१४ हजार भारुले सस्तो भयो टिभिएस रोनिन, नयाँ कलर अप्सन थप

टिभिएसले आफ्नो प्रिमियम मोटरसाइकल रोनिनको मूल्य १४ हजार भारु कम गरेको छ । फेस्टिभ सिजनको अवसरमा कम्पनीले मूल्य कटौती गरेको हो ।

मूल्य कटौतीको अलवा कम्पनीले यसको टप स्पेक भेरियन्टमा नयाँ कलर अप्सन पनि ल्याएको छ । यो बाइक अब ग्रे र फ्लोरोसेन्ट हरियो ग्राफिक्ससहितको नयाँ ’मिडनाइट ब्लू’ शेडमा उपलब्ध हुनेछ ।

२०२२ मा लन्च भएको रोनिनले होन्डा सिबी ३५० आरएस र रोयल इन्फिल्ड हन्टर ३५० संग प्रतिस्पर्धा गर्दै आएको छ । यो बाइकमा गोलाकार एलईडी हेडल्याम्प र एकीकृत टी आकारको एलईडी डेटाइम रनिङ लाइटसहितको नियो–रेट्रो डिजाइन रहेको छ ।

बाइकमा टियरड्रप आकारको इन्धन ट्याङ्की, सिंगल–पीस सिट, डुअल टोन एलोय ह्वील, ब्ल्याक आउट इन्जिन एबं एक्जस्ट र डिजिटल मोनो–पड इन्स्ट्रुमेन्ट कन्सोल रहेको छ ।

टिभिएस रोनिनमा २२५.९ सिसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यसले २० बिएचपी पावर र २० एनएम नै टर्क जेनेरेट गर्छ । इन्जिनलाई ५ स्पीड गियरबक्समा जोडिएको छ ।

नेपाली बजारमा समेत उपलब्ध रोनिनको मूल्य ४ लाख ६० हजार रुपैयाँ निर्धारण गरिएको छ । भारतिय बजारमा घटेको मूल्यलाई आधार मन्दा यो मोटरसाइकल नेपाली बजारमा ४० हजार रुपैयाँसम्म सस्तो पर्ने देखिन्छ ।

सम्बन्धित समाचारहरू

नाडा अटो शोमा टीभीएसले इलेक्ट्रिक स्कुटर आईक्युब सार्वजनिक गर्ने

नाडा अटो शोमा टीभीएसले इलेक्ट्रिक स्कुटर आईक्युब सार्वजनिक गर्ने

टीभीएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले नाडा अटो शोमा आफ्नो...

भारतमा पहिलो पटक हिरोलाई पछि पा-यो टीभीएसले, होन्डा पहिलो नम्बरमा

भारतमा पहिलो पटक हिरोलाई पछि पा-यो टीभीएसले, होन्डा पहिलो नम्बरमा

भारतीय अटोमोबाइल उद्योगमा गत फेब्रुअरी महिना निकै नै रोचक रहेको छ । भारतको...

दशैमा कुन बाइक किन्ने ? टीभीएस, यामाहा वा बजाज ? यस्ता छन् अफर

दशैमा कुन बाइक किन्ने ? टीभीएस, यामाहा वा बजाज ? यस्ता छन् अफर

फेस्टिभल सिजनको सुरुवात भएसँगै अहिले विभिन्न कम्पनीहरुले धमाधम स्किम तथा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...