढेको छ । यी मोटरसाइकलको मूल्य अब क्रमशः ४ लाख ३ हजार ५ सय र १ लाख ९० हजार रुपैयाँ भएको छ ।

त्यसैगरी होन्डाले जारी गरेको नयाँ मूल्य सूची अनुसार साइन, युनिकर्न, एक्स–ब्लेड र सीबी हर्नेटको मूल्यमा वृद्धि गरिएको छ । अन्य मोटरसाइकल र स्कुटरको मूल्य भने यथावत छ ।

सबैभन्दा बढी बृद्धि होन्डा एक्स–ब्लेडमा गरिएको छ । यसको मूल्यमा ६ हजार रुपैयाँले वृद्धि गरी ३ लाख ३० हजार ९ सय रुपैयाँ पुगेको छ । साइनका सबै भेरिएन्ट र सीबी युनिकर्न १५० तथा सीबी हर्नेटमा ५ हजार रुपैयाँको दरले मूल्य वृद्धि गरिएको छ ।

सम्बन्धित समाचारहरू

टीभीएसले नयाँ बाइक फिएरो१२५ लन्च गर्ने, यस्तो छ टिजर

टीभीएसले नयाँ बाइक फिएरो१२५ लन्च गर्ने, यस्तो छ टिजर

सस्तो बाइक निर्माणमा टीभीएस चर्चित कम्पनी हो । कम्पनीको लाइनअपमा रहेको...

नेपाली बजारमा बीएस६ आरटीएफआई टीभीएस अपाचे आरटीआर २०० फोरभी, खुल्यो बुकिङ

नेपाली बजारमा बीएस६ आरटीएफआई टीभीएस अपाचे आरटीआर २०० फोरभी, खुल्यो बुकिङ

काठमाडौं – नेपाली बजारमा टीभीएसको नयाँ आरटीएफआई प्रविधिको बीएस६...

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक थ्री–ह्विलर ल्याउँदै

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक थ्री–ह्विलर ल्याउँदै

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक लास्ट–माइल मोबिलिटी खण्डमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...