आयातमा कर : चाडपर्व मौसममा मोटरसाइकलको मूल्य १८ हजार सम्म बढ्ने, उपभोक्ता अन्यौलमा
सरकारले प्रतिस्थापन आर्थिक बिधेयकमार्फत एकातर्फ मोटरसाइकल आयात गर्दा...
टिभिएसले आफ्नो प्रिमियम मोटरसाइकल रोनिनको मूल्य १४ हजार भारु कम गरेको छ । फेस्टिभ सिजनको अवसरमा कम्पनीले मूल्य कटौती गरेको हो ।
मूल्य कटौतीको अलवा कम्पनीले यसको टप स्पेक भेरियन्टमा नयाँ कलर अप्सन पनि ल्याएको छ । यो बाइक अब ग्रे र फ्लोरोसेन्ट हरियो ग्राफिक्ससहितको नयाँ ’मिडनाइट ब्लू’ शेडमा उपलब्ध हुनेछ ।
२०२२ मा लन्च भएको रोनिनले होन्डा सिबी ३५० आरएस र रोयल इन्फिल्ड हन्टर ३५० संग प्रतिस्पर्धा गर्दै आएको छ । यो बाइकमा गोलाकार एलईडी हेडल्याम्प र एकीकृत टी आकारको एलईडी डेटाइम रनिङ लाइटसहितको नियो–रेट्रो डिजाइन रहेको छ ।
बाइकमा टियरड्रप आकारको इन्धन ट्याङ्की, सिंगल–पीस सिट, डुअल टोन एलोय ह्वील, ब्ल्याक आउट इन्जिन एबं एक्जस्ट र डिजिटल मोनो–पड इन्स्ट्रुमेन्ट कन्सोल रहेको छ ।
टिभिएस रोनिनमा २२५.९ सिसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यसले २० बिएचपी पावर र २० एनएम नै टर्क जेनेरेट गर्छ । इन्जिनलाई ५ स्पीड गियरबक्समा जोडिएको छ ।
नेपाली बजारमा समेत उपलब्ध रोनिनको मूल्य ४ लाख ६० हजार रुपैयाँ निर्धारण गरिएको छ । भारतिय बजारमा घटेको मूल्यलाई आधार मन्दा यो मोटरसाइकल नेपाली बजारमा ४० हजार रुपैयाँसम्म सस्तो पर्ने देखिन्छ ।
सरकारले प्रतिस्थापन आर्थिक बिधेयकमार्फत एकातर्फ मोटरसाइकल आयात गर्दा...
नेपाली टु ह्विलर बजारमा पछिल्लो बीएस ६ मापदण्डमा आधारित मोटरसाइकल र...
काठमाडौं – टीभीएसकोे नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...