आरपी सिरिजमा आयो टीभीएसको मोटरसाइकल : थप पावरफुल, २ सय युनिट मात्र बिक्री गरिने

नयाँ आरपी मोनिकरको टिजर सार्वजनिक गरेको दुई दिनमै टीभीएसले नयाँ मोटरसाइकल अपाचे आरटीआर १६५ आरपी लन्च गरेको छ । रेस पर्फमेन्स अर्थात आरपी सिरिजको पहिलो मोटरसाइकलको रुपमा सार्वजनिक गरिएको सो मोटरसाइकल टीभीएस रेसिङ टिमको चार दशक लामो रेसिङ हेरिटेजवाट प्रभावित छ ।

हाल २ सय युनिट मात्र बिक्रीका लागि उपलब्ध गराइएको सो मोटरसाइकल यो क्याटागोरीको सबैभन्दा पावरफुल मोटरसाइकल हुनेछ । यसमा प्रयोग गरिएको एड्भान्स्ड १६४.९ सीसी सिंगल सिलिन्डर, फोर भन्व इन्जिनले १० हजार आरपीएममा १९.२ पीएस पावर र ८ हजार ७५० आरपीएममा १४.२ एनएम टर्क जेनेरेट गर्छ ।

यसरी पावर बढाउनका लागि कम्पनीले नयाँ सिलिन्डर हेडको प्रयोग गरेको छ, जसले इनटेकमा ३५ प्रतिशत वृद्धि गरेको छ र यसलाई ट्विन इलेक्ट्रोड स्पार्क प्लगसँग फिट गरिएको छ । त्यसैगरी हाई–लिफ्ट र हाई–ड्युरेसन क्याम्स र ड्युअल–स्प्रिङ एक्चुएटरका कारण यसको भल्व कन्ट्रोल १५ प्रतिशत ठूलो भल्व कन्ट्रोल भएको इन्जिन छ । यसमा १.३७ को एरियावाइज बोर स्ट्रोक रेसियो छ भने उच्च कम्प्रेसन रेसियोका लागि नयाँ डोम पिस्टन छ । यसमा स्ट्यान्डर्ड मोडल जस्तै ५–स्पिड गियरबक्स नै प्रयोग गरिएको छ ।

यो मोटरसाइकलमा रेस–ट्युन्ड स्लिपर क्लच, एड्जस्टेबल क्लच र ब्रेक लिभर, अल न्यु टीभीएस रेसिङ डिकल्स, रेड अलोय ह्विल र नयाँ सिट प्याटर्न छ । त्यसैगरी यसमा सिग्नेचर फ्रन्ट पोजिसन ल्याम्पसहितको नयाँ हेडल्याम्प एसेम्बली र बेटर ब्रेकिङ पर्फमेन्सका लागि फर्स्ट इन सेगमेन्ट २४० एमएम रियर डिस्क ब्रेक छ ।

भारतमा यो अनलाइन माध्यमबाट बिक्री गरिने र यसको मूल्य १ लाख ४५ हजार भारु तोकिएको छ । तत्काल यो मोटरसाइकल नेपालमा आउने सम्भावना भने छैन ।

सम्बन्धित समाचारहरू

भारतमा इलेक्ट्रिक टु ह्विलरको बिक्री ६१ प्रतिशतले घट्यो, यस्तो छ कारण

भारतमा इलेक्ट्रिक टु ह्विलरको बिक्री ६१ प्रतिशतले घट्यो, यस्तो छ कारण

टु ह्विलरको सवैभन्दा ठूलो बजार भारतमा इलेक्ट्रिक स्कुटरको बिक्री...

रेडर बन्यो टीभीएसको सबैभन्दा बढी बिक्री हुने मोडल, मासिक ४० हजार युनिट बिक्री

रेडर बन्यो टीभीएसको सबैभन्दा बढी बिक्री हुने मोडल, मासिक ४० हजार युनिट बिक्री

बजारमा उपलब्ध भएको दुई वर्षको अवधिमै भारतमा टीभीएस रेडरले बिक्रीका आधारमा...

‘अल–ब्ल्याक’ एडिसनमा आउँदै टिभिएस एनटर्क

‘अल–ब्ल्याक’ एडिसनमा आउँदै टिभिएस एनटर्क

टिभिएसको लोकप्रिय स्कुटर एनटर्क नयाँ एडिसनमा आउने भएको छ । कम्पनीले हालै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...